पोखरा । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पहुँचको आधारमा राज्यलाई लुट्ने छुट कसैलाई दिन नसक्ने बताएका छन् । शुक्रबारदेखि पोखरामा सुरु भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठिमा बोल्दै गृहमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।
राजनीतिक दलका नेता, कर्मचारी, व्यपारीले राज्यलाई लुट्ने र पहुँचको आधारमा उम्कन दबाब दिने गरेको उनको आरोप छ । वर्तमान सरकार सुशासनको पक्षमा रहेकाले कसैको दबाबमा नपर्ने उनको दाबी छ ।
उनले भने- ‘अपराध गर्ने नेतालाई समात्यो हाम्रो नेता हो भन्छन् । कर्मचारीलाई पक्रियो कर्मचारीले आवाज निकाल्न थाल्छन् कर्मचारीलाई त त्यसो गर्न भएननी भनेर । उद्योग व्यवसायी पनि अपराध गर्छन र कारबाही गर्न थाल्यो भने वक्तव्यबाजी सुरु हुन्छ, दबाब सुरु हुन्छ’, गृहमन्त्री श्रेष्ठले थपे, ‘उद्योग व्यवसायीलाई यसो गर्न भएननि हाम्ले कर तिरेका छौं, अर्थतन्त्र धानेका छौं भन्छन् । हामीले भनेकै छौं त निजि क्षेत्रको सहयोगबिना नेपालको अर्थतन्त्रलाई सकरात्मक दिशामा लैजान सकिन्न । तर, कसैलाई पनि राज्यलाई लुट्ने छुट दिन सकिन्न ।’ जालसाँजी र अपराधमा छुट दिनै नसकिने उनले दोहोर्याए । अपराधीलाई छुटाउन पहुँचको आधारमा दबाब दिइरहने हो भने मुलुक परिवर्तन नहुने उनको भनाइ छ ।
‘यस प्रकारको दबाब, हस्तक्षेपको प्रक्रिया भइरहने हो भने हाम्रो देशलाई फेर्न सकिन्न । राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकायका सबै साथीहरुलाई भन्न चाहन्छु तपाईंहरु दृढतापूर्व उभिनुुस् संविधान, ऐन कार्यन्वयन गर्न, लोकतन्त्रको प्रत्याभुति दिन र आफ्नो कर्तव्य निर्वाहा गर्न’, गृहमन्त्री श्रेष्ठले निर्देशन दिए । उनले अवाञ्छित दबाबबाट भयवित नभइ काम गर्न सुरक्षा निकायका प्रमुखलाई अनुरोध गरे ।
गृहमन्त्री श्रेष्ठले सहकारी ठगीमा संग्लनलाई कुनै हालतमा छाड्न दाबी गरे । सहकारीका नाममा ठगहरु भेला भएर जानाजान बचतकर्ताको रकम हिनामिना गरिरहेको उनको भनाइ छ । ‘कडाइपूर्वक अगाडि बढाएर बचतकर्ताको रकमलाई फिर्ता गराउनतर्फ जानु हाम्रो कर्तव्य हो’, उनले भने । पीडितलाई न्याय दिनु राज्यको पहिलो काम भएको गृहमन्त्री श्रेष्ठले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - २०:२५
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...
पौष १० गते, २०८२ - २०:१३
नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...
पौष १० गते, २०८२ - २०:०३
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...
पौष १० गते, २०८२ - १९:५८
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...
पौष १० गते, २०८२ - १९:५३
काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...
पौष १० गते, २०८२ - १९:३६
लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...
पौष १० गते, २०८२ - १९:३०
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...
पौष १० गते, २०८२ - १९:२९
काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...
पौष १० गते, २०८२ - १९:२४
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...
पौष ९ गते, २०८२ - १८:४२
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...




प्रतिकृया लेख्नुहोस्: