काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तामाङ समुदायलाई याे पटक पनि मन्त्रीको उदारो आश्वासन दिएका छन् । शनिवार तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होसारको अवसरमा खुलामञ्चमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले मन्त्रीको पुरानै आश्वासन बाँडेका हुन् ।
साे क्रममा उनले भने- ‘गत साल मैले यसै मञ्चबाट तामाङ समुदायको खासगरी बागमती प्रदेशबाट मन्त्री बनाउने कुरामा, मन्त्री बन्नुहुन्छ भनेर भनेको थिए । मन्त्री बन्नु त भयो । प्रदेशमा बन्नुभयो । र त्यतिबेला संघमा पनि मन्त्री बनाउने कुरा भएको थियो । म यहाँहरूलाई आज यो मञ्चबाट के कुरा घोषणा गर्न सक्ने ठाउँमा छु भने अब मन्त्रीमण्डलको जतिबेला पुनर्गठन हुन्छ, पहिलो प्राथमिकता बागमती प्रदेशको तामाङ समुदायको जनप्रतिनिधिलाई मन्त्री बनाइनेछ । म यो लाखौँ जनताको अगाडि भन्दैछु । अब सङ्घको मन्त्रीमण्डल पुनर्गठन त हुन्छ हुन्छ । पुनर्गठन हुने बित्तिकै तामाङ मन्त्री हुन्छ । यो विश्वास म तपाईँहरूलाई दिलाउन चाहन्छु,’ पुरानै आश्वासन दिलाउँदै उनले भने ।
एक वर्षअघि माघ ८ गते सोही मञ्चबाट उनले बागमतीमा तामाङ समुदायबाट दुई जनालाई मन्त्री बनाउने आश्वासन बाँडेका थिए । त्यतिबेला प्रचण्ड सरकारमा तामाङ समुदायबाट एकजना पनि मन्त्री नबनाएकोमा तामाङ नेताहरूले आलोचना गरेका थिए ।
‘मन्त्रीका कुरा पनि उठे । तामाङ समुदायबाट हितबहादुर तामाङजीलाई मन्त्री बनाएकै हो । कुमारी मोक्तान पनि मन्त्री भइन् । शेरबहादुर तामाङलाई नेकपा कालमा मन्त्री बनाएकै हो । दावा तामाङलाई पनि बनाएकै हो,’ मन्त्रीको आश्वासन बाँड्दै त्यतिबेला प्रधानमन्त्रीले भनेका थिए,’ केही समयभित्रै एक तामाङको छोरो र एक तामाङको छोरी मन्त्री छिट्टै बन्दैछन् । धेरै तनाव लिएर घरमा नजानुस् ।’
२०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त भएका उनले मौजुदा मन्त्रिपरिषद् १२ पटक फेरबदल गरे तर एकजना पनि तामाङ समुदायबाट मन्त्री प्राथमिकतामा परेनन् । बागमती प्रदेश मन्त्रिपरिषदमा भने बहादुरसिंह लामा, कुमारी मोक्तान र तीर्थबहादुर लामा मन्त्री छन् ।
२५ सदस्य मन्त्रिपरिषदमा एकजना पनि तामाङ मन्त्री छैनन् । प्रचण्ड सरकार अहिले १३ महिना पुरा गरी १४ औं महिनामा प्रवेश गर्दैछ । शनिवार उनले दिएको आश्वासन कहिले पुरा हुन्छ त्यो हेर्न बाँकी छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - ११:३२
कञ्चनपुर । बाक्लो हुस्सु र लगातारको शीतलहरले पश्चिम तराईका जिल्लामा चिसो बढाएको छ। धनगढी, कञ्चनपुर लगायतका क्षेत्रमा दिनभर हुस्सु र चिसोको सामना गर्नु...
पौष ४ गते, २०८२ - ११:३२
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव विष्णु प्रसाद रिमालले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन असाधारण भएको बताएका छन्। उनले महाधिवेशनमा गरिमा, उत्साह र स...
पौष ४ गते, २०८२ - १०:५९
काठमाडौँ । यस वर्ष काठमाडौँ महानगरपालिकामा सञ्चालनमा रहेका ३९ वटा विद्यालयले नेपालीपन झल्किने गरी विद्यालयको नाम परिवर्तन गरेका छन् । गत वर्षदेखि नै क...
पौष ४ गते, २०८२ - १०:५७
मोरङ । सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव बेचबिखन गम्भीर अपराध भएकाले यसको रोकथाम गर्न सरकार संवेदनशील रहेको बता...
पौष ४ गते, २०८२ - १०:५४
काठमाडौं । नेपाली बजारमा शुक्रबार (पुस ४) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ...
पौष ४ गते, २०८२ - १०:४९
दोलखा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस दोलखाले बागमती प्रदेशसभा सदस्य एवं पूर्व मन्त्री कुन्दनराज काफ्लेसह...
पौष ४ गते, २०८२ - १०:३८
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालतले सशर्त धरौटीमा रिहा गर्दै मुद...
पौष ४ गते, २०८२ - १०:३६
काठमाडौँ । टुकुचा खोलाको पानीलाई प्रशोधन गरी पिउनयोग्य बनाउने दीर्घकालीन लक्ष्यसहित फोहर पानी प्रशोधन केन्द्र (Wastewater Treatment Plant) निर्माणको क...
पौष ४ गते, २०८२ - १०:३१
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट सचिव पदमा निर्वाचित भएका पूर्वमुख्यमन्त्री शेरधन राईका लागि एकपछि अर्को खुशीको खबर आएको छ। ५५ वर्षको उमेरमा...
पौष ४ गते, २०८२ - १०:२५
रूपन्देही। रूपन्देहीमा कलेज अध्ययनरत एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ। मृतक कञ्चन गाउँपालिका–३, धौलागिरीचोकका १७ वर्षीय ईशान पौडेल हुन्।...




प्रतिकृया लेख्नुहोस्: