काठमाडौँ। विभागीय टिम एपीएफले प्रधानमन्त्री कप महिला टी–२० को उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सम्पन्न रोमाञ्चक फाइनलमा एपीएफले कोशी प्रदेशलाई ११ रनले पराजित गर्दै उपाधि जितेको हो ।
एपीएफले दिएको ११५ रनको लक्ष्य पछाएको कोशीले २० ओभरमा ४ विकेट गुमाउँदै १०३ रन बनाएको थियो । कोशीका लागि कप्तान रुबिना क्षेत्रीले सर्बाधिक ६२ रन बनाएकी थिइन् भने काजल श्रेष्ठले २२ रनको योगदान दिएकी थिइन् ।
यसअघि टस जितेर पहिला ब्याटिङ गर्दै एपीएफ क्लबले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ११४ रन बनाएको थियो । एपीएफका लागि इन्दु बर्माले अर्धशतकीय पारी खेलिन् । उनले ४७ बल खेल्दै ५३ रनको योगदान दिइन् । सो क्रममा बर्माले छ चौका र एक छक्का प्रहार गरिन् । यस्तै ज्योति पाण्डेले २७ तथा रोमा थापाले १४ रन बनाएकी थिइन् ।
त्यस्तै बलिङतर्फ कोशीका लागि अप्सरी बेगमले ह्याट्रिक गरिन् । उनले २०औँ ओभरको पहिलो, दोस्रो र तेस्रो बलमा लगातार विकेट लिइन् । बेगमले पहिलो बलमा इन्दु बर्मा, दोस्रो बलमा नेरी थापा तथा तेस्रो बलमा सोनु खड्काको विकेट लिइन् । यस्तै एलिशा खडियाले दुई तथा कप्तान रुविना क्षेत्री र निशा शाहले एक–एक विकेट लिइन् ।
त्यस्तै प्रतियोगिताको विजेता एपीएफले पाँच लाख तथा उपविजेता कोशी प्रदेशले तीन लाख पुरस्कार प्राप्त गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १५ गते, २०८२ - १७:२१
काठमाडौं। गगनकुमार थापाले नेपाली कांग्रेसले सरकार गठन गरे भ्रष्टाचारविरुद्ध कडा कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेका छन्। शुक्रबार पोखरामा आयोजित चु...
फाल्गुन १५ गते, २०८२ - १७:०६
काठमाडौं । निर्वाचन आयोग ले देशभरका १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा एक हजारभन्दा बढी आचारसंहिता उल्लंघनका घटनामा कारबाही गरिएको जनाएको छ। शुक्र...
फाल्गुन १५ गते, २०८२ - १६:५५
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत महामहिम चाङ माओमिङले शुक्रबार सिंहदरबारमा शिष्टाचार भेट गरेको छन्। प...
फाल्गुन १५ गते, २०८२ - १६:३९
कालीकोट। प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जथाभावी पेट्रोलियम पदार्थ बिक्रीमा रोक लगाएको ...
फाल्गुन १५ गते, २०८२ - १६:३५
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भदौ २३ र २४ गतेको घटनामा संलग्नहरू एउटै भएको दाबी गरेका छन्। चितवनमा भएको चुनावी सभाल...
फाल्गुन १५ गते, २०८२ - १६:१४
काठमाडौँ । नेपाली कांग्रेस ले प्रतिनिधिसभा निर्वाचनपछि बन्ने सरकारका प्रधानमन्त्री उम्मेदवारबीच फागुन १८ गते खुलामञ्चमा सार्वजनिक बहस गर्ने प्रस्ताव ग...
फाल्गुन १५ गते, २०८२ - १६:०१
मेरो अन्तिम इच्छा के हो २१ गते मतपत्रमा देखाइदिनुहोला
फाल्गुन १५ गते, २०८२ - १५:५०
काठमाडौँ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले मुलुकले नेपाल नेपाली कांग्रेसको वाइवाइ फ्याक्ट्री जस्तै व्यवस्...
फाल्गुन १५ गते, २०८२ - १५:४३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले चितवनले नेपालमा पर्यटन प्रवर्धनमा उदाहरण प्रस्तुत गर्नुपर्ने ...
फाल्गुन १५ गते, २०८२ - १५:२२
काठमाडौं। चितवन क्षेत्र नम्बर १ बाट राष्ट्रिय समाजवादी पार्टी (रास्वपा) का उम्मेदवार हरि ढकालले अबको प्रतिनिधिसभामा आफ्नो पार्टीबाट १५१ जनाको सहभागिता...



प्रतिकृया लेख्नुहोस्: