जनकपुरधाम । सुनचाँदी व्यावयासी बलराम साह, अरुण कुमार ठाकुरसहित चार जनालाई पक्राउ परेको विरोधमा जनकपुरधामका सुनचाँदी पसलहरु बन्द गरिएको छ । जनकपुरधाम सुनचाँदी व्यवसायी संघको आह्वानमा सुनचाँदी पसलहरु व्यावसायीले बन्द गरेका हुन् ।
व्यावसायीद्वय साह, ठाकुरसहितलाई तत्कालै रिहा नगरे थप आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने संघको चेतावनी छ । बाहिरबाट बिल बिनाको सुन ल्याएको भन्दै प्रहरीले साह र ठाकुरलाई धनुषा प्रहरीले बुधवार पक्राउ गरेको हो । यस्तै सिरहा मिर्चयाका व्यवसायीद्वय रोशनी ज्वेलर्सका अजय साह सोनार र संजय साह सोनारलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
साह र ठाकुरले सिरहाको मिर्चैयाबाट सुनको अबैध कारोबार गरेको प्रहरीको दावी छ । उनी चारै जनालाई अनुसन्धान तथा कारबाहीका राष्ट्रिय राजश्व अनुसन्धान कार्यालय पथलैया पठाएको छ । धनुषाका प्रहरी प्रमुख एसपी मित्रबन्धु शर्माले सुनको बिलबिजक बिना खरिदबिक्री गरेकाले व्यावयासीहरुलाई नियन्त्रणमा लिएको बताएका छन् ।
व्यावसायीद्वय साह र ठाकुरलाई पक्राउ गरेको विरोधमा बुधवार जनकपुरधामका सुनचांदी व्यावसायीहरु टायर बालेर प्रदर्शन गरेका थिए । आजबाट पसलहरु अनिश्चितकालीन बन्द गरेर दुबैजनालाई रिहा गर्न प्रशासनलाई दबाब दिएको छ ।
आज सुनचाँदी व्यावसायीहरु र गरगहना बनाउने कालिगढहरु प्रहरी प्रशासनविरुद्ध प्रदर्शन गरेका छन् । उनीहरु जिल्ला प्रहरी कार्यालय घेराउ गर्न पुगेका थिए । तर सुरक्षाकर्मीले त्यहाँबाट हटाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८१ - १०:३६
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य बढेको छ भने चाँदीको मूलय स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रति...
पौष ११ गते, २०८१ - १०:३४
जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका–३ हरिपुरका एक पुरुषले मदिरा खाएर श्रीमतीको हत्या गरेर लुकाएको अवस्थामा शव भेटिएको छ । स्थानीय दशैया मुखियाले अ...
पौष ११ गते, २०८१ - १०:२०
महोत्तरी । पालिकास्तरिय अस्पतालमा मधेश प्रदेश कै उत्कृष्ट मुल्यांकनमा परेको बर्दिवास अस्पतालको सेवा प्रवाहका विषयमा असन्तुष्टि बढ्दै गएकाे छ । अस्पताल...
पौष ११ गते, २०८१ - १०:०५
काठमाडौं । मंकिपक्स संक्रमण भएका बिरामीको स्वास्थ्य अवस्था सुधारोन्मुख छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत तनहुँका ३६ वर्षीय युवकको ...
पौष ११ गते, २०८१ - ०९:४५
काठमाडाैं । अमेरिकाको जर्जियामा एक समलिङ्गी जोडीलाई सय वर्षको जेल सजाय सुनाइएको एउटा घटना सार्वजनिक भएको छ । तपाईलाई यो जानकारी दिनेछौं कि यी दम्...
पौष १० गते, २०८१ - २०:५६
काठमाडौं । नेकपा एमालेकी केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले पञ्चायतविरुद्ध लडेर आएको पार्टी नेतृत्वले पञ्चायती शैली अपनाएको भन्दै कटाक्ष गरेकी छन् । आ...
पौष १० गते, २०८१ - २०:४१
काठमाडौं । नेकपा एमालेका पुर्वउपाध्यक्ष भीम रावलले आफूमाथि अध्यक्ष केपी शर्मा ओलीले गरेको निर्णयलाई तानाशाही, निरङ्कुश र स्वेच्छाचारीको संज्ञा दिएका छ...
पौष १० गते, २०८१ - १५:१५
काठमाडौं । आफ्नै छोरा र दाइद्वारा हत्या गरिएका कुलप्रसाद आचार्य र प्रवीणको मंगलबार राति अत्येष्टि गरिएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका– २, बालको...
पौष १० गते, २०८१ - १५:०८
काठमाडौं । प्रहरीले काठमाडौंबाट ९२ लाख रुपैयाँसहित पुनः तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रसुवा घर भएका जितबहादुर तामाङ, संखुवासभा घर भएका ...
पौष १० गते, २०८१ - १४:४६
काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणको मुद्दा अदालती प्रक्रियामा छ । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वातन्त्र पार्टीका सभापति रवि लामिछाने ...
प्रतिकृया लेख्नुहोस्: