काठमाडौं । नेपालमा पहिलोपटक फागुन ३ गतेदेखि ७ गतेसम्म विश्व सामाजिक मञ्च आयोजना हुँदै छ । विश्व सामाजिक मञ्च २०२४ को नेपाल आयोजक समितिले विश्व सामाजिक मञ्चको सोह्रौँ संस्करण नेपालमा गर्न लागेको हो ।
काठमाडौंमा हुन लागेको विश्व सामाजिक मञ्चमा ७५० स्वयंसेवक परिचालन हुने भएको छ । स्वयंसेवक परिचालन तथा व्यवस्थापनको जिम्मेवारी युथ एड्भोकेसी नेपालले पाएको छ । युथ एड्भोकेसी नेपालका अध्यक्ष गणेश धामीले कार्यक्रम अवधिभर ७५० स्वयंसेवक परिचालन हुने जानकारी दिए ।
नेपालमा विश्व सामाजिक मञ्चको आयोजना पहिलो पटक हुन लागेको र विश्वभरीबाट ३० देखि ४० हजार मानिसहरूको सहभागीता हुने कार्यक्रममा स्वयंसेवकको भूमिका महत्वपुर्ण हुने अध्यक्ष धामीले बताए । ‘स्वयंसेवाको लागि विभिन्न १९ वटा विषयगत क्षेत्र बनाएर सबै क्षेत्रको लागि संयोजक चयन गरिसकेका छौ’, उनले भने “ स्वयंसेवक साथीहरूले कार्यक्रमलाई सफल बनाउन विशेष भूमिका निर्वाह गर्ने र विश्वसामू एउटा उद्दाहरणीय सन्देश जान्छ” । स्वयंसेवक परिचालन समितिले अभिमुखीकरण कार्यक्रमको आयोजना गरेर स्वयंसेवकहरूलाई प्रशिक्षण दिएको थियो । मञ्चको उद्घाटन समारोह फागुन ३ गते काठमाडौंको खुलामञ्चमा हुनेछ।
यसैगरी फागुन ४ देखि ६ गतेसम्म विभिन्न विषयगत सम्मेलन र समानान्तर सत्रहरु आयोजना हुनेछन् । फागुन ५ गते अन्तरमहादेशीय युवा मञ्च हुने छ भने संसदीय मञ्चको पनि आयोजना हुनेछ । ‘अर्को विश्व सम्भव छ’ भन्ने संकल्पका साथ सन् २००१ मा ब्राजिलको पोर्तो एलेग्रेमा पहिलोपटक आयोजना गरिएको विश्व सामाजिक मञ्चले नवउदारवादी आर्थिक नीतिको आलोचना गर्दै आएको छ ।
विश्व सामाजिक मञ्च नवउदारवादका विकल्पको सिर्जना एवं लागु गर्नेतर्फ उन्मुख विचार, अनुभव र रणनीतिको स्वतन्त्र तथा र समानान्तरस्तरमा आदानप्रदान गर्न बनाईएको एक खुला मञ्च हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८२ - १८:४२
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...
पौष ९ गते, २०८२ - १८:३९
जनकपुरधाम । अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै जनकपुरधाम उपमहानगरपालिकाले शुक्रबार (पुस ११ गते) एक ...
पौष ९ गते, २०८२ - १८:३६
सर्लाही । एक साताअघि सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा आगलागीबाट क्षति भएको उखु अब चिनी मिलहरूले खरिद गर्ने भएका छन् । आगलागीपछि उखु बिक्री नहुन...
पौष ९ गते, २०८२ - १८:३२
काठमाडौं । सर्वोच्च अदालतले कैदीहरूको कैद कट्टा (मिनाहा) सम्बन्धी निर्णय अब राष्ट्रपतिसमक्ष लैजान नपाइने स्पष्ट व्याख्या गरेको छ । अदालतले यससम्बन्धी ...
पौष ९ गते, २०८२ - १८:२८
काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच आज औपचारिक एकता हुने भएको छ । दुई ...
पौष ९ गते, २०८२ - ११:११
काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...
पौष ९ गते, २०८२ - १०:५०
रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...




प्रतिकृया लेख्नुहोस्: