Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

एसएसपी रमेश खरेलले सेना गुहारेपछि...

\"Ramesh-Kharel\"काठमाडौं । नेपाल प्रहरीका चर्चित एसएसपी रमेश खरेलकाे नाममा कैलालीको टीकापुर घटनापछि नेपाली सेना गुहार्दै ‘नेपाली हुँ’ भन्ने बाहेक सबैलाई ‘त्यहीँ गोली ठोक’ भन्दै नेपाली सेनालाई गुहारेको आफ्नो स्टाटस सार्वजनिक गरेपछि खैलाबैला मच्चिएको छ । ५० हजार ४ सय ३९ जनाले लाइक गरेको नेपाली नाम ‘रमेश खरेल’कै पेजमार्फत टीकापुर घटनापछि बरिष्ठ प्रहरी अधिकारीकै यस्तो स्टाटस सार्वजनिक भएपछि खैलाबैला भएको हो । उनको स्टाटसमा लेखिएको छ– ‘तँ को होस् ? भनेर सोध्दै हिँड सेना ! ‘दलित हुँ, आदिवासी हुँ, बाहुन हुँ, मधेसी हुँ’ भन्नेलाई त्यहीँ ठोक’ ‘नेपाली हुँ’ भन्नेलाई छोडिदिए हुन्छ !’ १२ घण्टा अघि एसएसपी रमेश खरेलले यो स्टाटस फेसबुकमा राखेका थिए । तर, त्यो भन्दा अघि नै फेसबुकमा यो स्टाटस सार्वजनिक भएको थियो । खरेलले पनि फेसबुकमा भाइरल बनेको यो स्टाटस कपी गरेर राखेको देखिन्छ । खरेलले भन्दा अगाडि पोखराकी अस्मिता रिजालले यही ब्यहोराको स्टाटस पोस्ट गरेकी थिइन् । यस्तै अरुले पनि यही स्टाटस कपी गर्दै फेसबुकमा पोस्ट गरेका छन् ।
मेरो नाममा खोलिएका विभिन्न नक्कली फेसबुक आईडीहरुबाट त्यस्तो लेखिएको हाे । मैले यसलाई गम्भीर रुपमा लिएको छु
तर, खबरडबलीले उनलाई सम्पर्क गरी त्यो स्टाटस तपाईले नै लेखेको हो ? भन्ने प्रश्नमा उनले आफ्नो नामबाट विभिन्न नक्कली फेसबुक आइडीहरुमार्फत गलत तथ्य र टिप्पणी सार्वजनिक भएकोे बताए । आफ्नो नाममा खोलिएका ती सबै फेसबुक आईडीहरु नक्कली भएको उनको भनाई छ । \"Ramesh ‘मलाई यो बीचमा तपाईले के लेखेको हो भनेर धेरै फोनहरु आई रहेका छन् तर मैले त्यस्तो केही पनि लेखेको छैन् । मेरो नाममा खोलिएका विभिन्न नक्कली फेसबुक आईडीहरुबाट त्यस्तो लेखिएको हाे । मैले यसलाई गम्भीर रुपमा लिएको छु ।’– खरेलले भने । चितवनको भरतपुरस्थित नेपाल प्रहरीको तालिम केन्द्रमा रहेका उनले भरतपुरमा इन्टरनेट कमजोर भएका कारण आफूले सबै कुरा हेर्न नपाएकाले त्यसलाई डिएक्टिभेट गर्न नसकिएको बताए । ‘हामीले यहाँ प्रयोग गर्ने इन्टरनेट हेडक्वाटरको नै हो तर अहिले कमजोर इन्टरनेट सुस्त भएका कारण मैले यसमाथि ध्यान दिउर कारवाही अगाडि बढाउन सकेको छैन । तर अब विज्ञहरु झिकाएर ती सबै आईडीहरु बन्द गर्ने तयारीमा छु ।’ उनले खबरडबलीसँग भने । खरेलले आफ्नो अफिसियल फेसबुक आईडीमा पनि विभिन्न मानिसहरुले विभिन्न प्रकारका ट्यागहरु गरेर अप्ठेरो परेकोसमेत बताए । ‘मेरो नाममा खोलेका फेक आईडीहरु र मेरो आफ्नै फेसबुक पेजमा पनि अनेकौं प्रकारका कुरा ट्याग गरी दिएका कारण अब म आफ्नो आईडीसमेत बन्द गर्ने सोचमा पुगेको छु ।’– खरेलले भने । कैलालीमा एसएसपीसहित ८ जनाले ज्यान गुमाएपछि आक्रोशित हुँदै केही फेसबुक प्रयोगकर्ताले यही स्टाटस कपी गर्दै आफ्नो फेसबुकमा पोस्ट गरेका थिए । खरेलको नाममा यो स्टाटस आएपछि कपी गरी पोस्ट गर्नेको संख्या निक्कै बढेको छ । रमेश खरेलको नामको यही एकाउन्टबाट पोस्ट भएको यही स्टाटसलाई ६८ हजार ५७२ जनाले लाइक गरिसकेका छन् । यो स्टाटसलाई सेयर गर्नेको संख्या मात्र २० हजार ३७१ नाघिसकेको छ । यो बढ्ने क्रम अझै जारी छ । उच्च प्रहरी अधिकारीका नाममा नक्कली आइडीमार्फत सद्भाव विथोल्ने र सनसनी फैलाउने काम भइरहँदा पनि प्रहरीले त्यसलाई रोक्न सकेको देखिंदैन । रमेश खरेलजस्ता उच्च प्रहरी अधिकारीको नक्कली फेसबुक हुनु अत्यन्तै दुखद र आपत्तिको विषय हो । फेसबुक पेज नक्कली हो कि सक्कली भनेर सामान्य मानिसले छुट्याउन सक्ने कुरै भएन । याहाँ चासो उनको यस्तो स्ट्यासबाट १ लाख भन्दा बढी मानिसहरु भ्रमीत हुनुमात्रै होइन कुनै दुर्घटना भए यसको जिम्मा कसले लिन्छ ? याँहा सबाल कसैले दुरुपयोग गरेको मात्रै होइन, दुरुपयोग रोक्न प्रहरी किन उदासीन छ भन्ने हो । यस विषयमा गृह सचिव सूर्यप्रसाद सिलवालसँग साधारण मानिसले स्टाटस लेख्दा पक्राउ गर्ने तर प्रहरीले किन बरिष्ट अधिकारीको नाममा चलाईएको नक्कली आइडी चलाउनेलाई किन पक्राउ नगरेको भन्ने प्रश्नमा उनले तपाईले भनेको ठीक हो त्यस विषयमा छानविन गरेर कदम चाल्ने बताए । सिलवालले यस विषयमा नेपाल प्रहरीका आइजीसँग तत्काल कुरा गर्ने समेत जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending