Khabar Dabali २७ जेष्ठ २०८३ बुधबार | 10th June, 2026 Wed
Investment bank

विश्व साहित्य सम्मेलन पाेर्चुगलमा हुने

खबरडबली संवाददाता

काठमाडाैं  । अनेसास पोर्चुगलले ८ औ अनेसास विश्व सम्मेलन, अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन विश्व नारी दिवसको अवसर पारेर मार्च ८- १० पोर्चुगलको लिस्बोनमा हुने भएकाे छ ।

नेपाली भाषा साहित्यको सबैभन्दा ठुलो सञ्जाल रहेको संस्था “अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज” (अनेसास) ले पोर्चुगलमा ८ औ सम्मेलन "अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन"को आयोजना गर्न लागेको हो । हरेक वर्ष विभिन्न देशमा अन्तर्राष्ट्रिय साहित्य सम्मेलन आयोजना गर्दै आएको अनेसासले यो पटक पोर्चुगलमा गर्न लागेको हो ।

आगामी मार्च ८ देखि १० तारिख अर्थात फागुन २५ देखि २७ गतेसम्म तीन दिन आयोजना हुने सम्मेलनलाई अनेसासको पोर्चुगल च्याप्टरले संयोजन तथा ब्याबस्थापन गर्दैछ ।

सम्मेलनमा अनेसास केन्द्रीय कार्यसमिति, अनेसास बोर्ड अफ ट्रष्टी, अनेसासका च्याप्टर साथै उपसमितिका अध्यक्ष तथा प्रतिनिधि, अनेसास आजिवन सदस्य, साहित्यकार, भाषा सेवी, कलाकर्मी, संस्कृतिविद लगायत विश्वभरबाट साहित्यिक कर्ममा सक्रिय व्यक्तिहरूको सहभागिता रहने अनेसास केन्द्रीय अध्यक्ष गोबर्धन पूजाले बताए ।

सम्मेलन आयोजनाको संयोजन तथा ब्यावस्थापन गरिरहेको अनेसास पोर्चुगललाई आयोजनामा अनेसास पोर्चुगल च्याप्टरलाई डेनमार्क, बेल्जियम, बेलायत, स्पेन, पोल्याण्ड, जर्मनी, इटाली, नर्वे लगायत युरोपमा रहेका अनेसासका अन्य च्याप्टरहरुले पनि सहयोग गरिरहेको अनेसास पोर्चुगलका महासचिव एन बी अन्जानले बताए ।

सम्मेलनमा नेपाली साहित्यमा महिला सहभागिता बारे छलफल, अनेसासका बारेमा छलफल, डायस्पोरा साहित्यबारे छलफल, सम्मान कार्यक्रम, पुरस्कार वितरण, पुस्तक लोकार्पण, बहुभाषिक साँस्कृतिक कार्यक्रम तथा बहुभाषिक काव्य गोष्ठीको साथै विभिन्न भाषा, साहित्य र संस्कृति माथी कार्यपत्र प्रस्तुत तथा छलफल रहने अञ्जानले जानकारी दिए ।

सामन्यतया अन्तर्राष्ट्रिय सम्मेलनहरुमा नेपाली भाषालाई मात्र प्राथमिकता दिइँदै आएकोमा पोर्चुगल सम्मेलनमा भने सम्भव भएसम्म नेपालका अन्य मातृ भाषाका साहित्य र सर्जकहरुलाई पनि समेट्ने योजना रहेको, यसका साथै सम्मेलनमा नेपाली भाषा साहित्यसँग सम्बन्धित विविध विषयमा छलफलको कार्यक्रम पनि रहने जनाए ।

युरोपमा रहेर लामो समयदेखि नेपाली भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा काम गरिरहनु भएका व्यक्तिहरुलाई पनि सम्मान गर्ने महासचिव अञ्जानले बताए । 

पोर्चुगलको राजधानी लिस्वनमा हुने सम्मेलनको पहिलो दिन मार्च ८ तारिख विश्व नारी दिवस विशेष कार्यक्रम राखिएको छ । त्यसैगरी दोस्रो दिन मार्च ९ तारिख विशेष साहित्य सम्मेलन तथा बहुभाषिक काव्य गोष्ठी राखिएको छ । जसअन्तरगत विभिन्न विषयमाथिको छलफल, कार्यपत्र प्रस्तुति सहित सम्मेलनका सम्पूर्ण गतिविधि रहने छ । त्यसैगरी अन्तिम दिन मार्च १० तारिख काव्यिक भ्रमणको कार्यक्रम तय गरिएको छ । जसमा सम्मेलनमा सहभागी साहित्यकारहरुलाई पोर्चुगलका ऐतिहासिक तथा विशेष स्थानहरुको भ्रमण गराइने छ ।

सम्मेलनलाई सभ्य र भव्य रुपमा सम्पन्न गर्नको लागि विश्वभर रहेका अनेसाससङ आवद्ध ब्यक्तित्व, कवि, लेखक, पत्रकार तथा सम्पुर्ण संघसंस्था प्रती सहयोगको अपिल समेत गरिएको छ । विशेष गरि पोर्चुगलमा रहेका विभिन्न संघ सस्थाहरुलाई यो साहित्यको महाकुम्भलाई सफल बनाउन साथ सहयोगको लागि आब्हान गरिएको छ ।

सन १९९१ मा स्थापना भएको अनेसासको मुख्यालय अमेरिकाको वासिङ्टन डिसीमा रहेको छ । विश्वभरि ८० भन्दा धेरै यसका शाखाहरु रहेको र त्यसमार्फत हालसम्म २ हजार ६ सय जनाभन्दा धेरै नेपाली भाषी साहित्यकारहरु अनेसासमा आवद्ध रहेका छन ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कर्णालीमा मनसुन पूर्वतयारी फोरम सम्पन्न, विपद् जोखिम व्यवस्थापनमा समन्वय जोड

सुर्खेत । सम्भावित मनसुनजन्य विपद् न्यूनीकरण, पूर्वतयारी र प्रतिकार्यलाई प्रभावकारी बनाउन आयोजना गरिएको ‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम २०२६’ सुर्खेत...

कोशीमा देउवा–कोइराला समूह एउटै मञ्चमा, कांग्रेसभित्र सहकार्यको नयाँ संकेत

काठमाडौं । नेपाली कांग्रेसभित्र लामो समयदेखि अलग–अलग गतिविधि गर्दै आएका संस्थापन पक्ष र इतर समूह पहिलो पटक एउटै मञ्चमा देखिने भएका छन् । कोशी प्रदेशमा...

बसाइँसराइको असर : म्याग्दीको विद्यालयमा शिक्षक र विद्यार्थी बराबर, कक्षा १ र २ शून्य

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ भालेबासस्थित धवलागिरि आधारभूत विद्यालयमा विद्यार्थी र शिक्षक–कर्मचारीको सङ्ख्या बराबर भएपछि ग्रामीण शिक्षामा बसाइँसर...

सुक्खा मनसुनको संकेत, तर विपद्को जोखिम झनै उच्च हुने चेतावनी

काठमाडौं । यस वर्ष मनसुन औसतभन्दा कम पानी पर्ने पूर्वानुमान गरिए पनि त्यसले विपद्को जोखिम घट्ने छैन भन्ने चेतावनी विज्ञहरूले दिएका छन्। बरु, छोटो अवधि...

गड्यौला मल उत्पादन गर्न किसानलाई तालिम

कञ्चनपुर । वर्षौँदेखि रासायनिक मलमा निर्भर रहँदै आएका किसान हाल गड्यौला मलप्रति आकर्षित हुन थालेका छन् । माटोको उर्वराशक्ति जोगाउन, उत्पादनको गुणस्तर ...

तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ

बागलुङ । बडिगाड गाउँपालिका–९ दर्लिङका तेजनारायण श्रेष्ठले पानी घट्ट चलाउन थालेको तीस वर्ष भयो । पानी घट्टमा अन्न पिस्दै तीन दशकअघि सुरु गरेको व्यवसाय ...

बाजुरामा तनाव चर्कियो : ३५ परिवार विस्थापित, भेडीगोठमा आगजनी

बाजुरा । बाजुराको हिमाली गाउँपालिका–३ रानीसैन क्षेत्रमा पुनः तनाव बढ्दै जाँदा ३५ भन्दा बढी भोटे समुदायका परिवार विस्थापित भएका छन्। स्थानीय अनुसार भेड...

छानबिनको ‘क्लिन चिट’सँगै गृह मन्त्रालयमा सुधन गुरुङको शक्तिशाली कमब्याक

काठमाडौं । गृहमन्त्री पदबाट राजीनामा दिएको डेढ महिनापछि सुधन गुरुङ पुनः गृह मन्त्रालयको नेतृत्वमा फर्किएका छन्। विवाद, छानबिन र राजनीतिक दबाबबीच पदबाट...

तरकारी बजारमा राहत : गोलभेँडा २० रुपैयाँमा झर्‍यो, आज कुन वस्तुको मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। पछिल्ला दिनको तुलनामा केही तरकारीको मू...

निर्देशक कृष्ण चापागाईंको अमेरिकामा निधन, नेपाली चलचित्र क्षेत्र शोकमा

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका अनुभवी निर्देशक कृष्ण चापागाईं को अमेरिकामा हृदयघातका कारण निधन भएको छ। उपचारका क्रममा बोस्टनस्थित अस्पतालमा उनको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending