गुल्मी । गुल्मीमा दुईवटा वडा जोड्ने पुल निर्माणमा ढिलाइ हुँदा स्थानीयवासी जोखिम मोलेरै यात्रा गर्न बाध्य छन्। जिल्लाको मदाने गाउँपालिका भित्रका दुईवटा वडा जोड्ने गरी पनाहा खोलामा २०७७ सालदेखि निर्माण कार्य सुरु गरिएता पनि काममा ढिलासुस्ती हुँदा स्थानीय जोखिम मोलेर यात्रा गर्न बाध्य भएका हुन्।
पालिका पहुँचमार्गअन्तर्गत मदाने गाउँपालिकाको३ सिर्सेनी र ६ पुर्कोटदहलाई जोड्ने गरी पनाहखोला थालिएको पुल निर्माणको कामले लामो समयसम्म पनि पूर्णता पाउन सकेको छैन। ‘पनाहा खोलामा पुल निर्माणको काम थालिएको वर्षौ बित्यो। तर काम सकिएको छैन। स्थानीय सागर भट्टराईले भने, ‘ठेकेदारले गरेको ढिलासुस्तीका कारण वर्षायाममा साना तथा ठुला सवारीले जोखिम मोलेरै खोलामा यात्रा गर्नु परेको छ।’
पुल निर्माणमा ठेकेदार कम्पनीले काममा चासो नदिँदा समयमै काम सम्पन्न नभएको स्थानीय बताउँछन्। २०७७ सालमा झण्डै साढे ३ करोडमा सडक पूर्वाधार कार्यालय र सुनील समीर निर्माण सेवा प्रालिबीच सम्झौता भएको थियो। २०७९ पौष १४ गते पुल निर्माणको काम सक्नेगरी निर्माण कम्पनीले जिम्मा लिए पनि हालसम्म काम सम्पन्न हुन सकेको छैन।
निर्माण कम्पनीले २०७९ पौष १४ गते निर्माणको काम सक्नेगरी म्याद थपे पनि हालसम्म पुलको कामले गति लिन सकेको छैन। स्थानीय सरकारले नागरिकको सहजताका लागि पालिका पहुँचमार्गको अवधारणा अगाडि सारेर विकास निर्माणका कामलाई तीव्रता दिए पनि खासै प्रभावकारी भएको देखिएको छैन। बर्खायाम र अन्य समयमा साना तथा ठूला सवारीले सास्ती खेप्नु परेको स्थानीय कुमार थापाले बताए।
३५ मिटर लम्बाइ र ८ मिटर चौडाइ रहेको पुलको हालसम्म ७५ प्रतिशत भौतिक प्रगति रहेको पुलको २ करोड ४९ लाख ८ हजार ९ सय ८८ कार्यालयले भुक्तानी गरेको छ। कार्यालयले बारम्बार ताकेता गरेको र जग्गा विवाद सकिए लगत्तै काम सम्पन्न हुने सडक पूर्वाधार कार्यालयका प्रमुख सचितानन्द चौधरीले जानकारी दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ३० गते, २०८३ - २२:१२
बढ्दो तापक्रमसँगै गाउँदेखि शहरसम्म सर्पको त्रास, लापरबाहीले निम्त्याउन सक्छ ज्यानै जाने जोखिम
जेष्ठ ३० गते, २०८३ - २१:५९
काठमाडौं । अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरेको फिफा विश्वकप–२०२६ बिहीबार मध्यरातिबाट सुरु भएसँगै नेपालमा पनि प्रोजेक्टरमार्फत साम...
जेष्ठ ३० गते, २०८३ - २१:४८
विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले आइतबार आयोजना गर्ने कोशी प्रदेशस्तरीय भेलामा सहभागी हुन कांग्रेस नेता शेखर कोइराला र पूर्व महामन्त्री...
जेष्ठ ३० गते, २०८३ - २१:४४
काठमाडौं । सन् २०२६ मा आयोजना हुने फिफा विश्वकप फुटबल हालसम्मकै सबैभन्दा बढी कार्बन उत्सर्जन गर्ने खेल प्रतियोगिता बन्न सक्ने भन्दै विज्ञहरूले चिन्ता ...
जेष्ठ ३० गते, २०८३ - २१:३५
दाङ । दाङमा एस्काभेटरले फालेको बालुवामा पुरिएर एक जना मजदुरको मृत्यु भएको छ । देउखुरी कालाकाटे–सिक्टा हुलाकी सडक निर्माणस्थलमा काम गरिरहेका गढवा गाउँप...
जेष्ठ ३० गते, २०८३ - ०८:०९
घोराही (दाङ) । बर्खे धान खेतीको तयारीमा रहेका दाङका किसान रासायनिक मलको चरम अभावका कारण समस्यामा परेका छन्। समयमै मल नपाउँदा किसानहरू रातभर लाइनमा बस...
जेष्ठ ३० गते, २०८३ - ०७:५३
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’ को आफ्नो पहिलो खेलमा आयोजक अमेरिका उत्कृष्ट प्रदर्शन गर्दै पहिलो हाफमै पाराग्वेविरुद्ध ३–० को फराकिलो ...
जेष्ठ ३० गते, २०८३ - ०७:४६
काठमाडौँ । आधुनिक औषधि विज्ञानले महिलाको प्रजनन क्षमतालाई पहिलेभन्दा धेरै लामो समयसम्म सुरक्षित राख्ने अवसर दिएको छ। तर प्रकृतिको जैविक घडीलाई पूर्ण र...
जेष्ठ ३० गते, २०८३ - ०७:४५
काठमाडौँ । बदलिँदो जीवनशैली, ढिलो विवाह र करिअर तथा व्यक्तिगत योजनालाई प्राथमिकता दिने प्रवृत्तिका कारण धेरै दम्पतीमा सन्तान योजनासम्बन्धी चुनौती बढ्द...
जेष्ठ ३० गते, २०८३ - ०७:३०
काठमाडौँ । धादिङको नीलकण्ठ नगरपालिका–४ स्थित इजारामा खानेपानी तथा ढल व्यवस्थापन कार्यालय भरतपुरबाट खटिएका कर्मचारीमाथि कुटपिट गरी फरार भएका एक व्यक्ति...



प्रतिकृया लेख्नुहोस्: