Khabar Dabali १४ जेष्ठ २०८३ बिहीबार | 28th May, 2026 Thu
Investment bank

नेपालको आर्थिक वृद्धिदर पाँच प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण

खबरडबली संवाददाता

काठमाडौं । विश्व बैंकले आर्थिक वर्ष २०२४/२५ मा नेपालको आर्थिक वृद्धिदर पाँच प्रतिशत रहने प्रक्षेपण गरेको छ । विश्व बैंकले ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट्स, जनवरी २०२४’ सार्वजनिक गर्दै गत वर्षको तुलनामा आगामी वर्ष नेपालको आर्थिक वृद्धिदर सकारात्मक रहने अनुमान गरेको हो ।

चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर तीन दशमलव नौ प्रतिशत रहने बैंकले जनाएको छ । औद्योगिक र सेवा क्षेत्रमा सुधार हुँदा आगामी वर्ष आर्थिक वृद्धिदर अहिलेको भन्दा केही बढ्न सक्ने प्रक्षेपण गरिएको हो । लचिलो मौद्रिक नीति र आयातमा लगाइएको प्रतिबन्ध फुकुवाका कारण पनि अहिलेको भन्दा सहज आर्थिक अवस्था हुने आँकलन गरिएको हो ।

अहिले विश्व अर्थतन्त्रमा देखिएको शिथिलता सन् २०२४ मा पनि कायम रहने विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ । विशाल अर्थतन्त्र भएका मुलुकका केन्द्रीय बैंकले अवलम्बन गरेको कडा खालका मौद्रिक नीति, सहज अवस्थामा फर्किन नसकेको विश्व व्यापार र लगानीको अवस्थाका कारण आर्थिक वृद्धिदर न्यून देखिने प्रक्षेपण गरिएको हो ।

मुद्रास्फीति र महँगो ब्याजदरका कारण पनि यसवर्ष उपभोक्ता तथा मौद्रिक बजारलाई असर गर्ने ठानिएको छ । विश्वको अर्थतन्त्र सन् २०२४ मा दुई दशमलव चार प्रशितमा खुम्चिने अनुमान गरिएको छ । सन् २०२१ मा विश्व अर्थतन्त्र छ दशमलव दुई प्रतिशत रहेकोमा सन् २०२२ मा घटेर तीन प्रतिशत पुगेको थियो । सन् २०२३ मा दुई दशमलव चार प्रतिशतको विश्व आर्थिक वृद्धिदर अनुमान गरिएकामा आगामी वर्ष दुई दशमलव चार प्रतिशतमा झर्ने अनुमान गरिएको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विविधताबीचको एकताले राष्ट्रिय भावना बलियो बन्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको एकताले नेपाली समाजमा राष्ट्रिय भावना अझ प्रगाढ बनाउँदै लैजाने बताएका छन्। बकर इद (ईद–उल–अज्हा)...

‘सगरमाथा नेपालको मात्र होइन, विश्वकै अमूल्य सम्पदा’ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सगरमाथा नेपालको भौगोलिक पहिचान मात्रै नभई राष्ट्रको गौरव र विश्वकै अमूल्य प्राकृतिक सम्पदा भएको बताएका छन्। ...

गुल्मीमा हावाहुरीको बितण्डाः सयौँ घरको छाना उड्यो, खुला आकाशमुनि पीडित

गुल्मी । गुल्मीमा आएको भीषण हावाहुरीले सयौँ घरगोठ तथा सार्वजनिक संरचनामा क्षति पुर्‍याएपछि प्रभावित परिवारको जनजीवन कष्टकर बनेको छ। जेठ ११ र १२ गते आए...

मुग्लिन–पोखरा सडक विस्तार यो वर्ष पनि अधुरै रहने संकेत

कास्की । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक स्तरोन्नति आयोजनाको पश्चिम खण्डमा निर्माण सुस्त बनेको छ । पाँच वर्षअघि सुरुआत भएको सडक विस्तार तथा स...

बकर ईदले सामाजिक सद्भाव र राष्ट्रिय एकता बलियो बनाउँछ : मुख्यमन्त्री आचार्य

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले बकर ईद (ईद–उल–अज्हा) पर्वले समाजमा प्रेम, सद्भाव, सहिष्णुता र भाइचाराको भावना अझ मजबुत ...

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ११ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५५ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २२ लाख ११ हजार ५ सय २ रुपैयाँ राजस्व द...

पाँचथरकाे च्याङथापूमा २६ घर उच्च जोखिममा

पाँचथर । जिल्लाको याङवरक गाउँपालिका–१ च्याङथापूका विभिन्न स्थानमा पहिरो जाँदा छ टोल प्रभावित भएका छन् । बेमौसमी वर्षापछि गत जेठ ८ गते पहिरो जाँदा यहाँ...

आफ्नै स्कुल बसको ठक्करबाट विद्यार्थीको मृत्यु

झापा । गौरादह नगरपालिका–७ मा बुधबार स्कुल बसको ठक्करबाट एक विधार्थीको घटनास्थलमै मृत्यु भएको छ । गौरादह नगरपालिका–७ स्थित फगेटीमा सजग एकता बोर्डिङ ...

जलजलामा ‘गोठस्टे’ सञ्चालन

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–२ मा रहेको पर्यटकीयस्थल जलजलामा पर्यटकको सुविधाका लागि ‘गोठस्टे’ (गोठबास) सञ्चालन भएको छ । समुद्री सतहदेख...

मोटरसाइकल दुर्घटना नेपाली सेनाका जवानको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–१७ झरहीखोलास्थित पूर्वपश्चिम राजमार्गमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending