Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

लमजुङकाे अर्चलबोटमा निःशुल्क स्वास्थ्य शिविर

खबरडबली संवाददाता

लमजुङ । दोर्दी गाउँपालिका–२ अर्चलबोटमा निःशुल्क बृहत् स्वास्थ्य शिविर सञ्चालन भएको छ । रोट्रयाट क्लब अफ नारायणगढ र रोटरी क्लब अफ नारायणगढको संयुक्त आयोजनामा लक्ष्मीनारायण मावि पिपलभञ्ज्याङमा सञ्चालन भएको शिविरको उद्घाटन गर्दै सांसद उर्मिला  माझीले स्वास्थ्य नै जीवनको प्रमुख आधार भएकाले स्वास्थ्यमा विशेष ध्यान दिन सहभागीहरूलाई आग्रह गरेका थिइन् । 

उनले जनताको स्वास्थ्यप्रति राज्य र वर्तमान सरकार संवेदनशील रहेको  बताइन् । सरकारले जटिल प्रकृतिका रोगका लागि निःशुल्क उपचार, स्वास्थ्य बीमा, नाबालक र वृद्ध ज्येष्ठ नागरिकका लागि सरकारी अस्पतालमा निःशुल्क स्वास्थ्योपचारको व्यवस्था गरेको जानकारी दिँदै यसको उपयोग गर्न अपिल गरिन । 

उनले प्रत्येक स्थानीय तहमा १५ शय्या अस्पताल निर्माणको नीति कार्यान्वयनमा रहेको बताउँदै ग्रामीण भेगमा जनताको स्वास्थ्यका लागि यस्ता खालका स्वास्थ्य शिविरले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन । शिविर भूपू विद्यार्थी तथा समाजसेवी युवा सुनिल मरेटाको विशेष संयोजनमा भूतपूर्व विद्यार्थी समाजको आयोजनामा भएको हो । कार्यक्रममा सात सयभन्दा बढी सेवाग्राहीले सेवा पाएका छन् ।

कार्यक्रममा दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारी, वडाध्यक्ष गणेश खत्री, विद्यालयका प्रधानाध्यापक ईश्वरी अधिकारी, पूर्वप्रअ तथा व्यवस्थापन समिति अध्यक्ष एवं समाजसेवी रामप्रसाद पौडेल, प्रेस सेन्टर नेपालका महासचिव सन्तोष पौडेललगायत चितवनस्थित भरतपुर अस्पताललगायतबाट आएका चिकित्सकको उपस्थिति थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एनपिएल फाइनल भाेलि:उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् ।  कीर्त...

इन्डोनेसिया नवीकरणीय ऊर्जातर्फ उन्मुखः २०२६ पछि डिजेल आयात रोकिने

जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...

नापी कार्यालयका सर्वेक्षक र सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...

अमेरिकाले भनेजुएली नागरिकको ‘देश निकाला’का लागि तय गरेको उडान रद्द

काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...

धनकुटामा तमोर नदीमा हाम फालेका पुरुष बेपत्ता

धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् ।  शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...

बेलायतको वृद्धि दर घट्दै, लगानी र व्यापारमा दबाब

लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...

बुढीगण्डकी आयोजना निर्माण अघि बढाउन पहल भइरहेको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...

पाहुनाको पर्खाइमा म्याग्दीकाे ‘मुदीगाउँ’

म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...

चुनावले मात्र देशलाई लयमा ल्याउँछ : पूर्वमन्त्री भुसाल

तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...

नेकपाको एकता सन्देशसभा: पार्टीको नीति र विचार जनस्तरमा

गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending