काठमाडौँ । नेपाली चिकित्सक परीक्षार्थीहरुमाथि अमेरिकाको युनाइटेड स्टेट मेडिकल लाइसेन्सिङ् एक्जामिनेसन (युएसएमएलइ) ले गरेको निर्णयका विरुद्धमा वासिङ्टन डिसीस्थित सङ्घीय अदालतले प्रश्न उठाउँदै बयानका लागि बोलाएको छ ।
अदालतले सो संस्थालाई फेब्रुअरी १८ भित्र बयानका लागि उपस्थित हुन आदेश दिएको हो । नेपाली चिकित्सक विद्यार्थीहरुका तर्फबाट नेपाली चिकित्सक परीक्षार्थीहरुको एक समूहले दायर गरेको मुद्दामा न्यायाधीश रुडोल्फ कोन्त्रेरसले सोमबार सो आदेश जारी गरेको अमेरिकास्थित एक चिकित्सकले राससलाई जानकारी दिएका छन् ।
अमेरिकामा ‘रेजिडेन्सी डाक्टर’ बनेर काम गर्दै पढ्न आएका नेपाली डाक्टरहरुको नेपालको परीक्षा र नतिजाका बारेमा सो संस्थाले प्रश्न उठाउँंदै उनीहरुलाई अयोग्य भएको निर्णय समेत गरेको थियो । सो निर्णयबाट अमेरिकामा सन् २०२२ यता काम गर्दै र पढ्दै गरेका चिकित्सकहरु समेत प्रभावित भएका थिए । यो निर्णयका विरुद्ध उनीहरुले उक्त अदालतमा मुद्दा दायर गरेका थिए ।
अदालतको यस आदेशले उनीहरुलाई केही राहत दिएको छ । अमेरिकाको ‘नेसनल बोर्ड अफ मेडिकल लाइसेन्सिङ’ लाई अदालतले नेपाली चिकित्सक परीक्षार्थीहरुलाई सो संस्थाले दिएको अन्तिम म्यादसमेत स्थगित गर्न आदेश जारी गरेको छ ।
युएसएमएलइ चिकित्सा शिक्षाको थप अध्ययनका लागि प्रवेश परीक्षा लिने चिकित्सा शिक्षा आयोगजस्तै नियामक निकाय हो । सो संस्थाले नेपालको मेडिकल परीक्षा प्रणालीप्रति प्रश्न उठाउँंदै सो परीक्षा र त्यसबाट प्राप्त भएको नतिजालाई अमेरिकाले स्वीकार नगर्ने नीति जारी गरेको थियो ।
यो निर्णयले हाल अमेरिकामा अभ्यासमा रहेका, सन् २०२२ यता अमेरिका आएर ‘रेजिडेन्सी’ गरेका र एमडी गरिरहेका नेपाली डाक्टरहरुलाई प्रभावित पारेको थियो । उनीहरुको योग्यतामा प्रश्न उठ्दा यहाँ कार्यरत काम समेत छोड्नुपर्ने र अमेरिकामा बैधानिकरुपमा भइरहेको बसोवाससमेत छोडेर फर्किनुपर्ने वाध्यकारी अवस्था आएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ३० गते, २०८२ - १०:३८
काठमाडौँ। हालै सम्पन्न निर्वाचनको समीक्षा एवं समानुपातिक सांसदको नाम टुङ्गो लगाउन शनिबार नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक बस्दै छ । दिउँसो १ ...
फाल्गुन २९ गते, २०८२ - १६:५९
काठमाडौँ। वायु प्रदूषणका कारण नेपालमा बर्सेनि करिब ४२ हजार मानिसको मृत्यु हुने गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढ...
फाल्गुन २९ गते, २०८२ - १६:४९
काठमाडौं । सर्वोच्च अदालत ले काठमाडौं उपत्यकामा देखिएको खाना पकाउने एलपी ग्यासको चरम अभाव र आपूर्ति व्यवस्थापनको विषयमा सरकारसँग स्पष्टीकरण माग गरेको ...
फाल्गुन २९ गते, २०८२ - १६:३८
कालीकोट। नेपालमा विभिन्न समयमा सम्पन्न भएका सात वटा निर्वाचनमा म्यादी प्रहरीका रूपमा सेवा गरी घर फर्किएका कालीकोटका एक स्थानीय बासिन्दालाई गाउँमा भव्य...
फाल्गुन २९ गते, २०८२ - १६:२६
काठमाडौँ। सुर्खेतको वीरेन्द्रनगरकी १६ वर्षीया किशोरी इनिसा विकको सामूहिक बलात्कारपछि भएको हत्यामा संलग्नलाई कडा कानुनी कारबाहीको माग गर्दै काठमाडौँमा ...
फाल्गुन २९ गते, २०८२ - १६:२२
काठमाडौँ। प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी उम्मेदवारहरूले निर्वाचन आयोगमा आफ्नो चुनावी खर्च विवरण बुझाउने क्रम बढेको छ । निर्वाचनमा पारदर्शिता का...
फाल्गुन २९ गते, २०८२ - १६:०७
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने चुनावको व्यस्तताका कारण स्वास्थ्य बिग्रिएर घरमै आराम गरिरहेका छन्। प्रमुख स्वकीय स...
फाल्गुन २९ गते, २०८२ - १५:५४
काठमाडौँ। श्रमविज्ञ डा. रामेश्वर नेपालले मध्यपूर्वका विभिन्न देशमा द्वन्द्वका कारण जोखिममा परेका नेपाली श्रमिकहरूलाई सरकारले तत्काल उद्धार गर्नुपर्नेम...
फाल्गुन २९ गते, २०८२ - १५:३१
काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि समाको निर्वाचनमा समानुपातिक मतको आधारमा राजनीतिक दलले पाउने सांसदको सिट सङ्ख्या निर्धारण गरेको छ । समानुपातिक तर्फ...
फाल्गुन २९ गते, २०८२ - १४:५५
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल कम्युनिस्ट पार्टी )एमाले) का अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओल...


प्रतिकृया लेख्नुहोस्: