Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

कूटनीतिक सुझबुझको खाँचो

खबरडबली संवाददाता

काठमाडौं । एक सय चारवर्षे जहानियाँ राणाकालको अन्त्यसँगै २००७ सालमा प्रजातन्त्र आयो । विसं २००७ मा प्रजातन्त्र स्थापना हुँदा देश आर्थिक र कूटनीतिकरूपमा निकै पछाडि रहेको थियो । नेपालको स्वतन्त्र अस्तित्व नै असुरक्षित रहेको स्थिति थियो । त्यतिबेला साम्राज्यवाद समाप्त हुँदै थियो भने विश्वका धेरै मुलुक औपनिवेशिक शासनबाट स्वतन्त्रता हासिल गरी नयाँ पहिचान बनाउँदै थिए । नेपाल पनि आफ्नो स्वतन्त्र अस्तित्व जोगाउन विदेशी मुलुकहरूसँग सम्बन्ध विस्तार गरिरहेको थियो । राणा शासनको अँध्यारोकालबाट प्रजातन्त्रको उज्यालो समयमा नेपालले हरेक क्षेत्रमा ठूलो फड्को मारेको थियो । 

नेपाल आधुनिक संसारमा प्रवेश गरेको सन् १९५० पछि मात्र हो । त्यसबेलाका राजनीतज्ञहरूले नेपाललाई अघि बढाएका हुन् । अघिल्लो पुस्ताले राम्रो जग बसालेका कारण नै नेपाल यतिखेर यो अवस्थामा स्वतन्त्र अस्तित्वका साथ उभिन सकेको छ । छिमेकमा भएका परिवर्तनहरूबाट नेपालले आफ्नो परिचय र पहिचान स्थापित गर्दै अघि बढ्दै आएको छ । तर यसमा राजनेताहरू जति इमान्दार बन्नुपर्ने हो, त्यो नभएको भन्ने जनगुनासो बढिरहेको छ । देशको समस्या देशभित्रैबाट खोजिनुको साटो त्यसमा बाहिरी सहयोग खोज्ने प्रवृत्ति अचेल बढ्दै गएको छ । यसले हाम्रो विदेश नीतिमा कहिलेकाहीँ धमिलोपन ल्याउने गरेको छ । 

छिमेकीसँगको सन्तुलित सम्बन्ध 

नेपालको भौगोलिक संरचनाले गर्दा दुवै ठूला छिमेकी मुलुकसँग प्रतिकूल असर नपर्नेगरी आफ्नो स्वतन्त्रता र अखण्डता कायम राख्ने चुनौती हामीलाई जहिले पनि रहिरहन्छ । दुई छिमेकीमध्ये एउटालाई नजिक र अर्कोलाई टाढा राख्नु हुँदैन । दुवै छिमेकीसँग सन्तुलित, विश्वसनीय बलियो सम्बन्ध बनाएर त्यसैका आधारमा आफ्नो अस्तित्व मजबुत बनाउँदै अघि बढ्नुको विकल्प छैन । चिरकालसम्म दिगो हुनेगरी र भावी पुस्तालाई त्यही बाटोमा हिँडाउने गरी समझदारी, आपसी सद्भाव, सन्धि सम्झौताको आधारमा सम्बन्धहरू तय गरिनुपर्छ । 

खासगरी छिमेक र शक्ति राष्ट्रसँगको सम्बन्धमा नेपाल जस्तो भू–राजनीति भएको मुलुक बढी चनाखो हुनुपर्छ । विश्वको शक्ति सन्तुलनमा तल–माथि भइरहँदा हामी सचेत भएर नै अघि बढ्नुपर्छ । सत्तापक्ष र प्रतिपक्ष दुवैले यस्ता विषयमा चनाखो हुनुपर्छ र बाह्य सम्बन्धका विषयमा समान धारणा बनाउनुपर्छ । कुनै पनि मुलुकले गर्ने सहयोगलाई सापेक्षरूपमा हेर्नुपर्छ । नेपालजस्तो मुलुकका लागि टाढा–टाढाका शक्ति राष्ट्रभन्दा पनि आफ्नै छिमेकीसँगको सम्बन्ध निकै महत्त्वपूर्ण हुन्छ । विश्वको शक्ति सन्तुलनमा उदाउँदा दुई शक्तिका बीच रहेका हामीले दुवैबाट फाइदा लिन सक्नुपर्छ । ती छिमेकसँग हामीले प्रतिस्पर्धा होइन, सहकार्य गरेर अघि बढ्नुपर्छ । चीन र भारतलाई ठीक ठाउँमा राखेर सम्बन्ध अघि बढाउन सक्यौँ भनेमात्रै पनि हाम्रो पक्षमा धेरै फाइदा पुग्दछ । त्यसैले दुई मुलुकबीच सन्तुलन कायम गर्नुबाहेक हामीसँग अरू उपाय छैन । 

विश्व परिवेशमा आएको परिवर्तन

विश्वलाई हेर्दा हिजोको परिवर्तनले ल्याएको न्यू अडरको परिवेशमा पुग्ने विश्व परिवेश चुनौतीपूर्ण बनेको छ । हिजो विश्वलाई हेर्ने र आज हेर्ने अवस्था परिवर्तन भएको छ । विश्वको अवस्था हेर्दा चिन्ताजनक छ । कतै लडाइँ भएरहेको छ कतै प्राकृतिक विपद् भइरहेको छ । विश्वको आर्थिक सङ्कटले गर्दा मानिस अवसरको खोजीमा विश्वभर शरणार्थीको रूपमा अन्य मुलुकमा दौडिरहेको छ । आफ्नो जन्मेको देश छाडेर आफूलाई सुरक्षित महसुस गर्दै प्रगतिको लागि अन्य देशमा पलायन भइरहेको छ । अर्कोको देशमा गएर मुक्ति पाइन्छ भन्ने भ्रमले डेरा जमाएको छ । 

विदेश नीतिमा सुधार

हाम्रो विदेश नीति पनि स्पष्ट नै छ तर कार्यान्वयन पक्ष कमजोर छ । संविधानको मार्गदर्शन, राष्ट्रिय हित, संयुक्त राष्ट्रसङ्घको बडापत्र, असंलग्नता, पञ्चशीलका सिद्धान्त हाम्रा विदेश नीतिका मुख्य मार्गदर्शक हुन् । त्यो आधारमा सम्बन्धलाई अघि बढाउन सक्दा सरकार चुक्दैन । मुलुकको हितलाई केन्द्रमा राखेर बाह्य सम्बन्ध सुदृढ गर्नेमा हामी उन्मुख हुनुपर्छ । समाजवाद, लोकतन्त्र र मानवअधिकारप्रति सचेत रहेर सरकार अघि बढेमा धेरै विषयमा हामी अब्बल ठहरिनेछौँ । नेपालजस्तो मुलुक विश्वको कुनै पनि गुट वा उपगुटमा सामेल हुनुहुँदैन । 

नेपालजस्तो राष्ट्रका लागि कूटनीति ठूलो हतियार हो । कूटनीतिमा स–साना कुराले पनि गम्भीर अर्थ राख्छ । कूटनीति सिधा रेखामा हुँदैन । यसको कुनै स्थापित सूत्र पनि छैन । तर, यसको निश्चित मूल्य र मान्यता हुन्छ । त्यसमा हामी सचेत रहनुपर्छ । वर्तमान सरकार गठनपछि कूटनीतिक क्षेत्रमा केही आशाको किरण देखिन्छ नै । संयुक्त राष्ट्रसङ्घका महासचिवको नेपाल भ्रमणदेखि विभिन्न मुलुकहरूमा भएका भ्रमणहरूको आदान–प्रदानले ती देशहरूसँगको कूटनीतिक सम्बन्धलाई फराकिलो बनाउन मद्दत पुग्दछ । 

जनतामा आशाको सञ्चारको खाँचो

नेपालमा पनि पटकपटक राजनीतिक परिवर्तनहरू भए । समानताका लागि अनेक व्यवस्था परिवर्तन भए । प्रजातन्त्रको निम्ति आफ्नो ज्यान बलिदान गर्ने सहिदहरूको देन अविस्मरणीय छ । अहिले नागरिकमा चेतनाको स्तर निकै माथि उठेको छ । राजसंस्थाको अन्त्यदेखि गणतन्त्रको बहालीसम्म आइपुग्दा नेपालको राजनीतिले ठूलो चक्र पार गरेको छ । तैपनि नेपाली जनताले राजनीति स्थिरताको भावना पाउन सकेका छैनन् । आफ्नोपनलाई कायम गरी विश्वमा प्रगतिशील राज्यको रूपमा देखाउन जुन अवस्था शान्ति बहालीपछि भयो, शान्ति र प्रगतिको बाटो पहिल्याउनुपर्ने थियो, देशमा स्थायित्व र प्रगति बनाउनुपर्ने थियो त्यो भने हुनसकेको देखिँदैन । हिजो यसैका लागि भनेर सङ्घर्षमा होमिएकाहरू आज कोही यहाँ सम्भावना नदेखेर विदेश पलायन भएका छन् भने कोही आफूले हिजो देखेको सपनाबाट विचलित भई निहित स्वार्थमा चुलुम्म डुबेका छन् । यसले मुलुकलाई अधोगतितिर लैजान्छ । 

हामी यतिबेला विषम परिस्थितिबाट गुज्रिरहेका छौँ । एकातिर विश्वमा नयाँ शक्ति राष्ट्रहरू उखदाउँदै छन्, शीतयुद्ध समाप्त भए पनि विश्व परिस्थिति झन् जटिल मोडतर्फ बढ्दैछ भने अर्कोतिर देशभित्रै आन्तरिक चुनौतीहरूको सामना गर्ने क्षमतामा ह्रास आएको छ, विश्वासको सङ्कट बढ्दो छ । राजनीति जनमुखी हुनुभन्दा स्वार्थप्रेरित हुँदै गएको छ । राजनीतिक परिवर्तनमात्र नभई आर्थिक परिवर्तन आवश्यक छ । सङ्घर्ष र परिवर्तनको बेला जुन धारणा बाहिर आएको थियो जनताका लागि काम गर्छौँ भनेका थिए, आज त्यसो नहुँदा हिजोको भन्दा अवस्था झन् चुनौतीपूर्ण भएको छ । तसर्थ, सम्पूर्ण राजनीतिक शक्तिहरू आन्तरिक विवादमा नअल्झिएर मुलुकलाई समृद्धिको बाटोतर्फ हिँडाउन सक्षम हुनुपर्ने बेला छ । विवेकशील र दूरगामी निर्णयहरूको खाँचो टड्कारोरूपमा रहेको छ । 

जनताले देशभित्र सुख, शान्ति र समृद्धिको सम्भावना नदेखेर विदेशी भूमिमा जसरी जाने लर्को लागेको छ, यसले एकातिर मुलुकमा युवा शून्य हुने अवस्था आएको छ भने अर्कोतिर विदेशी भूमिमा अर्काको लागि लडेर ज्यान गुमाउनुपर्ने अवस्था छ । हिजो भएन भन्ने कुरा आज हुन्छ भनेर आशाको भावना देखाउन छाडेर विदेशिनुपर्ने अवस्था आउनु देशको दुर्भाग्य हो । विगतमा भएका कमीकमजोरीलाई केलाउँदै कसैलाई दोषी देखाइरहनुभन्दा त्यसबाट पाठ सिक्नुपर्छ । सुशासनका लागि कानुनी राज्य र न्यायपूर्ण समाजको स्थापना गर्ने अवस्था सिर्जना भएको छ ।

प्रजातन्त्र पुनःस्थापनापछि विश्वका धेरै देशबाट नेपाललाई थुप्रै सहयोग प्राप्त भयो तर ती सहयोगलाई हामीले प्राथमिकीकरण गर्न सकेनौँ । विदेशी सहायताको उचित प्रतिफल प्राप्त क्षेत्रमा लगानी हुन सकेन । सहायता वा लगानी ल्याउँदा देशको दीर्घकालीन हितमा प्रयोग गर्नु जरुरी हुन्छ । समृद्ध नेपाल निर्माण गर्न शान्तिपूर्ण कानुनी राज्य हुनुपर्दछ । यो नदेखेर जनतामा निराशा जागेको छ । नैतिकताको ह्रास व्यापक भएको अनुभूति जनताले गरेका छन् । जनताको आशा राजनीतिक स्थिरता होस्, त्यसलाई हासिल गर्न सक्ने कुरा जनताले अनुभूति गर्न सकेका छैनन् । यो निकै चुनौतीपूर्ण विषय हो भन्ने मलाई लाग्दछ । यतिबेला विश्वमा देखिएको अनिश्चित वातावरणबाट कसरी देशलाई जोगाउने भन्ने आशाको सञ्चार दिन आवश्यक छ । 

राष्ट्र–परराष्ट्र पुस्तकले समेटेको पाटो

अस्थिर परिवर्तनहरूबट गुज्रिएको नेपालको लामो कालखण्डलाई प्रत्यक्ष हेर्ने र भोग्ने अवसर मलाई मिल्यो । विसं २००७ को परिवर्तन, २०१७ सालको प्रतिपरिवर्तनदेखि गणतन्त्र नेपालसम्मका राजनीतिक आरोहअवरोह, आर्थिक मामिला, परराष्ट्रनीति तथा कूटनीतिक अभ्यासलाई समेटेर हालै मेरो पुस्तक राष्ट्र–परराष्ट्र एकतन्त्रदेखि गणतन्त्रसम्म बजारमा आएको छ । 

अमेरिकाको विश्वविद्यालय क्लेयरमन्टमा पढिरहेको आफूलाई २४ वर्षे उमेरमै राजा महेन्द्रले राष्ट्रिय योजना परिषद्को सदस्यसचिव बनाएदेखि विभिन्न समयक्रममा ४० वर्ष नकट्दै अर्थसचिव, नेपाल राष्ट्र बैंकको गभर्नर, अर्थमन्त्री, परराष्ट्रमन्त्रीको जिम्मेवारी पाएको थिएँ । अमेरिका तथा भारतका लागि राजदूत तथा पछि नेपाल–भारत प्रबुद्ध समूहअन्तर्गत नेपालतर्फका संयोजकसमेत रहेर काम गर्दाका अनुभवलाई नै पुस्तकमा उल्लेख गरेकाले धेरैका लागि देशको आर्थिक, राजनीतिक र कूटनीतिक पाटाहरूको जानकारी राख्न सहयोग पुग्ने देखेको छु ।
कुराकानीमा आधारित

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

किसानलाई माटो परीक्षण गर्न आह्वान

काठमाडौं। कृषि विभागले माटोको गुणस्तर सुधारका लागि माटो परीक्षण गर्न किसानलाई आग्रह गरेको छ। विभागले माटोमा प्राङ्गारिक पदार्थको मात्रा कम पाइएपछि माट...

नेपाल टेलिकमको थ्रीजी सेवा क्रमिक बन्द, फोरजीमा रूपान्तरण सुरु

काठमाडौँ । नेपाल टेलिकमले निकट भविष्यमा आफ्नो थ्रीजी सेवा क्रमिक रूपमा बन्द गर्दै फोरजी सेवामा रूपान्तरण गर्ने प्रक्रिया अघि बढाएको छ। यस अन्तर्गत थ्र...

डोल्पामा बाटोमै सुत्केरी, नवजात शिशुको मृत्यु

डोल्पा । हिमाली जिल्ला डोल्पामा एक आमालाई अस्पताल लैजाने क्रममा बाटोमै सुत्केरी हुँदा नवजात शिशु मृत्यु भएको छ। त्रिपुरासुन्दरी नगरपालिका–७ पहाडाकी १७...

सर्लाहीको रामवनमा दुई किशोरी मृतावस्थामा फेला

सर्लाही। सर्लाहीको गोडैता नगरपालिका–५, रामवनस्थित चौरमा दुई किशोरी झुन्डिएको अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार रामनगर–६, सिसौटका बिनोद दासकी...

जनयुद्धकालदेखि संसदसम्मको राजनीतिक यात्रामा ‘बादल’, बने एमाले संसदीय दलको नेता

काठमाडौँ । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा बादल चयन भएका छन्। बुधबार केन्द्रीय कार्यालय च्यासलमा सम्पन्न निर्वाचनमा उनी दलको नेता निर्...

नबिल बैंकको ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर दोस्रो बजारमा सूचीकृत

काठमाडौँ — नबिल बैंक द्वारा जारी ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु भएको छ। प्रति शेयर अंकित मूल...

एमालेको रणनीति: सदनमा ‘वाचडग’ भूमिका, पहिलो बैठक अवरोध नगर्ने

काठमाडौं । नेकपा एमाले ले प्रतिनिधिसभामा आफूलाई सजग ‘वाचडग’ (पहरेदार) का रूपमा प्रस्तुत गर्ने रणनीति तय गरेको छ। संसदीय दलको बैठकपछि दलका नेता रामबहाद...

सधैं साथमा तिम्रो’मा सुरेश–रेहाको रोमान्टिक प्रस्तुति सार्वजनिक

काठमाडौं । अमेरिकामा चिकित्सक पेशामा कार्यरत दम्पती सुरेश बस्नेत र रेहा पोखरेल ले ‘सधैं साथमा तिम्रो’ बोलको डेब्यु म्युजिक भिडियो सार्वजनिक गरेका छन्।...

छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं। देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका-९ गुम्बाचोकस्थित सडकमा ना.६ ख ...

सवारी दुर्घटना हुँदा कपिलवस्तुमा दुई जनाको मृत्यु

कपिलवस्तु । कपिलवस्तुमा छुट्टाछुट्टै भएको दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ। कपिलवस्तु नगरपालिका वडा नम्बर ९ जगदीशपुरको जर्लैया जाने चोकमा लु२ख ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending