Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

छत्तीस वर्षदेखि कुखुराको व्यापारमा तल्लिन छविलाल

खबरडबली संवाददाता

कञ्चनपुर । तीन दशकअघिदेखि शुक्लाफाँटा नगरपालिका– ९ सिसैयाका ५४ वर्षीय छविलाल सार्की साइकल चढेर बिहानीको झिसमिसेमै गाउँबस्तीमा स्थानीय जातका कुखुरा खोज्दै आएका छन् । स्थानीय जातका कुखरा गाउँघरबाट खरिद गरी उनले बेच्ने गर्दै आएका छन् ।

कुखुरा बेचेर आउने रकमले सार्की परिवारको घरखर्च चल्ने गरेको छ । दैनिक १० देखि २० किलोसम्म कुखुरा बेच्ने गरेको उनी बताउँछन् ।  “साइकल चढेर दैनिक गाउँघरमा पुग्छु”, उनले भने, “गाउँबाट खरिद गरिएका कुखुरा महेन्द्रनगर, अत्तरियालगायतका बजारमा पुर्याएर बेच्ने गर्छु, यो कार्य ३६ वर्षअघिदेखि गर्दै आएको छु ।” अठार वर्षको उमेरदेखि कुखुरा खोज्ने र बेच्ने कार्यमा सार्की संलग्न छन् ।

“घरको आर्थिक अवस्था कमजोर हुँदा विद्यालय पढ्न पाइनँ”, सार्कीले भने, “आमाबुवाले विद्यालय पठाएनन्, दलित समुदायको भएर होला पढ्नुपर्छ भन्ने त्यसबेला चेतना नै थिएन, जीवन चलाउनका लागि केही त गर्नैपर्यो, त्यही भएर कुखुरा खोज्ने बेच्ने कार्यमा लागेँ ।”

आर्थिक अवस्था निकै नाजुक भएकाले बुवाले घरमै पालिएको कुखुरा बेच्न बजार पठाए, त्यसबेला कुखुरा प्रतिकिलो रु ३० मा बिक्री हुन्थ्यो”, विगत सम्झै सार्कीले भने, “कुखुरा बेचेर नगद रकम हातमा पर्यो, खरिद गर्ने व्यक्तिले अरु कुखुरा भए ल्याउन भने, मनमनै सोचे यसै कार्यलाई व्यापार बनाएर जीविका चलाउने आधार बनाए अघि बढ्ने निधो गरेँ ।” त्यसपछि कुखुरा खोज्ने, बिक्री गर्ने कार्य गर्न थालेको उनी बताउँछन् ।

कुखुरा खरिद गर्नका लागि पैसा नभएपछि आफन्तसँग केही रकम सापटी मागेर कुखुरा खरिद गर्न थालेको उनी  स्मरण गर्छन् । महेन्द्रनगर बजार पुर्याएर बेच्ने गर्न थालेपछि आम्दानी सोचेजस्तै भएपछि यस कार्यलाई अहिले पनि नछाडेको उनले बताए । 

गाउँघरबाट छ सय प्रतिकिलोका दरले सार्कीले कुखुरा खरिद गरेर बजारमा पुर्याएर छ सय ५० मा बिक्री गर्छन्। जसबाट उनको मासिक आम्दानी २० देखि २५ हजारसम्म हुने गरेको छ । कुखुरा बेचेर आएको आम्दानीबाट सार्कीले गाउँमा तीनकोठे पक्की घर ठड्याएका छन् । उनले चार छोरीको पढाइसँगै विवाह खर्च कुखुरा बेचेकै पैसाबाट व्यहोरेका छन् । उनका एक छोरी विद्यालयमा पढ्दैछिन् भने छोरा यस वर्ष कमाउनका लागि भारततर्फ लागेका छन् ।

“पहिले स्थानीय जातका कुखुरा विशेषगरी थारू समुदायका घरघरमा निकै बढी हुने हसँदा खोज्न बढी परिश्रम गर्नु पर्दैनथ्यो”, उनले भने, “हाल थोरै परिवारका घरमा मात्रै स्थानीय जातका कुखुरा पाइने गरेका छन्, कुखुरा खोज्नका लागि टाढाटाढाका गाउँसम्म पुग्नुपर्ने हुन्छ ।” कुखुरा पाइएका दिन आम्दानी हुने भए पनि कुखुरा नपाइएका दिन रित्तो हात घर फर्कनुपर्ने अवस्था पनि हुने गरेको उनले बताए  । घरमा उनको आफ्नो स्वामित्वको सात कठ्ठामात्रै जग्गा छ ।

वर्षभरिका लागि जग्गामा उत्पादन हुने अन्नले नपुग्दा बजारबाट कुखुरा बेचेकै पैसाले खरिद गरी साँझ बिहानको छाक टार्नुपर्ने अवस्थासमेत उहाँलाई आइलाग्ने गरेको छ । नुन, तेल, सोडा साबुन, लुगाफाटोलगायतका घरायसी खर्च कुखुरा बेचेकै पैसाले व्यहोर्दै आएको उनको भनाइ छ । वर्षौँदेखि यसै पेसामा लागेकाले अधिकांश गाउँका बासिन्दाले उनलाई चिन्छन् । चिनजान बढ्दै जाँदा कुखुरा खोज्न सहज हुने गरेको उहाँ उल्लेख गर्नुहुन्छ । “यस व्यापारमा लागेपछि अरुसँग हात फैलाएर माग्न गएको छैन”, उनले भने, “अरुलाई आपत्विपत् पर्दा सहयोग गरेको छु, आफू र परिवार खर्च सहजरूपमा चलाउँदै आएको छु, यसमै खुसी छु, ।” 

वडाध्यक्ष रमेशबहादुर ऐर छविलाललाई पौरखीका रूपमा चिन्ने गर्दछन् । “आफैँ पौरख गरेर जीविका चलाउने व्यक्तिका रूपमा उहाँलाई चिनेको छु”, उनले भने, “आफ्नो कार्यमा सधैँ खटिरहन्छन्, युवाहरूका लागि उहाँ प्रेरणाका स्रोतका रूपमा रहेका छन् ।” 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आयोगको पत्रले कांग्रेसमा ल्यायाे तरंग, बयानअघि देउवासँग गोप्य रणनीति बनाउँदै रमेश लेखक

काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...

कठ्याङ्ग्रिदो जाडोले थिचिएका तराईकाे जीवन: गुन्द्री ओढेर भुइँमै रात काट्दै रौतहटकी ६० वर्षीया देवरतिया देवी

रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending