Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

भरतपुर महानगरले ल्यायाे ९ करोड ३ लाख रुपैयाँको पूरक बजेट

महानगरको विकासमा दीर्घकालीन महत्त्व राख्ने आयोजनाहरू सम्पन्न हुने चरणमा

खबरडबली संवाददाता

चितवन ।  भरतपुर महानगरपालिकाले ९ करोड ३ लाख रुपैयाँको पूरक बजेट ल्याएको छ । आईतबार १४ औं नगर सभाको बैठकमार्फत पूरक बजेट ल्याइएको हो ।

उपमेयर चित्रसेन अधिकारीले विनियोजन ऐन, २०८० ले चालु आर्थिक वर्षको लागि विभिन्न बजेट खर्च शीर्षक तथा उपशीर्षक अन्तर्गत खर्च गर्न दिएको अख्तियारी रकम पर्याप्त नभएकले पूरक बजेट ल्याउनु परेको बताए।

चालू आर्थिक वर्षको लागि विनियोजन ऐनले अख्तियारी नदिएको नयाँ खर्च शीर्षकमा खर्च गर्न आवश्यक भएको, विभिन्न खर्च शीर्षक तथा उपशीर्षकअन्तर्गत नयाँ कार्यक्रम थप एवं संशोधन गर्नुपरेको उनले बताए ।

बजेट शीर्षक तथा उपशीर्षक अन्तर्गत श्रोत सुनिश्चितता गरी योजना समयमै सम्पन्न गर्न, आर्थिक, भौतिक एवं सामाजिक र वातावरणीय पूर्वाधार विकास गरी समुन्नत र सुदृढ महानगर बनाई राष्ट्रको विकासमा टेवा पुर्याउन,साधन–स्रोत, अवसर र क्षमताको विकास तथा उच्चतम उपयोग गरी समृद्ध महानगर बनाउन, सेवा प्रवाहलाइ सरल तथा प्रभावकारी बनाउन, र वित्त विश्लेषणमार्फत जोखिम न्यूनीकरण गर्ने उद्देश्यले पूरक बजेट ल्याइएको अधिकारीले बताए ।

महानगरले आर्थिक वर्ष २०८०/०८१ का लागि ६ अर्ब ३९ करोड ७९ लाख ९० हजार बजेट विनियोजन गरेको थियो । जसमध्ये चालूतर्फ विनियोजित २ अर्ब ६७ करोड १४ लाख ८४ हजार हजारमा पुस मसान्तसम्ममा ७९ करोड १ लाख १९ हजार (३० प्रतिशत) खर्च भएको छ। पूँजिगत खर्चतर्फ विनियोजित ३ अर्ब ७२ करोड ६५ लाख ६ हजार रुपैयाँमा पौष मसान्तसम्म  ४६ करोड ७७ लाख (१३ प्रतिशत) खर्च भएको छ ।   

महानगरले यस वर्ष १ अर्व ७५ करोड रुपैयाँ आन्तरिक आम्दानी प्रक्षेपण गरेकोमा पुस १८ गतेसम्म रु ५३ करोड ३ लाख अर्थात् ३१ प्रतिशत संकलन भएको छ । आ।व। २०७९/८० बाट आ।व। २०८०र८१ मा अल्या गरेर ल्याएको रकम १ अर्ब २६ करोड ४४ लाख सञ्चितकोषमा रहेको छ । आ.व. ०८०/८१ मा भुक्तानी दिन बाँकी तथा क्रमागत एवं अधुरो योजना समेतको लागि एकमुष्ट १ अर्ब ६५ करोड आ.व. २०७९/८० मा बैंक मौज्दात रहेको रकमबाट खर्च हुने प्रक्षेपण गरिएको थियो तर आ।व। २०८०/८१ मा वास्तविक भुक्तानी दिन बाँकी एवं क्रमागत तथा अधुरो योजना सम्पन्न गर्न १ अर्ब २४ करोड ४४ लाख देखिएकोले २ करोड भुक्तानी बाँकी तथा क्रमागत योजना बजेट उपशीर्षकमा मौज्दात रहने देखिन्छ ।

साथै भरतपुर महानगरपालिकाको मर्मत सम्भार कोष खातामा बैकं मौज्दात रकम ५ करोड एवम् शहरी गरिब सहयोग कोष तथा भरतपुर वि.एम. रुप खातामा रहेको जम्मा रकम ७० लाख, समयमा कार्य सम्पन्न नगरी धरौटी जफत गरी प्राप्त भएको जम्मा ४२ लाख, महानगरपालिकाको अन्य खाता फ्रीज ८८ लाख गरी जम्मा ९ करोड आ.व. २०८०/८१ को लागि पूरक बजेट महानगर प्रमुख रेनु दाहालले बताईन् ।

पुरक बजेटबाट समपुरक साझेदारीकोषका लागि विद्युत प्राधिकरणसँग स्मार्ट लाईट साझेदारी कार्यक्रम २ करोड ६७ लाख, डी.पी. आर।. तथा पूँजीगत परामर्श एवम् इआईएसमेत नपुग ३५ लाख, रोड मार्किङ्ग तथा क्याट आई एवं शहरी सौन्द्रयकरण ४० लाख, चोक सुधार कार्यक्रम थप १५ लाख, मानव सेवा आश्रम पुर्वाधार निर्माण ३५ लाख, दुध अनुदान नपुग थप ४५ लाख, कक्षा १–८ का दलित विद्यार्थी छात्रवृत्ती कार्यक्रम ३६ लाख, समपूरक साझेदारी २ करोड, मागमा आधारित विभिन्न योजनाहरु २ करोड, वडा नं १८ को विविध खर्च फ्रिज ६ लाख, ओपन जीम सामाग्री खरिद १० लाख, वालमैत्री वडा घोषणा कार्यक्रम नपुग थप ६ लाख, वडा नं १७ मा पूँजीगत कार्यक्रम चालु उपशीर्षकमा रहेको हुँदा पूजीगत कार्यक्रमको लागि स्रोत व्यवस्थापन ६ लाख रुपैयाँ विनियोजन गरिएको छ।

नगर सभालाई सम्बोधन गर्दै महानगर प्रमुख दाहालले महानगरको विकासमा दीर्घकालीन महत्त्व राख्ने आयोजनाहरू– महानगरीय रिङ रोड र लिङ्क रोड सञ्जाल विस्तार, अन्तर्राष्ट्रिय स्तरको सिटी हल, पुल्चोक गोन्द्राङ ६ लेनको सडक, बाइपास रोड र हुलाकी मार्ग विस्तार, शारदानगर, जखडीमाई, दिव्यनगर, पार्वतीपुर, मेघौली, धनगढा र चौकीडाँडा खानेपानी आयोजना लगायतका महत्त्वपूर्ण पूर्वाधार विकासका आयोजनाहरूमध्ये केही सम्पन्न भइसकेका छन् भने केही सम्पन्न हुने चरणमा रहेका बताईन्।

यसका अतिरिक्त नारायणी तटलाई सि–बिच मोडलमा विकास, नारायणी नदीको तटबन्ध, नारायणी नदी नियन्त्रण आयोजना, भरतपुर विमानस्थलको विस्तार तथा मेघौली विमानस्थलको स्तरोन्नति, नारायणी नदीमा सिग्नेचर ब्रिज निर्माण, ज्ञानेश्वर सामुदायिक वन परिसरमा ओपन जु तथा वडा नं. ६ मा वन्य जन्तु उद्दार केन्द्र निर्माण जस्ता दूरगामी महत्त्व र बृहत लगानीका आयोजना अगाडि बढिरहेका जानकारी दिईन्।संघ, प्रदेश र हाम्रो लगानीमा महानगरको प्रशासनिक भवनको निर्माण कार्य पनि द्रुत गतिले अगाडि बढिरहेको छ भने नेपाल ट्रष्टको स्वामित्वमा रहेको ऐतिहासिक दियालो बंगलालाई भरतपुर भ्रमण वर्षको सन्दर्भ पारी पर्यटनका लागी अवलोकनका व्यवस्था मिलाईएको उनले बताईन्।

उज्यालो भरतपुर कार्यक्रम अन्तर्गत स्मार्ट सडक बत्ती, हाई मास्ट एवं मिनिमास्ट बत्ती गरी ८० किमि सडकमा जडान भैसकेको छ भने नेपाल विद्युत प्राधिकरणसँगको साझेदारीमा दोस्रो प्याकेजको सम्झौता भई कार्य प्रारम्भ हुने चरणमा रहेको उल्लेख गरिन् । “हरित उर्जाको खपत, पेट्रोलियम पदार्थको बचत” गर्ने नीति अनुरुप नेपाल विद्युत प्राधिकरणसँगको समन्वयमा थप चार्जिङ स्टेशनका लागि जग्गा व्यवस्थापन गरिएको र महानगरले विद्युतीय सवारी साधन खरिद गर्ने नीति अवलम्बन गर्दै इ९स्कुटर खरिद गर्ने प्रक्रियालाई अगाडि बढाइएको छ।महानगरभित्र विद्युतीय बस सहित गुणस्तरीय र सुरक्षित यातायात सेवाको लागि प्रारम्भिक अध्ययन भइरहेको प्रमुख दाहालले बताईन।

जिइएसको प्रयोग गरी भू९उपयोग वर्गीकरण गर्ने कार्यका लागि परामर्शदाता छनौट गरिएको र संघीय सरकारको समन्वयमा भरतपुरका मुख्य सहरी क्षेत्रमा प्रशोधन सहितको ढल निकासको लागी सर्भे तथा डिपिआर भइरहेको जानकारी दिइन्।

देश भित्रैको स्रोतसाधनलाई प्रयोग गरी पूर्वाधार निर्माण गर्ने नीति अनुरुप ६ मिटर भन्दा कम आर ओ डब्लु भएका सडक, भिरालो र घुम्ती चोकहरूमा ढलान गर्ने कार्य भईरहेको बताईन्। केरुङ्गा घोल, पुङ्गी खोलामा संरक्षण तथा सौन्दर्यीकरणका लागि निर्माण कार्य थालनी भएको र नारायणी किनारमा सी बिच मोडेल सहितको मनोरञ्‍जन पार्क, आरती स्थल लगायत सौन्दर्यकरण सहित निर्माणका लागि ठेक्का आह्वान भई निर्माणको चरणमा रहेको प्रमुख दाहालले बताईन् ।

सडक सौन्दर्यीकरण तथा सुरक्षाका लागि रोड मार्किङ र जेब्रा क्रसिङ राख्‍ने कार्य भईरहेको र खाल्डाखुल्डी मुक्त महानगर अभियान अन्तर्गत सडक मर्मतका कार्यहरूलाई प्राथमिकताका साथ कार्यान्वयन गरिएको उल्लेख गरिन् । नारायणी किनारको पर्यटकीय क्षेत्रका लागि स्मार्ट सार्वजनिक शौचालयको डिजाइन तयार भई निर्माणको लागि बोलपत्रको तयारी गरिएको उनको भनाई छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मनकामना पुगेर फर्किंदै गरेको माइक्रो भीरबाट खस्यो

काठमाडौं  । गोरखाको मनकामना पुगेर फर्किएको माइक्रो बस भीरबाट खसेको छ । शनिबार बेलुका सहिद लखन गाउँपालिका–३, कान्टारनजिकै भीरबाट माइक्रो खसेको गोरखा प्...

एमालेले टुङ्गो लगायो समानुपातिक सांसद, को–को परे ?

काठमाडौं  । नेकपा (एमाले) को सचिवालय बैठकले प्रतिनिधिसभातर्फका समानुपातिक सांसदहरूको नामावली टुंगो लगाएको छ । पार्टीले समावेशी सिद्धान्तअनुसार विभिन्न...

प्राधिकरणको केन्द्रीय ‘वर्कसप’ले गर्‍यो नौ सय ट्रान्सफर्मर मर्मत

बाग्मती। कर्मचारी अभावका बाबजुद मकवानपुरको हेटौँडास्थित नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय ‘वर्कसप’ले चालु आर्थिक वर्षको सात महिनामा नौ सय ट्रान्सफर...

ग्यास उद्योगलाई कडाइः विक्रेतालाई बाँडिएको ग्यासको विवरण निगमलाई १० बजेभित्रै जानकारी गराउनु पर्ने

काठमाडौँ । नेपाल आयल निगमले मुलुकभरका ग्यास उद्योगीलाई आफ्ना विक्रेतालाई बिक्री गरेको ग्यासको विवरण दैनिक रूपमा बिहान १० बजेभित्र अनिवार्य सार्वजनिक ग...

श्रम संस्कृति पार्टीले टुंग्यायो समानुपातिक सांसदको नाम

विराटनगर । श्रम संस्कृति पार्टीले प्रतिनिधिसभातर्फ समानुपातिक प्रणालीबाट पठाउने चार जना सांसदको नाम टुंगो लगाएको छ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा ...

बिहान उठेर खाली पेट पानी पिउनुका ११ फाइदा

काठमाडौं । बिहान उठ्नेबित्तिकै खाली पेट पानी पिउनु स्वास्थ्यका लागि लाभदायक बानीका रूपमा लिइन्छ। स्वास्थ्य विज्ञहरूका अनुसार यो अभ्यासले शरीरलाई सक्रि...

रोल्पामा माटोको ढिस्कले पुर्दा एक महिलाको ज्यान गयो, तीन घाइते

रोल्पा । रोल्पामा घर पोत्ने माटो खन्ने क्रममा ढिस्कोले पूरिएर एक महिलाको ज्यान गएको छ, भने तीन जना घाइते भएका छन् । रुन्टीगढी गाउँपालिका–७ खाक्सीवनकी ...

पत्रकारिता र कवितामा अलग पहिचान बनाएका सुरेश किरणको अवसानले साहित्य जगत् शोकमा

काठमाडौं । नेपाली साहित्य, पत्रकारिता र भाषा आन्दोलनका सक्रिय हस्ताक्षरको निधन भएको छ। उनको निधनसँगै नेपालभाषा साहित्य, समसामयिक व्यङ्ग्य र भाषिक अधिक...

महावीर पुनको चुनावी हिसाबकिताब : २८ लाख खर्च, २७ लाखभन्दा बढी बचत

बागलुङ । प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न भएपछि उम्मेदवारहरूले निर्वाचन आयोगमा खर्च विवरण बुझाउने क्रम जारी छ। यही क्रममा म्याग्दीबाट निर्वाचित सा...

सञ्चालनमा आयो ललितपुर महानगरको अपांगतामैत्री प्रशासनिक भवन

ललितपुर । ललितपुर महानगरपालिकाको अपांगतामैत्री अत्याधुनिक प्रशासनिक भवन सञ्चालनमा आएको छ । ललितपुर–१२ को प्रशासनिक कार्यालयसमेत सञ्चालन हुनेगरी महानगर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: