Khabar Dabali ३१ श्रावण २०८३ आईतवार | 16th August, 2026 Sun
Investment bank

रविको चीन भ्रमण सेप्टेम्बर दोस्रो साता, मानसरोवर जाने कार्यक्रम पनि तय

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको प्रस्तावित चीन भ्रमणको मिति सरेको छ । यसअघि अगस्ट दोस्रो साता चीन जाने तयारीमा रहेका लामिछाने अब सेप्टेम्बरको दोस्रो साता चीन जाने भएका छन् ।

आन्तरिक तयारीलगायतका कारण भ्रमणको मिति सारिएको स्रोतले जनाएको छ । यसबारे प्रकाशित पछिल्ला विवरणहरूले पनि भ्रमण सेप्टेम्बर दोस्रो साताका लागि सारिएको पुष्टि गर्छन् ।

भ्रमणका क्रममा लामिछाने तिब्बतस्थित मानसरोवरसमेत पुग्ने कार्यक्रम तय भएको एक उच्च सरकारी अधिकारीले बताएका छन् । यसअघि उनको भ्रमणमा मानसरोवर समावेश हुने वा नहुने निश्चित थिएन ।

चीन भ्रमणका क्रममा लामिछानेले चिनियाँ कम्युनिस्ट पार्टीका नेता तथा सरकारका उच्च अधिकारीहरूसँग भेटघाट गर्ने तयारी रहेको बताइएको छ । यद्यपि, चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भने उनको भेट नहुने स्रोतको दाबी छ ।

यसअघि भारतको दिल्ली पुगेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका लामिछानेले चीन भ्रमणका क्रममा पनि त्यस्तै उच्चस्तरीय राजनीतिक भेटघाटको वातावरण बनाउन प्रयास गरिरहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

लामिछानेको चीन भ्रमणलाई भारतपछि नेपालको अर्को छिमेकी मुलुकसँग राजनीतिक तहमा सम्बन्ध विस्तार गर्ने प्रयासका रूपमा समेत हेरिएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सरकारी रवैयाप्रति ग्यास विक्रेता महासंघ घोर आपत्ति, प्रत्यक्ष बिक्री तत्काल रोक्न सरकारसँग माग

काठमाडौं । देशभर एलपी ग्यासको अभाव चर्किएपछि ग्यास विक्रेता महासंघ नेपालले उद्योग तथा विभिन्न नाममा सञ्चालन भइरहेका बिक्री केन्द्रबाट हुने प्रत्यक्ष ब...

धनकुटामा बस दुर्घटना, तीन जना घाइते

हिले। धनकुटाको साँगुरीगढी गाउँपालिका वडा ६ चारखोले गोलाईस्थित कोशी लोकमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्...

जाजरकोटमा पहिरोको त्रास : रिसाङका २ सय स्थानीय सुरक्षित स्थानमा सारिए

जाजरकोट । चार जनाको ज्यान जाने गरी आएको बाढीपहिरोपछि उच्च जोखिममा रहेको जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ क्षेत्रका करिब २०० स्थानीयलाई सुरक्षित स्थानम...

रविको चीन भ्रमण सेप्टेम्बर दोस्रो साता, मानसरोवर जाने कार्यक्रम पनि तय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको प्रस्तावित चीन भ्रमणको मिति सरेको छ । यसअघि अगस्ट दोस्रो साता चीन जाने तयारीम...

जाजरकोटमा पहिरोको कहर : मृत्यु हुनेको संख्या ४ पुग्यो, २०० बढी विस्थापित

जाजरकोट । अविरल वर्षापछि आएको पहिरोले जाजरकोटको भेरी नगरपालिकामा ठूलो जनधनको क्षति पुर्‍याएको छ । पहिरोमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ भने ६ ...

सुनको मूल्य तोलामै ३ हजार ६ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आइतबार फेरि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँ ...

जाजरकोट पहिरो अपडेट: मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो, दुई जनाको खोजीकार्य जारी

जाजरकोट। अविरल वर्षाको कारण जाजरकोट जिल्लाको भेरी नगरपालिका–२ स्थित रिसाङ ईलाकामा आएको लेदोसहितको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ भने उ...

कोलम्बियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८७ पुग्यो, ४०० अझै बेपत्ता

कोलम्बिाया। कोलम्बियामा गत सोमबार गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या २८७ पुग्नुका साथै करिब ४०० जना अझै बेपत्ता रहेको जनाइएको छ । कोल...

बाजुराका ९३ बस्ती पहिरोको उच्च जोखिममा, ४९ बस्ती स्थानान्तरणको प्रतीक्षामा

बाजुरा । बाजुराका नौवटै स्थानीय तहका ९३ गाउँबस्ती बाढीपहिरोको उच्च जोखिममा रहेको पाइएको छ। तीमध्ये ४९ बस्ती तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्नुप...

कांग्रेस इतर समूहको राष्ट्रिय भेलामा बन्दसत्र सुरु, तीन प्रतिवेदन पेश

काठमाडौं । नेपाली कांग्रेसको इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलामा आजदेखि बन्दसत्र सुरु भएको छ। काठमाडौंको सुकेधारास्थित मिराकल प्यालेसमा जारी भेला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending