गुल्मी । गुल्मीमा दुईवटा वडा जोड्ने पुल निर्माणमा ढिलाइ हुँदा स्थानीयवासी जोखिम मोलेरै यात्रा गर्न बाध्य छन्। जिल्लाको मदाने गाउँपालिका भित्रका दुईवटा वडा जोड्ने गरी पनाहा खोलामा २०७७ सालदेखि निर्माण कार्य सुरु गरिएता पनि काममा ढिलासुस्ती हुँदा स्थानीय जोखिम मोलेर यात्रा गर्न बाध्य भएका हुन्।
पालिका पहुँचमार्गअन्तर्गत मदाने गाउँपालिकाको३ सिर्सेनी र ६ पुर्कोटदहलाई जोड्ने गरी पनाहखोला थालिएको पुल निर्माणको कामले लामो समयसम्म पनि पूर्णता पाउन सकेको छैन। ‘पनाहा खोलामा पुल निर्माणको काम थालिएको वर्षौ बित्यो। तर काम सकिएको छैन। स्थानीय सागर भट्टराईले भने, ‘ठेकेदारले गरेको ढिलासुस्तीका कारण वर्षायाममा साना तथा ठुला सवारीले जोखिम मोलेरै खोलामा यात्रा गर्नु परेको छ।’
पुल निर्माणमा ठेकेदार कम्पनीले काममा चासो नदिँदा समयमै काम सम्पन्न नभएको स्थानीय बताउँछन्। २०७७ सालमा झण्डै साढे ३ करोडमा सडक पूर्वाधार कार्यालय र सुनील समीर निर्माण सेवा प्रालिबीच सम्झौता भएको थियो। २०७९ पौष १४ गते पुल निर्माणको काम सक्नेगरी निर्माण कम्पनीले जिम्मा लिए पनि हालसम्म काम सम्पन्न हुन सकेको छैन।
निर्माण कम्पनीले २०७९ पौष १४ गते निर्माणको काम सक्नेगरी म्याद थपे पनि हालसम्म पुलको कामले गति लिन सकेको छैन। स्थानीय सरकारले नागरिकको सहजताका लागि पालिका पहुँचमार्गको अवधारणा अगाडि सारेर विकास निर्माणका कामलाई तीव्रता दिए पनि खासै प्रभावकारी भएको देखिएको छैन। बर्खायाम र अन्य समयमा साना तथा ठूला सवारीले सास्ती खेप्नु परेको स्थानीय कुमार थापाले बताए।
३५ मिटर लम्बाइ र ८ मिटर चौडाइ रहेको पुलको हालसम्म ७५ प्रतिशत भौतिक प्रगति रहेको पुलको २ करोड ४९ लाख ८ हजार ९ सय ८८ कार्यालयले भुक्तानी गरेको छ। कार्यालयले बारम्बार ताकेता गरेको र जग्गा विवाद सकिए लगत्तै काम सम्पन्न हुने सडक पूर्वाधार कार्यालयका प्रमुख सचितानन्द चौधरीले जानकारी दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - १०:१८
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...
मंसिर ३० गते, २०८२ - १०:१०
मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...
मंसिर ३० गते, २०८२ - १०:०६
महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी
मंसिर ३० गते, २०८२ - १०:००
ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय
मंसिर ३० गते, २०८२ - ०९:४५
सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...
मंसिर ३० गते, २०८२ - ०९:३०
भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...
मंसिर ३० गते, २०८२ - ०९:१०
भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो
मंसिर ३० गते, २०८२ - ०९:०५
खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...
मंसिर ३० गते, २०८२ - ०८:४०
काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...
मंसिर ३० गते, २०८२ - ०८:२५
काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...




प्रतिकृया लेख्नुहोस्: