Khabar Dabali १९ फाल्गुन २०८२ मंगलवार | 3rd March, 2026 Tue
Investment bank

खानको पार्टीले विरोधको आह्वान गरेपछि पाकिस्तान प्रहरीद्वारा कारवाहीको धम्की

खबरडबली संवाददाता

एजेन्सी । कारागारमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टीले गत साताको निर्वाचनमा कथित धाँधलीको विरोध गर्न समर्थकहरूलाई आग्रह गरेपछि पाकिस्तान प्रहरीले आइतबार गैरकानूनी जमघटमाथि कडा कारवाही गर्ने चेतावनी दिएको छ । 

सेना समर्थित पाकिस्तान मुस्लिम लिग–नवाज (पिएमएल–एन) को सत्तारूढ बहुमत जित्ने सम्भावनालाई समाप्त पार्दै खानको पाकिस्तान तेहरिक–ए–इन्साफ (पिटिआई) पार्टीसँग जोडिएका स्वतन्त्र उम्मेदवारहरूले निर्वाचनमा सबैभन्दा धेरै सिट हासिल गरेका छन् । 

यद्यपि स्वतन्त्रहरूले सरकार बनाउन सक्तैनन् । प्रतिद्वन्द्वी दलहरू सम्भावित गठबन्धनका लागि छलफल गर्दा मुलुकले धेरै सातासम्म राजनीतिक अनिश्चितताको सामना गर्नसक्छ । 
पिटिआई नेताहरूले मतदानमा धाँधली नभएको भए अझ धेरै सिट जित्ने दावी गरेका छन् । राष्ट्रव्यापी निर्वाचनको दिन मोबाइल टेलिफोन सेवा बन्द र नतिजाहरूको ढिलो गणनाले सैन्य प्रतिष्ठानले पिएमएल–एनको सफलता सुनिश्चित गर्न प्रक्रियालाई प्रभाव पारेको सन्देह उत्पन्न भएको छ । 

पिटिआईका अध्यक्ष गोहर अली खानले शनिबार पत्रकार सम्मेलनमा भने, “पाकिस्तानको सम्पूर्ण निर्वाचनमा सूक्ष्म तरिकाले हेरफेर गरिएको थियो ।” उनले समर्थकहरूसँग आइतबार ‘शान्तिपूर्वक विरोध’ गर्न आह्वान गरे । अधिकारीहरूले तथाकथित धारा १४४ आदेशअनुसार कडा कारवाही गर्ने चेतावनी दिएका छन् । 

औपनिवेशिक युगको उक्त कानूनअन्तर्गत दुई वा दुईभन्दा धेरै व्यक्ति भेला हुन प्रतिबन्ध लगाइएको छ । “केही व्यक्तिले निर्वाचन आयोग र अन्य सरकारी कार्यालयहरूमा गैरकानूनी जमघटका लागि उक्साइरहेका छन्”, इस्लामाबादको प्रहरी बलका तर्फबाट आइतबार जारी विज्ञप्तिमा भनिएको छ, “गैरकानूनी भेलाहरूविरुद्ध कानूनी कारवाही गरिनेछ, भेलाहरूका लागि अनुरोध गर्नु पनि अपराध हो भन्नेतर्फ ध्यान दिनुपर्छ ।”

यस्तै प्रकारको चेतावनी रावलपिन्डीमा पनि जारी गरिएको थियो । लाहोरमा लिबर्टी मार्केट नजिकै दङ्गा गियरले सुसज्जित दर्जनौँ प्रहरी एकत्रित भएको देखेको एएफपीका संवाददाताहरूले देखेका थिए । 

खानको पार्टीले एक महिना लामो कारवाहीलाई अस्वीकार गरेको छ । उक्त कारवाहीले निर्वाचन प्रचारलाई अपाङ्ग बनाएको थियो र उम्मेदवारहरूलाई बिहीबार मतदानमा विजयी हुनका लागि स्वतन्त्ररूपमा निर्वाचन लड्न बाध्य बनाएको थियो 

अन्तिम नतिजा आइतबार घोषणा गरिएको छ । घोषित परिणामअनुसार स्वतन्त्र उम्मेदवारहरूले एक सय एक सिट, पिएमएल–एनले ७५, पाकिस्तान पिपुल्स पार्टी (पिपिपी) ले ५४ र मुत्ताहिदा कौमी मुभमेन्ट (एमक्युएम) ले १७ सिट जितेका छन् । साना १० पार्टीले बाँकी १७ सिटमा विजय हासिल गरेका छन् भने दुई सिट रिक्त रहेको छ । 

“नतिजाहरूले कुनै पनि पार्टीसँग सरकार गठन गर्नका लागि साधारण बहुमत नभएको स्पष्ट सङ्केत दिएको छ”, राजनीतिक विश्लेषक तथा लेखक जाहिद हुसेनले भने, “यो विन्दुबाट मुलुकको राजनीतिक भविष्य अत्यन्तै अनिश्चित छ ।”

तर पनि पिटिआईका नेताहरूले उनीहरूलाई आगामी सरकार बनाउनका लागि ‘जनताको जनादेश’ दिइएको दाबी गरेका छन् । पिटिआईका अध्यक्ष खानले अरब न्युजलाई दिएकाे अन्तरवार्तामा भने, “जनताले इमरान खानको पक्षमा निर्णय गरेका छन् ।”

सन् २०२२ अप्रिलमा अविश्वासको मतबाट खानलाई सत्ताबाट हटाएपछि अन्तिम सरकार बनाएका पिएमएल–एन र पिपिपीबीचको गठबन्धन अझै पनि सबैभन्दा सम्भावित परिणाम देखिन्छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE