Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

भरतपुर महानगरले ल्यायाे ९ करोड ३ लाख रुपैयाँको पूरक बजेट

महानगरको विकासमा दीर्घकालीन महत्त्व राख्ने आयोजनाहरू सम्पन्न हुने चरणमा

खबरडबली संवाददाता

चितवन ।  भरतपुर महानगरपालिकाले ९ करोड ३ लाख रुपैयाँको पूरक बजेट ल्याएको छ । आईतबार १४ औं नगर सभाको बैठकमार्फत पूरक बजेट ल्याइएको हो ।

उपमेयर चित्रसेन अधिकारीले विनियोजन ऐन, २०८० ले चालु आर्थिक वर्षको लागि विभिन्न बजेट खर्च शीर्षक तथा उपशीर्षक अन्तर्गत खर्च गर्न दिएको अख्तियारी रकम पर्याप्त नभएकले पूरक बजेट ल्याउनु परेको बताए।

चालू आर्थिक वर्षको लागि विनियोजन ऐनले अख्तियारी नदिएको नयाँ खर्च शीर्षकमा खर्च गर्न आवश्यक भएको, विभिन्न खर्च शीर्षक तथा उपशीर्षकअन्तर्गत नयाँ कार्यक्रम थप एवं संशोधन गर्नुपरेको उनले बताए ।

बजेट शीर्षक तथा उपशीर्षक अन्तर्गत श्रोत सुनिश्चितता गरी योजना समयमै सम्पन्न गर्न, आर्थिक, भौतिक एवं सामाजिक र वातावरणीय पूर्वाधार विकास गरी समुन्नत र सुदृढ महानगर बनाई राष्ट्रको विकासमा टेवा पुर्याउन,साधन–स्रोत, अवसर र क्षमताको विकास तथा उच्चतम उपयोग गरी समृद्ध महानगर बनाउन, सेवा प्रवाहलाइ सरल तथा प्रभावकारी बनाउन, र वित्त विश्लेषणमार्फत जोखिम न्यूनीकरण गर्ने उद्देश्यले पूरक बजेट ल्याइएको अधिकारीले बताए ।

महानगरले आर्थिक वर्ष २०८०/०८१ का लागि ६ अर्ब ३९ करोड ७९ लाख ९० हजार बजेट विनियोजन गरेको थियो । जसमध्ये चालूतर्फ विनियोजित २ अर्ब ६७ करोड १४ लाख ८४ हजार हजारमा पुस मसान्तसम्ममा ७९ करोड १ लाख १९ हजार (३० प्रतिशत) खर्च भएको छ। पूँजिगत खर्चतर्फ विनियोजित ३ अर्ब ७२ करोड ६५ लाख ६ हजार रुपैयाँमा पौष मसान्तसम्म  ४६ करोड ७७ लाख (१३ प्रतिशत) खर्च भएको छ ।   

महानगरले यस वर्ष १ अर्व ७५ करोड रुपैयाँ आन्तरिक आम्दानी प्रक्षेपण गरेकोमा पुस १८ गतेसम्म रु ५३ करोड ३ लाख अर्थात् ३१ प्रतिशत संकलन भएको छ । आ।व। २०७९/८० बाट आ।व। २०८०र८१ मा अल्या गरेर ल्याएको रकम १ अर्ब २६ करोड ४४ लाख सञ्चितकोषमा रहेको छ । आ.व. ०८०/८१ मा भुक्तानी दिन बाँकी तथा क्रमागत एवं अधुरो योजना समेतको लागि एकमुष्ट १ अर्ब ६५ करोड आ.व. २०७९/८० मा बैंक मौज्दात रहेको रकमबाट खर्च हुने प्रक्षेपण गरिएको थियो तर आ।व। २०८०/८१ मा वास्तविक भुक्तानी दिन बाँकी एवं क्रमागत तथा अधुरो योजना सम्पन्न गर्न १ अर्ब २४ करोड ४४ लाख देखिएकोले २ करोड भुक्तानी बाँकी तथा क्रमागत योजना बजेट उपशीर्षकमा मौज्दात रहने देखिन्छ ।

साथै भरतपुर महानगरपालिकाको मर्मत सम्भार कोष खातामा बैकं मौज्दात रकम ५ करोड एवम् शहरी गरिब सहयोग कोष तथा भरतपुर वि.एम. रुप खातामा रहेको जम्मा रकम ७० लाख, समयमा कार्य सम्पन्न नगरी धरौटी जफत गरी प्राप्त भएको जम्मा ४२ लाख, महानगरपालिकाको अन्य खाता फ्रीज ८८ लाख गरी जम्मा ९ करोड आ.व. २०८०/८१ को लागि पूरक बजेट महानगर प्रमुख रेनु दाहालले बताईन् ।

पुरक बजेटबाट समपुरक साझेदारीकोषका लागि विद्युत प्राधिकरणसँग स्मार्ट लाईट साझेदारी कार्यक्रम २ करोड ६७ लाख, डी.पी. आर।. तथा पूँजीगत परामर्श एवम् इआईएसमेत नपुग ३५ लाख, रोड मार्किङ्ग तथा क्याट आई एवं शहरी सौन्द्रयकरण ४० लाख, चोक सुधार कार्यक्रम थप १५ लाख, मानव सेवा आश्रम पुर्वाधार निर्माण ३५ लाख, दुध अनुदान नपुग थप ४५ लाख, कक्षा १–८ का दलित विद्यार्थी छात्रवृत्ती कार्यक्रम ३६ लाख, समपूरक साझेदारी २ करोड, मागमा आधारित विभिन्न योजनाहरु २ करोड, वडा नं १८ को विविध खर्च फ्रिज ६ लाख, ओपन जीम सामाग्री खरिद १० लाख, वालमैत्री वडा घोषणा कार्यक्रम नपुग थप ६ लाख, वडा नं १७ मा पूँजीगत कार्यक्रम चालु उपशीर्षकमा रहेको हुँदा पूजीगत कार्यक्रमको लागि स्रोत व्यवस्थापन ६ लाख रुपैयाँ विनियोजन गरिएको छ।

नगर सभालाई सम्बोधन गर्दै महानगर प्रमुख दाहालले महानगरको विकासमा दीर्घकालीन महत्त्व राख्ने आयोजनाहरू– महानगरीय रिङ रोड र लिङ्क रोड सञ्जाल विस्तार, अन्तर्राष्ट्रिय स्तरको सिटी हल, पुल्चोक गोन्द्राङ ६ लेनको सडक, बाइपास रोड र हुलाकी मार्ग विस्तार, शारदानगर, जखडीमाई, दिव्यनगर, पार्वतीपुर, मेघौली, धनगढा र चौकीडाँडा खानेपानी आयोजना लगायतका महत्त्वपूर्ण पूर्वाधार विकासका आयोजनाहरूमध्ये केही सम्पन्न भइसकेका छन् भने केही सम्पन्न हुने चरणमा रहेका बताईन्।

यसका अतिरिक्त नारायणी तटलाई सि–बिच मोडलमा विकास, नारायणी नदीको तटबन्ध, नारायणी नदी नियन्त्रण आयोजना, भरतपुर विमानस्थलको विस्तार तथा मेघौली विमानस्थलको स्तरोन्नति, नारायणी नदीमा सिग्नेचर ब्रिज निर्माण, ज्ञानेश्वर सामुदायिक वन परिसरमा ओपन जु तथा वडा नं. ६ मा वन्य जन्तु उद्दार केन्द्र निर्माण जस्ता दूरगामी महत्त्व र बृहत लगानीका आयोजना अगाडि बढिरहेका जानकारी दिईन्।संघ, प्रदेश र हाम्रो लगानीमा महानगरको प्रशासनिक भवनको निर्माण कार्य पनि द्रुत गतिले अगाडि बढिरहेको छ भने नेपाल ट्रष्टको स्वामित्वमा रहेको ऐतिहासिक दियालो बंगलालाई भरतपुर भ्रमण वर्षको सन्दर्भ पारी पर्यटनका लागी अवलोकनका व्यवस्था मिलाईएको उनले बताईन्।

उज्यालो भरतपुर कार्यक्रम अन्तर्गत स्मार्ट सडक बत्ती, हाई मास्ट एवं मिनिमास्ट बत्ती गरी ८० किमि सडकमा जडान भैसकेको छ भने नेपाल विद्युत प्राधिकरणसँगको साझेदारीमा दोस्रो प्याकेजको सम्झौता भई कार्य प्रारम्भ हुने चरणमा रहेको उल्लेख गरिन् । “हरित उर्जाको खपत, पेट्रोलियम पदार्थको बचत” गर्ने नीति अनुरुप नेपाल विद्युत प्राधिकरणसँगको समन्वयमा थप चार्जिङ स्टेशनका लागि जग्गा व्यवस्थापन गरिएको र महानगरले विद्युतीय सवारी साधन खरिद गर्ने नीति अवलम्बन गर्दै इ९स्कुटर खरिद गर्ने प्रक्रियालाई अगाडि बढाइएको छ।महानगरभित्र विद्युतीय बस सहित गुणस्तरीय र सुरक्षित यातायात सेवाको लागि प्रारम्भिक अध्ययन भइरहेको प्रमुख दाहालले बताईन।

जिइएसको प्रयोग गरी भू९उपयोग वर्गीकरण गर्ने कार्यका लागि परामर्शदाता छनौट गरिएको र संघीय सरकारको समन्वयमा भरतपुरका मुख्य सहरी क्षेत्रमा प्रशोधन सहितको ढल निकासको लागी सर्भे तथा डिपिआर भइरहेको जानकारी दिइन्।

देश भित्रैको स्रोतसाधनलाई प्रयोग गरी पूर्वाधार निर्माण गर्ने नीति अनुरुप ६ मिटर भन्दा कम आर ओ डब्लु भएका सडक, भिरालो र घुम्ती चोकहरूमा ढलान गर्ने कार्य भईरहेको बताईन्। केरुङ्गा घोल, पुङ्गी खोलामा संरक्षण तथा सौन्दर्यीकरणका लागि निर्माण कार्य थालनी भएको र नारायणी किनारमा सी बिच मोडेल सहितको मनोरञ्‍जन पार्क, आरती स्थल लगायत सौन्दर्यकरण सहित निर्माणका लागि ठेक्का आह्वान भई निर्माणको चरणमा रहेको प्रमुख दाहालले बताईन् ।

सडक सौन्दर्यीकरण तथा सुरक्षाका लागि रोड मार्किङ र जेब्रा क्रसिङ राख्‍ने कार्य भईरहेको र खाल्डाखुल्डी मुक्त महानगर अभियान अन्तर्गत सडक मर्मतका कार्यहरूलाई प्राथमिकताका साथ कार्यान्वयन गरिएको उल्लेख गरिन् । नारायणी किनारको पर्यटकीय क्षेत्रका लागि स्मार्ट सार्वजनिक शौचालयको डिजाइन तयार भई निर्माणको लागि बोलपत्रको तयारी गरिएको उनको भनाई छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अमेरिकामा प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच भेटवार्ता हुने

काठमााडौं । अमेरिका भ्रमणमा रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने भएका छन् । संयुक्त राष्ट्र सङ्घको कार...

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं ।  नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको ...

खाली भयो नुवाकोट जिल्ला कारागार

नुवाकोट। नुवाकोटको विदुर नगरपालिका–६ खम्पाक्याम्पमा केन्द्रीय कारागार भवन निर्माण गरेर भदौ १५ देखि कैदीबन्दी स्थान्तरण गरेपश्चात खाली भएको विदुर–१ ढुं...

ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धमा सहभागी सबै माओवादी घटकहरु एक ठाउँमा आउनुको विकल्प नभएको उल्लेख गर्दै ढ...

गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य

काठमाडौँ । भारतले बंगलादेशलाई जारी पहिलो टेस्ट खेलमा ५१५ रनको लक्ष्य दिएको छ ।  जारी टेस्टको दोस्रो इनिंगमा भारतले ४ विकेट गुमाउदै २८७ रन बनाएर आफ्...

हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली

रौतहट । हैजा प्रभावित क्षेत्र रौतहटको राजपुरमा  प्रादेशिक अस्पताल गौरको  मेडिकल सुपरिेन्डेन्ट डाक्टर मुरारी ठाकुरको नेतृत्वमा एक आवश्यक औषधि सहित पुगे...

चट्याङ लागेर एकजनाको मृत्यु

  ढोरपाटन । निसीखोला गाउँपालिका–३ किटनीकी २४ वर्षीया रजना बुढाको गत राति चट्याङ लागेर मृत्यु भएको छ । आफ्नै घरभित्र बसिरहेको अवस्थामा चट्याङ पर्दा ...

नौ लाख बराबरका भन्सार छलीका सामान बरामद

काठमाडौं ।  जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले भन्सार छली गरी ल्याइएका रु नौ लाख बराबरको सामान बरामद गरेको छ । प्रहरीले आज जिल्लाका विभि...

कुचोसँग चामल साटेर दैनिकी चलाउँदै सम्झना चौधरी

 दाङ  । लमही नगरपालिका–९ रिहार निवासी ५७ वर्षीया सम्झना चौधरीले कुचोबाट आफ्नो जीविकोपार्जन गर्दै आएकी छन्। उनले कुचो बनाउने र बजारमा चामलसँग साटेर घर ...

चितवन–२ का मतदाता भन्छन्ः रविलाई भोट दिएकोमा पछुतो छ

काठमाडौं । सहकारी छानविन प्रकरणमा सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले गोरखा मिडियाका सञ्चालकहरुले सहकारीको रकम अपचलन ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy