Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

उपसभापति खड्का, गगन थापा र विश्वप्रकाश शर्माले पेस गरेको प्रस्तावप्रति नैनसिंह महरको असन्तुष्टि

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले महासमितिमा पेस गरिने तीन वटा प्रस्ताव ल्याइएकोमा असन्तुष्टि जनाएका छन्। शुक्रबार केन्द्रीय कार्यसमिति बैठकमा आफ्नो धारणा राख्दै उनले उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक प्रस्ताव तयार पारेर बिहीबार केन्द्रीय समितिमा पेस गरेको प्रति असन्तुष्टि जनाउँदै ती प्रस्तावको स्वामित्व लिन नसकिने बताए।

महरले प्रस्तावहरू केन्द्रीय सदस्यहरूसँगको छलफलबिनै तयार पारिएकोमा असन्तुष्टि जनाएका हुन्। पार्टीका तर्फबाट केन्द्रीय समितिमा आएका प्रस्तावहरू ल्याउँदा समितिको निर्णय भने पनि आजसम्म संयोजक बाहेक केन्द्रीय सदस्यसँग छलफल नभएको भन्दै उनले आपत्ति जनाए।

यो भन्दा अघिल्ला सभापतिज्यूको कार्यकालमा केन्द्रीय सदस्यहरूलाई पनि जिम्मा दिने गरेको तर यस पटक पदाधिकारी भन्दा तल झरेको छैन। यी प्रस्तावको हामीले स्वामित्व लिन सक्दैनौं,' महरले भने।

उनले गठबन्धनको विपक्षमा समेत धारणा राखेका छन्। कांग्रेसलाई जनतामाझ स्थापित गर्न गठबन्धनको आवश्यकता नरहेको महरले बताए। निर्वाचनमा कुनै ठाउँमा विशेष परिस्थितिले गठबन्धन गरिए पनि त्यसलाई संस्कारकै रूपमा विकास गर्न नहुने उनको धारणा छ। चुनावअघिको गठबन्धन अब स्वीकार्य नहुने उनको भनाइ छ।

उपसभापति खड्काले तयार पारेको नीति प्रस्तावमा इतिहासका कुरा मात्रै आएको उनले टिप्पणी गरे। ‘नयाँ कुरा खोइ?,’ उनको प्रश्न छ, ‘कांग्रेसले जीवन उपयोगी मानवतावादी शिक्षाको नीति लिनुपर्छ।’ शिक्षा पनि नैतिकतामा आधारित मानवतावादी हुनुपर्नेमा आफू प्रस्ट रहेको उनको भनाइ छ।

उनले महामन्त्री थापाको प्रस्तावमा सभापतिलाई अझै बलियो बनाउने उल्लेख गरिएकोमा विमति राखेका छन्। ‘महामन्त्रीको सांगठनिक प्रस्तावमा पार्टीका विभिन्न निकायमा सभापतिले मनोनीत गर्ने कुरामा मेरो विमति छ। समाजवादी र माओवादीसमेत निर्वाचनमा केन्द्रित भएको बेलामा पूर्ण निर्वाचित समिति बन्नेतिर पो हामी जानुपर्छ,’ उनले भने।

महरले कांग्रेसको नीतिमा युवा रोजगारका विषय समेटिनुपर्ने पनि बताए। अहिले देशमा भविष्य छैन भन्दै दिनहुँ हजारौं युवा विदेशी रहेको परिस्थितिलाई कांग्रेसले नजरअन्दाज गर्न नहुने महरले बताए।

उनले महामन्त्रीले बिहीबार पेस गरेको प्रतिवेदनमा फरक मत राख्दै लोकतन्त्र आफैँमा पूर्ण हुने भएकाले सम्पूर्णतस् लोकतन्त्र भनिरहन आवश्यक नहुने बताए।

यसका साथै महरले पार्टीबाट सरकारमा सहभागी मन्त्री र सरकारको कार्यप्रति पनि असन्तुष्टि व्यक्त गरेका छन्। उनले सरकार पदासीनहरूका लागि मात्र भएको र पार्टीका लागि प्रभावकारीहरूमा काम गर्न नसकेको बताए।

नेता महरले पार्टीका सबै तहका समितिहरू पूर्णरूपमा निर्वाचित हुनुपर्ने व्यवस्था नीतिमै गर्नुपर्ने धारणा राखे। 'चार वर्ष केन्द्रको कार्यकाल विधानले नै भनिसकेपछि चार वर्ष पुगेको दिन महाधिवेशन हुने व्यवस्था गर्नुपर्छ। पार्टी र सार्वजनिक क्षेत्रमा ५० प्रतिशत महिला समावेशीको उचित प्रयोग गर्नुपर्छ,' उनले भने। यस्तो गर्न सकेमात्र पार्टी बलियो हुने उनले बताए।

महाधिवेशन प्रतिनिधिका लागि सबै निर्वाचित भएर आउने व्यवस्था गरिनु पर्ने महरको माग छ। उनले तल्लो तहका समितिबाटै माथिसम्म पार्टीको चुनावमा टिम निर्माण गर्न नपाउने व्यवस्था गरे गुटको अन्त्य हुने धारणा राखेका छन्।

समाजवादी र माओवादीसमेत निर्वाचनप्रति केन्द्रित रहेको समयमा कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीले निर्वाचनलाई अवलम्बन नगर्नु दुखद भएको उनको धारणा छ।

पार्टीमा आबद्ध व्यक्तिलाई अवसरको न्यायोचित वितरण गर्नु पर्ने बताए। 'एक व्यक्तिले जहिले पनि अवसर पाउने अरूले अवसर नै नपाउने अवस्था आएमा पार्टीप्रति वितृष्णा पैदा हुन्छ। त्यसैले एक व्यक्तिलाई बढीमा तीन पटकसम्म एक ठाउँमा अवसर दिनुपर्छ। सधैँ उही व्यक्तिलाई अवसर दिइरहनु उपयुक्त हुँदैन। नयाँ व्यक्तिले अवसर पाउँदा नवीन सोचका साथ काम गर्छन्,' महरले भने।

कांग्रेस केन्द्रीय कार्यसमितिमा महामन्त्रीको प्रस्तावविरुद्ध फरक मत राखेका महरले महासमिति बैठक (नीति महाधिवेशन)मा पनि फरक प्रस्ताव ल्याउने तयारी गरेका छन्।  ‘बाँकी कुरा म महासमिति बैठकमै लिखित रूपमा राख्छु,’ उनले भने।

कांग्रेसले यही फागुन ७ देखि १० गतेसम्म महासमिति बैठक गर्दै छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वायु प्रदूषणले नेपालमा बर्सेनि ४२ हजार मानिसको मृत्यु

काठमाडौँ। वायु प्रदूषणका कारण नेपालमा बर्सेनि करिब ४२ हजार मानिसको मृत्यु हुने गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढ...

काठमाडौंमा एलपी ग्यास अभावबारे सरकारसँग १५ दिनभित्र लिखित जवाफ पेश गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालत ले काठमाडौं उपत्यकामा देखिएको खाना पकाउने एलपी ग्यासको चरम अभाव र आपूर्ति व्यवस्थापनको विषयमा सरकारसँग स्पष्टीकरण माग गरेको ...

५३ वर्षीय गोविन्द जो सात निर्वाचनमा म्यादी प्रहरी बने

कालीकोट। नेपालमा विभिन्न समयमा सम्पन्न भएका सात वटा निर्वाचनमा म्यादी प्रहरीका रूपमा सेवा गरी घर फर्किएका कालीकोटका एक स्थानीय बासिन्दालाई गाउँमा भव्य...

किशोरी इनिसाको बलात्कारपछि हत्या: कानुन संशोधनको माग

काठमाडौँ। सुर्खेतको वीरेन्द्रनगरकी १६ वर्षीया किशोरी इनिसा विकको सामूहिक बलात्कारपछि भएको हत्यामा संलग्नलाई कडा कानुनी कारबाहीको माग गर्दै काठमाडौँमा ...

धमाधम चुनावी खर्च सार्वजनिक गर्दै उम्मेदवार: बालेनको १४ र रविको नौ लाख, अरु नेता कसको कति ?

काठमाडौँ। प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी उम्मेदवारहरूले निर्वाचन आयोगमा आफ्नो चुनावी खर्च विवरण बुझाउने क्रम बढेको छ । निर्वाचनमा पारदर्शिता का...

रवि लामिछाने चुनावको धपेडीका कारण अस्वस्थ, बालेनसँग भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने चुनावको व्यस्तताका कारण स्वास्थ्य बिग्रिएर घरमै आराम गरिरहेका छन्। प्रमुख स्वकीय स...

मध्यपूर्वमा रहेका नेपालीको तत्काल उद्धार गर्न सरकारसँग श्रमविज्ञको आग्रह

काठमाडौँ। श्रमविज्ञ डा. रामेश्वर नेपालले मध्यपूर्वका विभिन्न देशमा द्वन्द्वका कारण जोखिममा परेका नेपाली श्रमिकहरूलाई सरकारले तत्काल उद्धार गर्नुपर्नेम...

सबै राष्ट्रिय दलका समानुपातिक मत जोड्दा पनि रास्वपालाई साढे ४ लाखभन्दा बढी मत

काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि समाको निर्वाचनमा समानुपातिक मतको आधारमा राजनीतिक दलले पाउने सांसदको सिट सङ्ख्या निर्धारण गरेको छ । समानुपातिक तर्फ...

अध्यक्ष ओलीका पिताको निधनप्रति सभापति लामिछानेद्वारा दु:ख व्यक्त

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल कम्युनिस्ट पार्टी )एमाले) का अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओल...

इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

तेहरान। तेलको मूल्य उच्च रहँदा विश्वभरका शेयर बजारमा गिरावट आएको छ । इरानका नेता आयातोल्लाह मोज्ताबा खमेनीले हर्मुज स्ट्रेट बन्द गर्ने र अमेरिका तथा इ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: