Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

किन परेन यो हिउँदमा पानी ?

बुधबार पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना

खबरडबली संवाददाता

काठमाडौँ । सोमबार र मंगलबारका लागि जल तथा मौसम विज्ञान विभागले गरेको पुर्वानुमान गरेजस्तो भएन । विभागले यो दुईदिन देशका केही भूभागमा पानी पर्ने र उच्च हिमाली भागमा हिउँ पर्ने बताएको थियो ।

सोलुखुम्बुको लुक्ला आसपासमा हल्का हिमपात भए पनि मापन गर्ने किसिमको हिमपात र पानी भने नपरेको जल तथा मौसम विभाग, मौसम पूर्वानुमान शाखाले जनाएको छ । लुक्ला आसपास हल्का छिटपुट मात्रामा हिमपात भएको र विशेष गरी पूर्वी हिमाली भागमा छिटपुट पानी परेको मौसमविद् गंगा नगरकोटीको भनाइ छ ।

जाडो महिनामा हिमपात हुने वा पानी पार्ने काम पश्चिमी वायुको कारणले हुने गर्छ । यो वर्ष बलियो खालको सक्रिय पश्चिमी वायु नआएको र कमजोर ढंगको पश्चिमी वायु आएका कारण वर्षा हिमपात हुन नसकेको मौषमविद्हरुको भनाइ छ ।

देशको पूर्वी क्षेत्रको उच्च पहाडी क्षेत्र र हिमाली क्षेत्रमा हल्का पानी परेको थियो । बुधबार र बिहीबार पनि हल्का पानी र हिउँ पर्ने सम्भावना रहेको छ । तत्काल ठुलो खालको वर्षा हुने सम्भावना नभएको विभागले जनाएको छ । सक्रिय किसिमको पश्चिमी वायु उत्पन्न भएर नेपाल प्रवेश नगरेका कारण वर्षा हुन नसकेको हो ।

मेडिटेरियन सागर क्षेत्रबाट पानी पार्ने प्रणाली उत्पन्न भई पश्चिमबाट पानी पार्दै, बादल विकास गर्दै नेपाल प्रवेश नगरेसम्म ठुलो वर्षा नहुने नगरकोटीको भनाइ छ । मनसुनमा जस्तो पानी पार्ने स्थानीय प्रणालीको पनि विकास नहुने भएकाले त्यसका लागि पश्चिमी वायु नै आवश्यक पर्ने उनले बताइन् ।

यस्तै तराईको क्षेत्रमा शीतलहरको तत्काल सम्भावना नभएपनि बिहान चिसो हुस्सु विकसित हुने र दिउँसो हराएर जाने भइरहेको छ । शीतलहरको पुरै अवस्था भने आइनसकेको र शीतलहर हुनका लागि दुई दिनसम्म पुरै हुस्सु लाग्न सक्ने बताइएको छ ।

आज दिउँसो देशका पहाडी भागमा आंशिक देखि साधरणतया बदली रहेको र एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना भएपनि वर्षा हुन नसकेको मौसम पूर्वानुमान शाखाले जनाएको छ ।उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानमा  हल्का हिमपातको सम्भावना रहेको छ ।

भोलि बुधबार कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा साधरणतया बदली रहने । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका थोरै स्थानहरूमा र लुम्बिनी प्रदेशको पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

यस्तै कोशी, बागमती, गण्डकी, कर्णाली र  सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका थोरै  स्थानहरूमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।
देशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको र तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लागेको हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले त्यसबाट हुन सक्ने असरका साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउ मौसम विभागले आग्रह गरेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर ।  भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...

वारणमा ऐतिहासिक सफलता: गलगाँडको समस्या शून्यमा

काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...

स्थानीय उत्पादन प्रवर्धनमा सरकारले सहयोग गर्ने: मन्त्री परियार

पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...

श्चिम नवलपरासीमा चिसो बढेसँगै चोक–चोकमा दाउरा वितरण

पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...

त्रिविको ५१ औँ दीक्षान्त समारोह : २५ विद्यार्थीले पदक र पुरस्कार पाउने

  काठमाडौँ  । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...

ठेक्का तोडिएका सडक योजनाको नयाँ टेण्डर प्रक्रिया सुरु गर्न मन्त्री घिसिङको निर्देशन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...

अझै फर्किएनन् तनहुँका ६८ जना कैदीबन्दी

तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...

फैजुल्लाह आलमको निधनले प्रेस सेन्टर नेपालमा शोक

काठमाडौँ ।  प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...

चिनी माग्ने बहानामा घर पसेर ९० भन्दा बढी चोट

झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी

शेयर बजारमा ठगी र कृत्रिम मूल्य वृद्धि: ४९ लाख अवैध नाफा कमाएको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ

काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending