Khabar Dabali २७ श्रावण २०८३ बुधबार | 12th August, 2026 Wed
Investment bank

गोर्खा सैनिक परिवारको त्यागमा केन्द्रित गोर्खा वारियरको दोश्रो ट्रेलर रिलिज

खबरडबली संवाददाता

काठमाडौं । निर्देशक मिलन चाम्स निर्देशित ऐतिहाँसिक अन्तराष्ट्रिय चलचित्र ‘गोर्खा वारियर’ यही ११ फागुनबाट नेपालमा रिलिज हुँदैछ । रिलिजको मिति नजिकिँदै गर्दा चलचित्र गोर्खा वारियरको दोस्रो ट्रेलर सोमबार सार्वजनिक गरिएको छ । यो ट्रेलरलाई पनि ओएसआर डिजिटलबाटै रिलिज गरिएको हो ।

चलचित्रको यो दोस्रो ट्रेलर त्यतिबेलाको समाज, बेलायती गोर्खा सेनामा भर्ना हुँदाको उत्साह र त्यसपछिको सँघर्षमा केन्द्रित छ । यो चलचित्रको पहिलो ट्रेलर बेलायती गोर्खा सैनिकले सन १९४९ मा मलायको इमरजेन्सी जँगल युद्धमा गरेको लडाईको सेरोफिेरोमा थियो । यो दोश्रो ट्रेलरमा मलायको युद्धसँगै ती सैनिकहरुको जीवनशैली, उनीहरुको परिवारसँग सम्बन्ध र परिवारको त्यागको कथालाई पनि प्रस्तुत गरिएको छ ।

आफ्नो छोरा तथा श्रीमानलाई सैनिक बनाउन र युद्धमा पठाउनको परिवारले गर्नु परेका सम्झौतालाई ट्रेलरमा मार्मिक रुपमा प्रस्तुत गरिएको छ । परिवारसँगैको बिछोड त्यतिबेला बिदेशमा रहेका सैनिकको खबर पाउँन उसका परिवारले एउटा चिठ्ठीको लागि महिनौ कुर्नु पर्ने बाध्यातालाई पनि ट्रेलरमा मर्मस्पर्शी रुपमा समेटिएको छ । यसपटक ट्रेलरमा बेलायती गोर्खा सैनिकको साहसिक युद्धसँगै उनीहरुका परिवारको त्याग समर्पण र विछोडको पीडालाई पनि ससक्त रुपमा उतारिएको छ ।

यो चलचित्रको ५ फागुन शनिबार धरानमा सम्पन्न ऐतिहाँसिक रेड कार्पेट प्रिमियरमा अतिथि तथा दर्शकबाट पाएको सकरात्मक प्रतिक्रियाबाट आफु निकै उत्साहित भएको निर्देशक मिलन चाम्सको कथन छ । यस्तै बेलायतको लण्डनस्थित सिनेवल्र्डमा गरिएको पहिलो ऐतिहाँसिक अन्तराष्ट्रिय रेडकार्पेट प्रिमियर र बेलायतका प्रधानमन्त्री ऋषी सुनाकले लेख्नु भएको शुभकामना संदेशले आफूलाई थप उत्साहित बनाएको पनि निर्देशक चाम्सले बताएका छन् । सिनेमाका पात्रहरुको बलिदान, सहनसिलता तथा त्यागलाई समेटेर यो दोश्रो ट्रेलर सार्वजनिक गरिएको पनि निर्देशक चाम्सले जनाएका छन् ।

नेपाली, अङ्ग्रेजी, कोरियन र हिन्दी भाषामा निर्माण गरिएको यो चलचित्रको प्रजातन्त्र दिवसको अबसरमा आज ७ फागुन साँझ पोखरामा प्रिमियर हुँदैछ । यस्तै ९ फागुनमा काठमाडौँमा रेड कार्पेट प्रिमिय हुँदैछ । गोर्खा वारियरमा नव अभिनेता रितेश चाम्ससँगै विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायतका कलाकारको अभिनय रहेको छ ।

लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको यो चलचित्रको निर्मातामा सुमन राई र सुस्मिता वाइवा छन् । यस्तै कार्याकारी निर्मातामा प्रशान्त थापा र सह–निर्मातामा रुपमा सुरेश राई छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डब्लिन घोषणापत्र : एनआरएनएले उठायो नागरिकता, लगानीदेखि सुरक्षित वैदेशिक रोजगारीसम्मका १५ मुद्दा

काठमाडौँ । गैरआवासीय नेपाली संघको १७औँ युरोप क्षेत्रीय सम्मेलनले नेपाली नागरिकताको निरन्तरता, लगानीमैत्री वातावरण, सुरक्षित वैदेशिक रोजगारी, महिला तथा...

ग्वाङ्झाउमा एनआरएनएको एसिया प्रशान्त सम्मेलन हुँदै, नेपालमा लगानीदेखि नागरिकताको अधिकारसम्म बहस हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघको ११औँ एसिया प्रशान्त क्षेत्रीय सम्मेलन आगामी अगस्ट १५ देखि १७ सम्म चीनको ग्वाङ्झाउमा आयोजना हुने भएको छ। ‘आरोहण २०२६–...

कोशी सरकारबाट कांग्रेसका मन्त्री बाहिरिए, नयाँ सत्ता समीकरणले बदलियो प्रदेशको राजनीति

विराटनगर । केन्द्रमा फेरिएको सत्ता समीकरणको असर कोशी प्रदेश सरकारमा पनि देखिएको छ। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ राजनीतिक सहकार्य बने...

रगताम्ये जुुत्ता चप्पलः कप्तानगञ्जको गोलीकाण्डदेखि मधेशको मौन आक्रोशसम्म

काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...

वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको निधन

जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...

कालीमाटीमा पार्सलेको मूल्य १ हजार ५ सयसम्म, आलु ३५ रुपैयाँदेखि

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...

च्यातिएको कपडा, सादा जीवन : हर्क साम्पाङको फरक पहिचान

काठमाडौं ।  सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...

स्याङ्जामा ‘एक सामुदायिक वन–एक पोखरी’, ३४ पोखरीले जोगाउँदै पानीका मुहान

स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...

आहारा बढेपछि शुक्लाफाँटामा बढ्दै बाघ, चार वर्षमै १४ थपिए

कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...

बढ्यो अण्डाको मूल्य, प्रतिक्रेट ५६० रुपैयाँ पुग्यो

चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending