Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

भाषाप्रति मान कि अपमान ?

खबरडबली संवाददाता
खबरडबली संवाददाता

अङ्ग्रेजी भाषामा लेखिएका सामग्रीमा हिज्जेको गल्ती हम्मेसी भएको देखिँदैन । कहीँ कतै भइहाले पनि ‘यहाँ यस्तो हुनुपर्नेमा यस्तो भएछ’ भनेर तुरुन्तै सुझाव आउँछ । यत्रतत्र हल्लाखल्ला हुन्छ । त्यति भएपछि सतर्कता अपनाइन्छ । तुरुन्तै सुधार्ने काम पनि गरिन्छ । भाषिक लेखाइमा गल्ती गर्नु भनेको एक किसिमको अपराधै हो भन्ने भावना पैदा हुन्छ । नेपाली भाषामा भने, जे जस्तो लेखे पनि त्यस्तो नभएर ‘यस्तै हो’ भन्ने खालको सोचाइ पाइन्छ । नेपाली भाषा राष्ट्रभाषा भएर पनि यसका सट्टा अङ्ग्रेजी भाषालाई बढी महìव दिइँदै छ । हाम्रा विद्यालयहरू ‘अङ्ग्रेजी माध्यम’ का बन्दै छन् । त्यस्ता विद्यालयमा पढ्ने विद्यार्थीहरू नेपालीमा कुनै वाक्य लेख्नु पर्यो भने पहिला त्यसलाई ‘इङ्लिस वर्ड’ मा सोच्छन् र नेपाली लेख्न नसकेपछि अङ्ग्रजी शब्दमै लेखिदिन्छन् । जताततै अङ्गे्रजी हाइहाइ भएपछि, नेपाली शब्द जान्नुलाई गौरवको कुरो नमानेर नजान्नुलाई इज्जतको कुरो ठानिँदै छ । यो हाम्रो भाषाप्रतिको अपमान नै हो ।

अशिक्षित, मातृभाषा नेपाली नभएका र नेपाली भाषा कम प्रयोग गर्नेले बोलाइ-लेखाइमा गल्ती गर्नु स्वाभाविकै हो तर यहाँ त शिक्षित व्यक्तिहरू नै आआफ्ना भाषिक प्रयोगको तालमा रमाएका देखिन्छन् । नेताहरूलाई भाषण गर्न पाए भयो; ‘नेपालीको शुद्ध प्रयोग आवश्यक पर्ने’ नै ठान्दैनन् । कतिपय पत्रकारहरू पनि भाषिक प्रयोगमा सचेत छैनन् । यस्तो भएपछि विज्ञ र ठुलाबडाको सिको अरूले पनि गर्ने नै भए । एकातिर अन्य भाषाका शब्दलाई नेपालीमा मिसाएर खिचडी बनाउने, अर्कातिर प्रयोग गरिएका शब्द पनि गलत भइदिने अवस्थाले नेपाली भाषा निरन्तर विकृत हुँदै छ । ‘नेपालीमा त जे लेखे पनि कुरा बुझिए भइहाल्छ नि !’ भने जस्तो प्रवृत्ति विकसित हुँदै छ । उदाहरणका लागि त्यस्ता केही शब्द लिऊँ ।

क्षतिपूर्ति: यो शब्द ‘क्षति’ र ‘पूर्ति’ गरी दुई वटा शब्दको सन्धिबाट भएको हो । ‘क्षति’ को सामान्य अर्थ ‘हानि’, ‘नोक्सानी’ हो । (पाकेको धानलाई असिना पानीलेले क्षति गर्यो ।) ‘पूर्ति’ को पनि सामान्य अर्थ ‘पूरा गर्ने काम’ हुन्छ । (बजारमा माग अनुसारको प्याज पूर्ति भएन ।) यसरी हेर्दा ‘क्षतिपूर्ति’ शब्दको सामान्य अर्थ ‘भएको नोक्सानी पूरा गर्ने काम’ हुन्छ । (उसको ल्यापटप मैले फुटाइदिएँ । अब मैले उसलाई क्षतिपूर्ति दिनुपर्ने भयो ।)

नेपाली बृहत् शब्दकोशले ‘क्षतिपूर्ति’ अर्थ यस्तो दिएको छ: (१) कसैको हानि भएको वस्तु पूरा गर्ने वा नोक्सानी भराइदिने काम (२) क्षति भएका वस्तुको सट्टामा दिइने रकम वा धन; हर्जाना ।

यसरी हेर्दा, कसैले कसैको कुनै चिज नोक्सान गरिदिएपछि नोक्सान गर्नेले नोक्सान हुनेलाई नोक्सान भए बराबरको जे दिनु पर्छ त्यो नै क्षतिपूर्ति हो । यसरी, यस्तो क्षतिपूर्ति मान्छेको हुन सक्दैन तर यहाँ त मान्छे मारिँदा पनि क्षतिपूर्ति दिने-उपलब्ध गराइने कुरा सुनिन्छ ! 

संसारका कतिपय देशमा कुनै नेपाली वा विदेशी नै मारिँदा पनि त्यहाँको कानुन अनुसार ‘ब्लड मनी’ तिराउने कानुनी व्यवस्था छ । यो शब्द सही लाग्छ । तर ‘ब्लड मनी’ को नेपाली अर्थ बुझाउने शब्द क्षतिपूर्ति होइन । हाम्रो कानुनमै यस्तो व्यवस्था नभएकाले पनि होला, नेपालीमा यस्तो शब्द प्रचलनमा पनि छैन । 

‘क्षतिपूर्ति’ सँगै अर्को ‘राहत’ भन्ने शब्द पनि प्रचलित छ । ‘राहत’ भनेको ‘प्राकृतिक प्रकोपमा परेकाहरूलाई तत्कालका लागि उपलब्ध गराइने सरसहयोग’ हो । (बाढीले घर बगाएकाहरूलाई सरकारले राहत उपलब्ध गरायो ।) प्राकृतिक प्रकोपमा परेर परिवारजन गुमाएका परिवारलाई सरकारले वा अरू कसैले उपलब्ध गराउने वस्तु÷नगद ‘राहत’ हुन सक्छ तर त्यहाँ पनि त्यो, मृतकका परिवारका लागि ‘राहत’ हुन सक्दैन । हामीकहाँ भने मारिएका सदस्यका परिवारलाई उपलब्ध गराइने रकमलाई कहिले ‘क्षतिपूर्ति’ र कहिले ‘राहत’ पनि भनिएको सुनिन्छ-पढिन्छ । कस्तो विडम्बना ! त्यस्तो रकमलाई ‘सहानुभूति रकम’ सम्मचाहिँ भन्न सकिएला तर यस्तो शब्द प्रयोग गरिएको वा चलाइएको नै छैन । ‘सान्त्वना’ चाहिँ पिर परेका वा आशा गरेका कसैलाई शान्त बनाउने, चित्त बुझाउने वा सम्झाउने काम हो । (गोपीको बुबा बित्नुभएछ । यसो सान्त्वना दिन जानुपर्ने ! ब्याडमिन्टनमा प्रथम पुरस्कार पाउने आस गरेको हरिले सान्त्वनामै चित्त बुझाउनु पर्यो ।)

नेपाली वर्णमालामा स्वर वर्ण र व्यञ्जन वर्ण गरी दुई खाले वर्ण छन् । अ, आ, इ, ई स्वर वर्ण हुन् भने क, ख, ग, घ व्यञ्जन वर्ण । स्वर वर्णको सहायताले बनेका क (क्+अ) सहित का (क्+आ), कि (क्+इ), की (क्+ई), कु (क्+उ), कू (क्+ऊ), के (क्+ए), आदि जस्ता मात्रा लागेका र अन्त्यका अनुस्वर तथा विसर्गसहित बाह्र वटा अक्षरको समूह वा समष्टि रूपलाई बाह्रखरी भनिन्छ । 

व्यञ्जन वर्ण ‘क’ लाई एकार ( े) दिँदा मात्र के (क्+ए) बन्छ तर स्वर वर्णको ‘ए’ स्वयम् जन्मँदै ए (एकार) छ । अब ‘ए’ मा एकार ( े) लगाउनासाथ यो अक्षर ‘ऐ’ बन्छ तर हाम्रा कतिपय शिक्षित वक्ताहरू ‘ऐन’ लाई ‘एन’ भन्छन् । 

‘प्रवेश द्वार’का ठाउँमा ‘प्रवेश द्धार’ लेखिँदा कसरी पढ्ने होला ? फेरि ‘जीर्णोद्धार’ लाई चाहिँ ‘जीर्णोद्वार’ लेख्ने उल्टो हेक्का कसरी आएको होला ? ‘तामाङ’, ‘ट्रेनिङ’, ‘ड्राइभिङ’, ‘भञ्ज्याङ’, ‘इन्जिनियरिङ’ लेख्दा पुग्नेमा किन तिनमा ‘ग’ पनि झुन्ड्याएर ‘तामाङ्ग’, ‘ट्रेनिङ्ग’, ‘ड्राइभिङ्ग’, ‘भञ्ज्याङ्ग’, ‘इन्जिनियरिङ्ग’ का रूपमा अशोभनीय बनाइएको होला ?

भाषणबाजी बढ्ता हुने हाम्रो देशमा भइरहने अनेक थरी कार्यव्रmममा आफ्नै कार्यालयमा पनि अतिथि बन्ने-बनाउने चलन मौलाएको छ तर त्यस्ता कार्यक्रमअघि दिइने-गरिने निम्तो कार्डमा र कार्यव्रmम सकिएपछिको समाचारमा ‘फलानाको आतिथ्यतामा’ भन्ने पदावली यत्रतत्र पाइन्छ । ‘आतिथ्य’ मात्र भन्दा पुग्छ, ‘आतिथ्यता’ भन्दा अशुद्ध हुन्छ” भन्दा पनि पत्याइँदैन । यस्तै गरी ‘इमानदारिता’, ‘धैर्यता’, ‘सौन्दर्यता’ जस्ता शब्दहरूमा पनि ‘ता’ को भारी छ । अशुद्ध शब्द प्रयोग गर्ने पनि एउटा बानी रहेछ । लागेको बानी छुटाउन गाह्रो हुन्छ । ‘आफ्नो बानी को छोड्छ अर्काको बानी को लिन्छ ?’ भन्दै डाडुपन्यू लिएर नाच्ने बुहारीको कथा नेपाली समाजमा प्रचलितैै छ । 

कुनै पनि भाषाको सिकाइ प्रक्रिया लामो हुन्छ । यो बिस्तारै सिकिँदै जाने कुरा हो । सिक्दै जाँदा गल्ती हुनु स्वाभाविकै हुन्छ । यस व्रmममा लेखाइमा कतिपय शब्दको हिज्जे बारम्बार गल्ती हुने गर्छ । कतै उच्चारणमा त्रुटि हुन्छ । यो व्यक्ति विशेषमा भर पर्ने कुरा हो । भाषिक सिकाइमा सिकारुको मातृभाषा, उसको शैक्षिक स्तर, भाषिक प्रभाव, सङ्गत जस्ता कुराहरूले प्रभाव पारेको हुन्छ । त्यस्तै त्रुटि वा गल्तीको पनि प्रकार र स्तर हुन्छ । यसतर्फ प्रत्येक नेपाली भाषा प्रयोक्ता र भाषापे्रमीले ध्यान पुर्याएर शुद्ध प्रयोगमा जोड दिनु आवश्यक देखिन्छ । गाेरखापत्रबाट

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रचण्ड–विप्लव दोहोरी : वैचारिक विचलनको ‘ट्याग’

काठमाडौँ । १० वर्षे जनयुद्धका सहयात्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेत्रविक्रम चन्द ‘विप्लव’ आज नेपाली कम्युनिष्ट आन्दोलनका दुई फरक धारको नेतृत्व गरिरह...

प्रचण्डमाथि विप्लवको कडा हमला : ‘केन्द्रीय समितिकै आकारले कम्युनिष्ट आन्दोलन बदनाम’

काठमाडौँ । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) लाई कम्युनिष्ट आ...

भक्तपुरमा फर्निचर उद्योगमा भीषण आगलागी, ३५ लाखभन्दा बढीको क्षति

भक्तपुर – भक्तपुरमा स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा करिब ३५ लाख ८० हजार रुपैयाँ बराबरको सामग्री नष्ट भएको छ। आगलागीले उद्योगसँगै आसपासका पसल र ...

नेविसंघका ८ पूर्वअध्यक्ष कांग्रेसबाट प्रत्यक्षतर्फ प्रतिनिधि सभा उम्मेदवार

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संगठन ‘नेपाल विद्यार्थी संघ’ (नेविसंघ)का ८ पूर्वअध्यक्ष आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष...

परम्परागत दलका पुराना लडाकूले मैदान छाड्दा नयाँ उम्मेदवारले खोटाङमा कब्जा जमाउने

खोटाङ । आगामी फागुन २१ मा खोटाङमा प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि विभिन्न दलबाट नयाँ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। यसपटक उम्मेदवारहरूले ...

कांग्रेस मधेश प्रदेश समितिको बैठक फागुन ७ मा, सभापति थापापनि सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमितिले आगामी फागुन ७ गते जनकपुरमा बैठक बोलाएको छ। मधेश प्रदेश प्रचार विभाग प्रमुख नितिशकुमा गुप्ताले बैठक...

नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपाल प्रहरीका लागि रासन स्केल र रासनबापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको छ। यो निर्णय मन्त्रिपरिषद्को आजको बैठकमा अनुमोदन भए...

बागमतीमा सत्तारुढ दलको निद हराम: ३३ क्षेत्रमा कांग्रेस–एमालेमाथि रास्वपाको कडा दबाब

ललितपुर  । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा बागमती प्रदेशको राजनीति निर्णायक मोडमा पुगेको छ। परम्परागत रूपमा सत्ताको केन्द्र मानिँदै आएको बागमतीमा...

निर्वाचन आयोगको कडा निगरानी: १० दिनमा २१ स्पष्टीकरण, अधिकांश जवाफ बाँकी

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएको १० दिनमै निर्वाचन आयोगले राजनीतिक दल, उम्मेदवार, सरकारी निकाय र सामाजिक संस्थालाई गरी २१ स्पष्टीकरण माग...

निर्वाचन सुरक्षामा कडाइ: कुकुरसहित सेना–प्रहरीको संयुक्त गस्ती

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंले कुकुरसहितको संयुक्त गस्ती सुरु गरेको छ। निर्वाचनलाई शान्ति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending