काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तामाङ समुदायलाई याे पटक पनि मन्त्रीको उदारो आश्वासन दिएका छन् । शनिवार तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होसारको अवसरमा खुलामञ्चमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले मन्त्रीको पुरानै आश्वासन बाँडेका हुन् ।
साे क्रममा उनले भने- ‘गत साल मैले यसै मञ्चबाट तामाङ समुदायको खासगरी बागमती प्रदेशबाट मन्त्री बनाउने कुरामा, मन्त्री बन्नुहुन्छ भनेर भनेको थिए । मन्त्री बन्नु त भयो । प्रदेशमा बन्नुभयो । र त्यतिबेला संघमा पनि मन्त्री बनाउने कुरा भएको थियो । म यहाँहरूलाई आज यो मञ्चबाट के कुरा घोषणा गर्न सक्ने ठाउँमा छु भने अब मन्त्रीमण्डलको जतिबेला पुनर्गठन हुन्छ, पहिलो प्राथमिकता बागमती प्रदेशको तामाङ समुदायको जनप्रतिनिधिलाई मन्त्री बनाइनेछ । म यो लाखौँ जनताको अगाडि भन्दैछु । अब सङ्घको मन्त्रीमण्डल पुनर्गठन त हुन्छ हुन्छ । पुनर्गठन हुने बित्तिकै तामाङ मन्त्री हुन्छ । यो विश्वास म तपाईँहरूलाई दिलाउन चाहन्छु,’ पुरानै आश्वासन दिलाउँदै उनले भने ।
एक वर्षअघि माघ ८ गते सोही मञ्चबाट उनले बागमतीमा तामाङ समुदायबाट दुई जनालाई मन्त्री बनाउने आश्वासन बाँडेका थिए । त्यतिबेला प्रचण्ड सरकारमा तामाङ समुदायबाट एकजना पनि मन्त्री नबनाएकोमा तामाङ नेताहरूले आलोचना गरेका थिए ।
‘मन्त्रीका कुरा पनि उठे । तामाङ समुदायबाट हितबहादुर तामाङजीलाई मन्त्री बनाएकै हो । कुमारी मोक्तान पनि मन्त्री भइन् । शेरबहादुर तामाङलाई नेकपा कालमा मन्त्री बनाएकै हो । दावा तामाङलाई पनि बनाएकै हो,’ मन्त्रीको आश्वासन बाँड्दै त्यतिबेला प्रधानमन्त्रीले भनेका थिए,’ केही समयभित्रै एक तामाङको छोरो र एक तामाङको छोरी मन्त्री छिट्टै बन्दैछन् । धेरै तनाव लिएर घरमा नजानुस् ।’
२०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त भएका उनले मौजुदा मन्त्रिपरिषद् १२ पटक फेरबदल गरे तर एकजना पनि तामाङ समुदायबाट मन्त्री प्राथमिकतामा परेनन् । बागमती प्रदेश मन्त्रिपरिषदमा भने बहादुरसिंह लामा, कुमारी मोक्तान र तीर्थबहादुर लामा मन्त्री छन् ।
२५ सदस्य मन्त्रिपरिषदमा एकजना पनि तामाङ मन्त्री छैनन् । प्रचण्ड सरकार अहिले १३ महिना पुरा गरी १४ औं महिनामा प्रवेश गर्दैछ । शनिवार उनले दिएको आश्वासन कहिले पुरा हुन्छ त्यो हेर्न बाँकी छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १९ गते, २०८३ - ०९:१२
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले पहिलो १०० दिनमा परम्परागत राजनीतिक शैलीभन्दा फरक कार्यशैली अपनाएको दाबी गरेको छ...
आषाढ़ १९ गते, २०८३ - ०८:१६
काठमाडौं । काठमाडौंको तारकेश्वर–६ पैयुँटारमा नेपाली सेनाकी सुवेदार ईश्वरी भुजेलको हत्या प्रकरणमा उनका श्रीमान् कुमार थापा मगर (टिकटकमा ‘नेपाली ब्रो’का...
आषाढ़ १९ गते, २०८३ - ०८:१३
काठमाडौं । पशुसेवा विभागले बर्डफ्लु संक्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत पन्छी बिक्री–वितरण नगर्न व्यवसायीलाई कडा निर्देशन दिएको छ। संक्रमित पन्छी ब...
आषाढ़ १९ गते, २०८३ - ०८:११
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (असार १९) का लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार ठूलो ने...
आषाढ़ १९ गते, २०८३ - ०८:०९
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको पछिल्ला तीन दिनको थोक मूल्य सूचीअनुसार बजारमा अधिकांश फलफूलको मूल्य स्थिर रहे पनि लिचीको मूल्य...
आषाढ़ १९ गते, २०८३ - ०८:०५
काठमाडौँ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार ऐन, २०६४ को प्रावधान विपरीत कार्य गरेको भन्दै आरके म्यानपावर ग्रुपलाई कारबाही गरेको छ। विभागले उक्त म...
आषाढ़ १९ गते, २०८३ - ०७:२४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संघीयता खारेज गर्ने पक्षमा नरहेको स्पष्ट पारेको छ। पार्टीका संसदीय दलका उपनेता तथा केन्द्रीय सदस्य ग...
आषाढ़ १९ गते, २०८३ - ०७:०९
काठमाडौं । भेनेजुएलामा गएको विनाशकारी भूकम्पपछि १४० टन भग्नावशेषमुनि आठ दिनसम्म फसेका एक व्यक्तिको जीवितै उद्धार गरिएको छ। यो उद्धारलाई हालसम्मकै सबैभ...
आषाढ़ १९ गते, २०८३ - ०७:०७
खोटाङ । खोटाङकाे जन्तेढुङ्गा गाउँपालिका-२ बोपुङको वासिङ पहिरोले बर्सेनि स्थानीयलाई उठीबास बनाउँदै आएको छ । एक शताब्दीभन्दा पहिलेदेखि सुरू भएको बोपुङको...
आषाढ़ १९ गते, २०८३ - ०७:०४
काठमाडौं । फिफा विश्वकप २०२६ मा पोर्चुगलले रोमाञ्चक जित निकाल्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। भर्खरै सम्पन्न खेलमा पोर्चुगलले क्रोएसियालाई ...



प्रतिकृया लेख्नुहोस्: