Ntc summer Offer
Khabar Dabali २० बैशाख २०८१ बिहीबार | 2nd May, 2024 Thu
NIMB

जयशंकरको भ्रमण प्रधानमन्त्रीको भारत भ्रमणमा भएका सम्झौता कार्यान्वयनमा केन्द्रित : शर्मा

खबरडबली संवाददाता

काठमाडौँ। नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता तथा पूर्वमन्त्री दिनानाथ शर्माले नेपाल र भारतबिचको सम्बन्ध युगौँदेखि सुमधुर र राम्रो रहेको बताएका छन् ।

उनले भने,‘दुई देशबिच युगौँदेखि राम्रो सम्बन्ध छ । हामीबिच केवल कूटनीतिकमात्रै नभएर जनस्तरमा पनि राम्रो सम्बन्ध छ। आर्थिक, सामाजिक र सांस्कृतिक सम्बन्ध छ। दुई देशको सम्बन्धलाई सुदृढ गर्न उच्चस्तरीय भ्रमण आदानप्रदान भइरहेका छन्। राज्यको तर्फबाट प्रतिनिधिहरू जाने, आपसमा बदलिँदो परिवेशअनुसार छलफल गर्ने र दुई देशबिचको हितमा केन्द्रित भएर विश्वासको वातावरण सिर्जना गर्ने काम भएको छ। यो राम्रो हो।’

भारतीय विदेशमन्त्री डा एस जयशंकरको नेपाल भ्रमणको पूर्वसन्ध्यामा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष–साक्षात्कारमा बोल्दै उनले भारतीय विदेशमन्त्री जयशंकर नेपाल भ्रमणमा रहँदा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा भएका सम्झौता कार्यान्वयन जोड दिने बताए।

उनले भने,‘भारतीय विदेशमन्त्री आउँदै हुनुहुन्छ, यो भ्रमणले प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जाँदा भएका सहमतिहरूलाई कार्यान्वयन गराउने वातावरण बनाउनेछ। नेपालको आर्थिक हितको लागि सहयोग पुर्‍याउनेछ। पावर ट्रेडलाई मूर्त रूप दिने काम गर्नेछ । दुई देशबिचको व्यापार घाटालाई सन्तुलन कायम गर्नको लागि यस प्रकारको भ्रमणले महत्त्वपूर्ण योगदान दिनेछ भन्ने विश्वास राख्नुपर्छ । त्यस्तै, चिनियाँ प्रतिनिधिमण्डल पनि यहाँ आउँदैछ। भ्रमणको क्रममा कतिपय सम्झौता भएका छन्, ती विषय पनि सरकारको तर्फबाट महत्त्वपूर्ण रूपमा अघि बढाउने र चिनियाँहरूको सहयोग ल्याउनको लागि सरकारको तर्फबाट गृहकार्य भइरहेको छ।’

नेपाल भारत र चीनजस्ता ठुला अर्थतन्त्र भएका मुलुकका बिचमा रहेको उल्लेख गर्दै उनीहरूबाट देशको विकासको लागि प्रचण्ड नेतृत्वको सरकारले केही समय यतादेखि काम गरेको उनको दाबी छ। 

उनले भने,‘अन्तर्राष्ट्रिय रूपमै नेपालको छविलाई अगाडि ल्याउनको लागि अनि विश्वासको वातावरण बनाउनको लागि यो सरकारले प्रयत्न गरेको छ । केही हदसम्म सफल भएको छ। देशको अर्थतन्त्रमा योगदान दिनको लागि यी भ्रमणले योगदान नै दिन्छन्।’ 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies