काठमाडौं । आर्टमान्डूको पहिलो फिचर फिल्म ‘ऊनको स्वीटर’को पहिलो पोस्टर मंगलबार सार्वजनिक गरिएको छ।
सार्वजनिक पोस्टरमा पोस्टरमा अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगर तन्नेरी अवतारमा देखिएका छन्। पृष्ठभूमिमा लेकका घर र पहाडका सुन्दर दृश्य देखिएका छन्।
अभिनेत्री मिरुना गुरुङ पोसाकमा सजिएकी छन्। फिल्ममा विपीन र मिरुना मुख्य भूमिकामा छन्। विपीन र मिरुनासँगै फिल्ममा माओत्से गुरुङ, अनिल सुब्बा, सुरज तमू, एलेक्स पारस, परीक्षा लिम्बू, मिलन खत्री, अरुण पुन मगर, भावना खपाङ्गी मगर, कवि राई, रुपेश लामा, प्रकाश बस्नेत, लक्ष्मी योङहाङ, नरेश लावती लगायतका कलाकार फाइनल भइसकेका छन्।
फिल्मलाई निर्देशक नवीन चौहानले निर्देशन गर्नेछन्। पटकथा पनि चौहानकै रहेको छ।
फिल्ममा गायक सुजन चापागाईं र कोविद बज्रको संगीत निर्देशन गर्नेछन्। फिल्मको गीतमा हर्क साउद र झुमा लिम्बुको शब्द रचना रहनेछ। फिल्ममा अनिल सुब्बा र सुरज तमूले कास्टिङ निर्देशन गर्नेछन्। फिल्मलाई सिनेमाटोग्राफर चिन्तनराज भण्डारीले खिच्नेछन्।
फिल्मको सम्पादन कृष्ण भण्डारीले गर्नेछन् भने पब्लिसिटी डिजाइन ट्राइटेण्ड कन्सेप्टका रोयल भिमसेनले गर्नेछन्। गत वर्षको असारमा फिल्मको घोषणा ‘ऊनको स्वीटर’को टाइटल गीतबाट गरिएको थियो। टाइटल गीतको पूरा भर्सन भने आगामी भ्यालेन्टाइन डेको अवसरमा सार्वजनिक गरिने निर्देशक चौहानले बताए।
यो फिल्म मंसिरबाट फ्लोरमा जाने भनिए पनि प्राविधिक कारण मिति सरिरहेको थियो। अब फिल्म वैशाखबाट फ्लोरमा जाने निर्देशक चौहानले बताए। फिल्मको छायाँकन पाँचथरमा हुनेछ।
कथा भन्ने नयाँ शैली स्थापित गरेर म्युजिकल फिल्ममार्फत् लोकप्रियता हासिल गरेको आर्टमाण्डूले तीनपाते’, घुमीघुमी, फूलथुंगे रानी, चन्द्रमा, पाहुना हजुर, सुनाखरी, ‘के माया लाग्छ र, बटौली’ जस्ता दर्जन भन्दा बढी म्युजिकल फिल्म निर्माण गरिसकेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २७ गते, २०८३ - २१:२९
काठमाडौँ । एप्पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको नयाँ नेपाली चलचित्र ‘भिडियोटेप’को औपचारिक घोषणा गरिएको छ। ललितपुरस्थित लाबिम मलमा आयोजित...
श्रावण २७ गते, २०८३ - २१:२६
काठमाडौँ । ‘इट इज माइ ट्यालेन्ट नेपाल’ सिजन–१ को जुलाई महिनाको विजेता गिनीज अधिकारी बनेकी छन्। प्रतिभा खोजीसम्बन्धी उक्त कार्यक्रमअन्तर्गत जुलाईको उत...
श्रावण २७ गते, २०८३ - २१:२१
काठमाडौँ । गैरआवासीय नेपाली संघको १७औँ युरोप क्षेत्रीय सम्मेलनले नेपाली नागरिकताको निरन्तरता, लगानीमैत्री वातावरण, सुरक्षित वैदेशिक रोजगारी, महिला तथा...
श्रावण २७ गते, २०८३ - २१:१८
काठमाडौँ । गैरआवासीय नेपाली संघको ११औँ एसिया प्रशान्त क्षेत्रीय सम्मेलन आगामी अगस्ट १५ देखि १७ सम्म चीनको ग्वाङ्झाउमा आयोजना हुने भएको छ। ‘आरोहण २०२६–...
श्रावण २७ गते, २०८३ - २१:०१
विराटनगर । केन्द्रमा फेरिएको सत्ता समीकरणको असर कोशी प्रदेश सरकारमा पनि देखिएको छ। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ राजनीतिक सहकार्य बने...
श्रावण २६ गते, २०८३ - ०८:५२
काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...
श्रावण २६ गते, २०८३ - ०८:२८
जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...
श्रावण २६ गते, २०८३ - ०८:२५
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...
श्रावण २६ गते, २०८३ - ०८:१९
काठमाडौं । सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...
श्रावण २६ गते, २०८३ - ०८:०७
स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...



प्रतिकृया लेख्नुहोस्: