Khabar Dabali ३० श्रावण २०८३ शनिबार | 15th August, 2026 Sat
Investment bank

विज्ञानलाई चुनौती दिँदै १ सय ८ भारी दाउराको आगाको भुङ्ग्रोमा नाचेर खली खुवायो

खबरडबली संवाददाता

भक्तपुर । विज्ञानलाई चुनौती दिँदै पुवर थापा परिवारले तान्त्रिक विद्याअनुसार १ सय ८ भारी दाउराको आगाको भुङ्ग्रोमा नाचेर खली खुवाउने काम सम्पन्न गरेका छन् । गए राति भक्तपुरको चाँगुनारायण नगरपालिका वडा–५ पिखेल चौतारा, ढुङगेधार आसपास क्षेत्रमा बसोबास गर्ने पुवर थापा कपिल गोत्रका ४१ घरपरिवारका करिब २ सय जनाले विज्ञानलाई समेत चुनौती दिँदै तान्त्रिक विद्याअनुसार आगाको भुङ्ग्रोमा नाचेर खली खुवाउने काम सम्पन्न गरेका हुन् ।

यसरी खली खुवाउने काम सम्पन्न गर्न धामी गुरुहरूले तान्त्रिक विधिअनुसार एक महिना लगाएर कपिल गोत्रका पुवर थापा घरपरिवारले मान्दै आएका महाकाली, दक्षिणकाली र सोहि कुलका १२ जना नयाँ डाङ्ग्रेहरू तयार परेका थिए । ती डाग्रेहरू १२ वर्षका बच्चादेखि ७८ वर्षका वृद्धसम्म छन् ।

उनीहरू आगोको राप अर्थात् कोइलामा खाली खुट्टाले टेकेर आगो पूर्ण रूपमा निभाएपछि पाको वायु भएको मानिन्छ । कुलायन पूजामा सहभागी बनेका डाग्रेहरूले खाली खुट्टाले आगोको भुङ्ग्रोमा जान आफूहरूलाई सुरुमा डर लागे पनि पछि मज्जाले नाच्न सकेको प्रतिक्रिया दिएका छन् ।

कुल पूजामा कुलको जिम्मा लिन तयार हुने व्यक्तिलाई डाङ्ग्रे भन्ने गरिन्छ । खली खुवाउने दिन बेलुका ती डाङ्ग्रेहरूलाई गुरुहरूसहित १ सय ८ भारी दाउराको भुङ्ग्रो खरानी नबन्दासम्म नाच्न लगाउने र त्यस पश्चात विभिन्न नाममा थापिएको देवी देवतालाई बली दिइ डाङ्ग्रेहरूलाई बत्ती खुवाएर खली खुवाउने काम सम्पन्न गर्ने परम्परा छ ।

धामी गुरु धमेन्द्र बिष्टले खली खुवाउने कार्य गरे आफ्नो कुल गोत्रमा कोही अकालमा मृत्यु भए मोक्ष पाउने र आफ्नो कुल देवतालाई मान्दा प्रगति हुने विश्वास व्यक्त गरे ।

आगोको भुङ्ग्रोमा खाली खुट्टाले नाच्ने काम सामान्य नभएता पनि दैविक शक्तिकै कारण सम्भव भएको अर्का धामी गुरु साजन थापाले दाबी गरे । एक्काइसौँ शताब्दीको वैज्ञानिक युगमा तान्त्रिक शक्तिमाथि धेरैले विश्वास नगरे पनि ब्राह्मण, क्षेत्रीलगायत विभिन्न समुदायहरूले खली खुवाउने परम्परालाई निरन्तरता दिँदै आएका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शिक्षक–सरकार सम्झौता कागजमै सीमित, फेरि आन्दोलनको तयारी

माग पूरा नभए शिक्षक महासंघले भदौदेखि आन्दोलन चर्काउने

देउवा–कोइराला समूहको शक्ति प्रदर्शन, देउवाको सन्देश– ‘कांग्रेस एक हुनुपर्छ’

काठमाडौँ । नेपाली कांग्रेसको वर्तमान नेतृत्वलाई चुनौती दिँदै पूर्वसभापति शेरबहादुर देउवा र कोइराला समूहले काठमाडौँमा राष्ट्रिय भेला आयोजना गरेका छन् ।...

अवैध रूपमा औषधिजन्य वस्तु उत्पादन गर्ने फार्म सञ्चालक पक्राउ

वीरगन्ज । प्रहरीले वीरगन्जमा अनुमति बिना औषधिजन्य वस्तु उत्पादन तथा स्टिकर लेबलिङ गरिरहेको आरोपमा एक जना पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–११ श...

ग्यास अभावपछि चार उद्योगले एकै ठाउँबाट थाले सिलिन्डर बिक्री

चितवन । खाना पकाउने एलपी ग्यासको अभाव भएपछि स्थानीय प्रशासनले चितवन र नवलपरासीका चार ग्यास उद्योगमार्फत उपभोक्तालाई एकै ठाउँबाट ग्यास बिक्रीको व्यवस्थ...

आठ हजारलाई रोजगारी दिएको जुट मिल खण्डहरमा, फेरि ब्युँताउने आशा

विराटनगर । बाहिरबाट हेर्दा रुख तथा झारले जेलिएको पुरानो संरचना। भित्र पस्दा खिया लागेका मेसिन, माकुराको जालो र ओसको गन्ध। कतै फोहोर र जमेको पानी, कतै ...

पहिरोले घर पुरिँदा बाजुरामा एक बेपत्ता, दुई घाइते

बाजुरा । अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा एक जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन्। स्थानीय ...

बाढी–पहिरोले बागलुङका दुई प्रमुख राजमार्ग ठप्प, यात्रु बाटोमै अलपत्र

बागलुङ । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण बागलुङका दुई प्रमुख राष्ट्रिय राजमार्ग अवरुद्ध भएका छन्। कालीगण्डकी करिडोरको बागलुङ खण्ड र मध्य...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज, देउवा प्रमुख अतिथि

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौँमा सुरु हुँदैछ। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने भेलामा कांग्...

पूर्वाधार र स्पष्ट नीतिबिनै बढ्दैछ विद्युतीय सवारीको प्रयोग, अर्बौं लगानी जोखिममा

काठमाडौँ । नेपालमा विद्युतीय सवारी साधनको आयात र प्रयोग तीव्र गतिमा बढिरहेको भए पनि यसको व्यवस्थापनका लागि आवश्यक पूर्वाधार, दक्ष जनशक्ति र स्पष्ट नीत...

२२ करोडको बुटवल बधशाला झाडीमा, करोडौँका उपकरण प्रयोगविहीन

बुटवल । स्वच्छ र सुरक्षित मासु उत्पादनका लागि करिब २२ करोड रुपैयाँ खर्चेर निर्माण गरिएको बुटवलको आधुनिक पशु बधशाला अहिले झाडीले ढाकिएको छ। सञ्चालनमा आ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending