Khabar Dabali ३१ श्रावण २०८३ आईतवार | 16th August, 2026 Sun
Investment bank

जाजरकोटमा पहिरोको त्रास : रिसाङका २ सय स्थानीय सुरक्षित स्थानमा सारिए

खबरडबली संवाददाता

जाजरकोट । चार जनाको ज्यान जाने गरी आएको बाढीपहिरोपछि उच्च जोखिममा रहेको जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ क्षेत्रका करिब २०० स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ ।

अविरल वर्षाका कारण पहिरोको जोखिम बढेपछि रिसाङ क्षेत्रका करिब ७० घरपरिवारलाई त्रिभुवन आधारभूत विद्यालयको भवनमा स्थानान्तरण गरी बसोबासको व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार जोखिममा रहेका नागरिकको उद्धार तथा सुरक्षाका लागि प्रहरी सहायक निरीक्षक (प्रसनि) प्रेमबहादुर फौजाको कमान्डमा १० जना प्रहरी परिचालन गरिएको छ ।

उद्धार गरी सुरक्षित स्थानमा सारिएकामध्ये झ्यालीखेत डाँडाका १६ जना, चिसापानीका २० जना, राउटेरे डाँडाका १५ जना र रिसाङ फारुलाका १४९ जना रहेका छन् । यी क्षेत्रबाट गरी करिब २०० जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ ।

स्थानीयवासीलाई सुरक्षित राख्न आवश्यक बासको समेत व्यवस्था गरिएको छ । तर, अविरल वर्षा जारी रहेकाले पहिरोको जोखिम अझै कायमै रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले जोखिमयुक्त क्षेत्रमा नबस्न, मौसमको अवस्था र सम्भावित जोखिमबारे सचेत रहन तथा आवश्यक सावधानी अपनाउन स्थानीयवासीलाई आग्रह गरेको छ ।

विपद्का बेला नेपाल प्रहरीले नागरिकको सुरक्षा, उद्धार तथा आवश्यक सहयोगका लागि निरन्तर जनशक्ति परिचालन गरिरहेको जनाएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

‘म हिन्दू हुँ, कसैको विरोधी होइन’ : शेरबहादुर देउवा

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू हिन्दू धर्म मान्ने व्यक्ति भए पनि कुनै धर्म वा समुदायको विरोधी नरहेको स्पष्ट पारेक...

देश रूपान्तरणका लागि शिक्षा क्षेत्रमा बौद्धिक बहस आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको रूपान्तरणका लागि शिक्षा क्षेत्रमा बौद्धिक बहससँगै रचनात्मक आन्दोलन आवश्यक रहेको बताएका छन् । ग्राम...

सरकारी रवैयाप्रति ग्यास विक्रेता महासंघ घोर आपत्ति, प्रत्यक्ष बिक्री तत्काल रोक्न सरकारसँग माग

काठमाडौं । देशभर एलपी ग्यासको अभाव चर्किएपछि ग्यास विक्रेता महासंघ नेपालले उद्योग तथा विभिन्न नाममा सञ्चालन भइरहेका बिक्री केन्द्रबाट हुने प्रत्यक्ष ब...

धनकुटामा बस दुर्घटना, तीन जना घाइते

हिले। धनकुटाको साँगुरीगढी गाउँपालिका वडा ६ चारखोले गोलाईस्थित कोशी लोकमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्...

जाजरकोटमा पहिरोको त्रास : रिसाङका २ सय स्थानीय सुरक्षित स्थानमा सारिए

जाजरकोट । चार जनाको ज्यान जाने गरी आएको बाढीपहिरोपछि उच्च जोखिममा रहेको जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ क्षेत्रका करिब २०० स्थानीयलाई सुरक्षित स्थानम...

रविको चीन भ्रमण सेप्टेम्बर दोस्रो साता, मानसरोवर जाने कार्यक्रम पनि तय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको प्रस्तावित चीन भ्रमणको मिति सरेको छ । यसअघि अगस्ट दोस्रो साता चीन जाने तयारीम...

जाजरकोटमा पहिरोको कहर : मृत्यु हुनेको संख्या ४ पुग्यो, २०० बढी विस्थापित

जाजरकोट । अविरल वर्षापछि आएको पहिरोले जाजरकोटको भेरी नगरपालिकामा ठूलो जनधनको क्षति पुर्‍याएको छ । पहिरोमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ भने ६ ...

सुनको मूल्य तोलामै ३ हजार ६ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आइतबार फेरि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँ ...

जाजरकोट पहिरो अपडेट: मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो, दुई जनाको खोजीकार्य जारी

जाजरकोट। अविरल वर्षाको कारण जाजरकोट जिल्लाको भेरी नगरपालिका–२ स्थित रिसाङ ईलाकामा आएको लेदोसहितको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ भने उ...

कोलम्बियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८७ पुग्यो, ४०० अझै बेपत्ता

कोलम्बिाया। कोलम्बियामा गत सोमबार गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या २८७ पुग्नुका साथै करिब ४०० जना अझै बेपत्ता रहेको जनाइएको छ । कोल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending