इलाम । आन्दोलनरत पहिचानवादी पाँच संस्थाले आज बिहानैदेखि मेची राजमार्ग बन्द गरेका छन् । आफ्ना कार्यकर्तालाई झुटो मुद्दामा प्रहरीले पक्राउ गरेको भन्दै उनको रिहाई माग गरी आज र भोलिका लागि मेची राजमार्ग बन्द आह्वान गरिएको हो।
कोशी प्रदेशको नाम परिवर्तन गर्न माग गर्दै आन्दोलनरत समूहले आह्वान गरेको बन्दका कारण आज बिहानैदेखि मेची राजमार्गमा यातायात ठप्प भएको छ । बन्दका कारण बिहानैदेखि मेची राजमार्गमा छोटो र लामो दूरीका सवारी साधन चल्न सकेका छैनन्। पहिचानवादी पाँच संस्थाले संयुक्त रूपमा बन्दको आह्वान गरेका हुन्।
कोशी प्रदेशको नाम सच्याउन माग गर्दैै गत मंसिर ३० र पुस १ गते बन्द आह्वान गरिएको थियो । त्यसक्रममा मंसिर ३० मा इलामको रोङ गाउँपालिका–४ स्थित मेची राजमार्गमा मे १ च ११४० नम्बरको पिकअप आगगनी गरिएको थियो। झापाबाट पराल बोकेर आइरहेको पिकअप आगजनी गरेको भन्दै प्रहरीले झापाको बुद्धशान्ति गाउँपालिका ४ का ३३ वर्षे अञ्जन राई (बुलेट किराती) लाई पक्रेको छ।
तर, आन्दोलनरत समूहले पिकअपमा आफूहरूले आगजनी नगरेको भएपनि राईलाई झुटो मुद्दामा पक्राउ गरिएको दाबी गरेको छ । बन्द आह्वानकर्ताले जारी गरेको विज्ञप्तिमा यातायात बन्दका बेला गाडीमा आगजनीको गतिविधि आफूहरूले नगरेको र नगर्ने दाबी गरिएको छ। उनीहरूले पक्राउ परेका राईलाई रिहा नगरेसम्म विरोध जारी रहने चेतावनी दिएका छन्।
आन्दोलनरत समूह ‘पहिचानसहितको प्रदेश नम्बर १ पुनः नामाङकन समिति’ अध्यक्ष डकेन्द्रसिंह थेगिमले दुुई चक्के सवारी साधन भने नरोकिएको बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २७ गते, २०८३ - २०:१२
बाजुरा । रानीसैन संघर्ष समिति बाजुराले जिल्ला सदरमुकाम मार्तडीसहितका हाटबजार र कर्णाली करिडोर सडक बन्द गरेको छ।जिल्लाको हिमाली गाउँपालिका–३ रानीसैनमा ...
जेष्ठ २७ गते, २०८३ - ०९:३६
सुर्खेत । सम्भावित मनसुनजन्य विपद् न्यूनीकरण, पूर्वतयारी र प्रतिकार्यलाई प्रभावकारी बनाउन आयोजना गरिएको ‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम २०२६’ सुर्खेत...
जेष्ठ २७ गते, २०८३ - ०९:३०
काठमाडौं । नेपाली कांग्रेसभित्र लामो समयदेखि अलग–अलग गतिविधि गर्दै आएका संस्थापन पक्ष र इतर समूह पहिलो पटक एउटै मञ्चमा देखिने भएका छन् । कोशी प्रदेशमा...
जेष्ठ २७ गते, २०८३ - ०९:१४
म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ भालेबासस्थित धवलागिरि आधारभूत विद्यालयमा विद्यार्थी र शिक्षक–कर्मचारीको सङ्ख्या बराबर भएपछि ग्रामीण शिक्षामा बसाइँसर...
जेष्ठ २७ गते, २०८३ - ०९:११
काठमाडौं । यस वर्ष मनसुन औसतभन्दा कम पानी पर्ने पूर्वानुमान गरिए पनि त्यसले विपद्को जोखिम घट्ने छैन भन्ने चेतावनी विज्ञहरूले दिएका छन्। बरु, छोटो अवधि...
जेष्ठ २७ गते, २०८३ - ०८:५१
कञ्चनपुर । वर्षौँदेखि रासायनिक मलमा निर्भर रहँदै आएका किसान हाल गड्यौला मलप्रति आकर्षित हुन थालेका छन् । माटोको उर्वराशक्ति जोगाउन, उत्पादनको गुणस्तर ...
जेष्ठ २७ गते, २०८३ - ०८:४५
बागलुङ । बडिगाड गाउँपालिका–९ दर्लिङका तेजनारायण श्रेष्ठले पानी घट्ट चलाउन थालेको तीस वर्ष भयो । पानी घट्टमा अन्न पिस्दै तीन दशकअघि सुरु गरेको व्यवसाय ...
जेष्ठ २७ गते, २०८३ - ०८:३६
बाजुरा । बाजुराको हिमाली गाउँपालिका–३ रानीसैन क्षेत्रमा पुनः तनाव बढ्दै जाँदा ३५ भन्दा बढी भोटे समुदायका परिवार विस्थापित भएका छन्। स्थानीय अनुसार भेड...
जेष्ठ २७ गते, २०८३ - ०८:३१
काठमाडौं । गृहमन्त्री पदबाट राजीनामा दिएको डेढ महिनापछि सुधन गुरुङ पुनः गृह मन्त्रालयको नेतृत्वमा फर्किएका छन्। विवाद, छानबिन र राजनीतिक दबाबबीच पदबाट...
जेष्ठ २७ गते, २०८३ - ०८:२४
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। पछिल्ला दिनको तुलनामा केही तरकारीको मू...



प्रतिकृया लेख्नुहोस्: