काठमाडौँ । सोमबार र मंगलबारका लागि जल तथा मौसम विज्ञान विभागले गरेको पुर्वानुमान गरेजस्तो भएन । विभागले यो दुईदिन देशका केही भूभागमा पानी पर्ने र उच्च हिमाली भागमा हिउँ पर्ने बताएको थियो ।
सोलुखुम्बुको लुक्ला आसपासमा हल्का हिमपात भए पनि मापन गर्ने किसिमको हिमपात र पानी भने नपरेको जल तथा मौसम विभाग, मौसम पूर्वानुमान शाखाले जनाएको छ । लुक्ला आसपास हल्का छिटपुट मात्रामा हिमपात भएको र विशेष गरी पूर्वी हिमाली भागमा छिटपुट पानी परेको मौसमविद् गंगा नगरकोटीको भनाइ छ ।
जाडो महिनामा हिमपात हुने वा पानी पार्ने काम पश्चिमी वायुको कारणले हुने गर्छ । यो वर्ष बलियो खालको सक्रिय पश्चिमी वायु नआएको र कमजोर ढंगको पश्चिमी वायु आएका कारण वर्षा हिमपात हुन नसकेको मौषमविद्हरुको भनाइ छ ।
देशको पूर्वी क्षेत्रको उच्च पहाडी क्षेत्र र हिमाली क्षेत्रमा हल्का पानी परेको थियो । बुधबार र बिहीबार पनि हल्का पानी र हिउँ पर्ने सम्भावना रहेको छ । तत्काल ठुलो खालको वर्षा हुने सम्भावना नभएको विभागले जनाएको छ । सक्रिय किसिमको पश्चिमी वायु उत्पन्न भएर नेपाल प्रवेश नगरेका कारण वर्षा हुन नसकेको हो ।
मेडिटेरियन सागर क्षेत्रबाट पानी पार्ने प्रणाली उत्पन्न भई पश्चिमबाट पानी पार्दै, बादल विकास गर्दै नेपाल प्रवेश नगरेसम्म ठुलो वर्षा नहुने नगरकोटीको भनाइ छ । मनसुनमा जस्तो पानी पार्ने स्थानीय प्रणालीको पनि विकास नहुने भएकाले त्यसका लागि पश्चिमी वायु नै आवश्यक पर्ने उनले बताइन् ।
यस्तै तराईको क्षेत्रमा शीतलहरको तत्काल सम्भावना नभएपनि बिहान चिसो हुस्सु विकसित हुने र दिउँसो हराएर जाने भइरहेको छ । शीतलहरको पुरै अवस्था भने आइनसकेको र शीतलहर हुनका लागि दुई दिनसम्म पुरै हुस्सु लाग्न सक्ने बताइएको छ ।
आज दिउँसो देशका पहाडी भागमा आंशिक देखि साधरणतया बदली रहेको र एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना भएपनि वर्षा हुन नसकेको मौसम पूर्वानुमान शाखाले जनाएको छ ।उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
भोलि बुधबार कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा साधरणतया बदली रहने । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका थोरै स्थानहरूमा र लुम्बिनी प्रदेशको पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।
यस्तै कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानहरूमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।
देशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको र तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लागेको हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले त्यसबाट हुन सक्ने असरका साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउ मौसम विभागले आग्रह गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १९ गते, २०८३ - ०९:१२
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले पहिलो १०० दिनमा परम्परागत राजनीतिक शैलीभन्दा फरक कार्यशैली अपनाएको दाबी गरेको छ...
आषाढ़ १९ गते, २०८३ - ०८:१६
काठमाडौं । काठमाडौंको तारकेश्वर–६ पैयुँटारमा नेपाली सेनाकी सुवेदार ईश्वरी भुजेलको हत्या प्रकरणमा उनका श्रीमान् कुमार थापा मगर (टिकटकमा ‘नेपाली ब्रो’का...
आषाढ़ १९ गते, २०८३ - ०८:१३
काठमाडौं । पशुसेवा विभागले बर्डफ्लु संक्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत पन्छी बिक्री–वितरण नगर्न व्यवसायीलाई कडा निर्देशन दिएको छ। संक्रमित पन्छी ब...
आषाढ़ १९ गते, २०८३ - ०८:११
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (असार १९) का लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार ठूलो ने...
आषाढ़ १९ गते, २०८३ - ०८:०९
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको पछिल्ला तीन दिनको थोक मूल्य सूचीअनुसार बजारमा अधिकांश फलफूलको मूल्य स्थिर रहे पनि लिचीको मूल्य...
आषाढ़ १९ गते, २०८३ - ०८:०५
काठमाडौँ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार ऐन, २०६४ को प्रावधान विपरीत कार्य गरेको भन्दै आरके म्यानपावर ग्रुपलाई कारबाही गरेको छ। विभागले उक्त म...
आषाढ़ १९ गते, २०८३ - ०७:२४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संघीयता खारेज गर्ने पक्षमा नरहेको स्पष्ट पारेको छ। पार्टीका संसदीय दलका उपनेता तथा केन्द्रीय सदस्य ग...
आषाढ़ १९ गते, २०८३ - ०७:०९
काठमाडौं । भेनेजुएलामा गएको विनाशकारी भूकम्पपछि १४० टन भग्नावशेषमुनि आठ दिनसम्म फसेका एक व्यक्तिको जीवितै उद्धार गरिएको छ। यो उद्धारलाई हालसम्मकै सबैभ...
आषाढ़ १९ गते, २०८३ - ०७:०७
खोटाङ । खोटाङकाे जन्तेढुङ्गा गाउँपालिका-२ बोपुङको वासिङ पहिरोले बर्सेनि स्थानीयलाई उठीबास बनाउँदै आएको छ । एक शताब्दीभन्दा पहिलेदेखि सुरू भएको बोपुङको...
आषाढ़ १९ गते, २०८३ - ०७:०४
काठमाडौं । फिफा विश्वकप २०२६ मा पोर्चुगलले रोमाञ्चक जित निकाल्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। भर्खरै सम्पन्न खेलमा पोर्चुगलले क्रोएसियालाई ...



प्रतिकृया लेख्नुहोस्: