Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

खानको पार्टीले विरोधको आह्वान गरेपछि पाकिस्तान प्रहरीद्वारा कारवाहीको धम्की

खबरडबली संवाददाता

एजेन्सी । कारागारमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टीले गत साताको निर्वाचनमा कथित धाँधलीको विरोध गर्न समर्थकहरूलाई आग्रह गरेपछि पाकिस्तान प्रहरीले आइतबार गैरकानूनी जमघटमाथि कडा कारवाही गर्ने चेतावनी दिएको छ । 

सेना समर्थित पाकिस्तान मुस्लिम लिग–नवाज (पिएमएल–एन) को सत्तारूढ बहुमत जित्ने सम्भावनालाई समाप्त पार्दै खानको पाकिस्तान तेहरिक–ए–इन्साफ (पिटिआई) पार्टीसँग जोडिएका स्वतन्त्र उम्मेदवारहरूले निर्वाचनमा सबैभन्दा धेरै सिट हासिल गरेका छन् । 

यद्यपि स्वतन्त्रहरूले सरकार बनाउन सक्तैनन् । प्रतिद्वन्द्वी दलहरू सम्भावित गठबन्धनका लागि छलफल गर्दा मुलुकले धेरै सातासम्म राजनीतिक अनिश्चितताको सामना गर्नसक्छ । 
पिटिआई नेताहरूले मतदानमा धाँधली नभएको भए अझ धेरै सिट जित्ने दावी गरेका छन् । राष्ट्रव्यापी निर्वाचनको दिन मोबाइल टेलिफोन सेवा बन्द र नतिजाहरूको ढिलो गणनाले सैन्य प्रतिष्ठानले पिएमएल–एनको सफलता सुनिश्चित गर्न प्रक्रियालाई प्रभाव पारेको सन्देह उत्पन्न भएको छ । 

पिटिआईका अध्यक्ष गोहर अली खानले शनिबार पत्रकार सम्मेलनमा भने, “पाकिस्तानको सम्पूर्ण निर्वाचनमा सूक्ष्म तरिकाले हेरफेर गरिएको थियो ।” उनले समर्थकहरूसँग आइतबार ‘शान्तिपूर्वक विरोध’ गर्न आह्वान गरे । अधिकारीहरूले तथाकथित धारा १४४ आदेशअनुसार कडा कारवाही गर्ने चेतावनी दिएका छन् । 

औपनिवेशिक युगको उक्त कानूनअन्तर्गत दुई वा दुईभन्दा धेरै व्यक्ति भेला हुन प्रतिबन्ध लगाइएको छ । “केही व्यक्तिले निर्वाचन आयोग र अन्य सरकारी कार्यालयहरूमा गैरकानूनी जमघटका लागि उक्साइरहेका छन्”, इस्लामाबादको प्रहरी बलका तर्फबाट आइतबार जारी विज्ञप्तिमा भनिएको छ, “गैरकानूनी भेलाहरूविरुद्ध कानूनी कारवाही गरिनेछ, भेलाहरूका लागि अनुरोध गर्नु पनि अपराध हो भन्नेतर्फ ध्यान दिनुपर्छ ।”

यस्तै प्रकारको चेतावनी रावलपिन्डीमा पनि जारी गरिएको थियो । लाहोरमा लिबर्टी मार्केट नजिकै दङ्गा गियरले सुसज्जित दर्जनौँ प्रहरी एकत्रित भएको देखेको एएफपीका संवाददाताहरूले देखेका थिए । 

खानको पार्टीले एक महिना लामो कारवाहीलाई अस्वीकार गरेको छ । उक्त कारवाहीले निर्वाचन प्रचारलाई अपाङ्ग बनाएको थियो र उम्मेदवारहरूलाई बिहीबार मतदानमा विजयी हुनका लागि स्वतन्त्ररूपमा निर्वाचन लड्न बाध्य बनाएको थियो 

अन्तिम नतिजा आइतबार घोषणा गरिएको छ । घोषित परिणामअनुसार स्वतन्त्र उम्मेदवारहरूले एक सय एक सिट, पिएमएल–एनले ७५, पाकिस्तान पिपुल्स पार्टी (पिपिपी) ले ५४ र मुत्ताहिदा कौमी मुभमेन्ट (एमक्युएम) ले १७ सिट जितेका छन् । साना १० पार्टीले बाँकी १७ सिटमा विजय हासिल गरेका छन् भने दुई सिट रिक्त रहेको छ । 

“नतिजाहरूले कुनै पनि पार्टीसँग सरकार गठन गर्नका लागि साधारण बहुमत नभएको स्पष्ट सङ्केत दिएको छ”, राजनीतिक विश्लेषक तथा लेखक जाहिद हुसेनले भने, “यो विन्दुबाट मुलुकको राजनीतिक भविष्य अत्यन्तै अनिश्चित छ ।”

तर पनि पिटिआईका नेताहरूले उनीहरूलाई आगामी सरकार बनाउनका लागि ‘जनताको जनादेश’ दिइएको दाबी गरेका छन् । पिटिआईका अध्यक्ष खानले अरब न्युजलाई दिएकाे अन्तरवार्तामा भने, “जनताले इमरान खानको पक्षमा निर्णय गरेका छन् ।”

सन् २०२२ अप्रिलमा अविश्वासको मतबाट खानलाई सत्ताबाट हटाएपछि अन्तिम सरकार बनाएका पिएमएल–एन र पिपिपीबीचको गठबन्धन अझै पनि सबैभन्दा सम्भावित परिणाम देखिन्छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...

मलेसियाले ऊर्जा रूपान्तरणलाई तीव्र रूपमा अघि बढ्ने

काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...

प्रतिनिधिसभा निर्वाचन: पाँचथरमा नेकपाबाट मिक्सोको एकल नाम सिफारिस

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ ।  फागुन २१ गतेका लागि तोकिएको प्र...

प्रयोग नहुँदा जीर्ण बन्दै ‘होल्डिङ सेन्टर’

कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...

मेची भन्सार कार्यालयबाट पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

शीतल निवासमा शक्ति केन्द्रको संवाद : संकट, निर्वाचन र सहकार्यमा नेताहरूको छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...

पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात

काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ ।  भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...

पाँच वर्षपछि म्यान्मामा निर्वाचन

याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending