Khabar Dabali २८ श्रावण २०८३ बिहीबार | 13th August, 2026 Thu
Investment bank

गोर्खा वारियरको पोखरामा भव्य रेडकार्पेट प्रिमियर, अतिथिको उच्च तारिफ

खबरडबली संवाददाता

पोखरा । यही ११ फागुनबाट नेपालमा रिलिज हुने मिलन चाम्स निर्देशित ऐतिहाँसिक नेपाली चलचित्र गोर्खा वारियरको पोखरा रेडकार्पेट प्रिमियर सम्पन्न भएको छ । सोमबार पोखरा मिडटाउन सिनेमाजमा भएको प्रिमियर शो ब्याण्डबाजाका साथ सम्पन्न भएको हो ।

गण्डकी प्रदेशकी उपसभामुख विना कुमारी थापाले उक्त प्रिमियर शो कार्यक्रमको उद्घाटन गरिन् । उनले गार्खा वारियर नेपालीको पहिचान भएको उल्लेख गरिन् । ७० वर्ष अगाडिको कथा सिनेमाको पर्दा मार्फत हेर्न पाउनु आफ्ना लागि पनि नौलो भएको उनले बताइन् । सिनेमाको कथावस्तुले मन छोएको प्रतिक्रिया उनको थियो ।

 गण्डकी प्रदेशका सांसद वेदबहादुर गुरुङ (श्याम) ले गोर्खा वारियर सबै विषयमा प्रफेक्ट बनेको प्रतिक्रिया दिए । उनले सबै नेपालीले हेर्नुपर्ने सिनेमा बनेको बताए । किराँत समन्वय समिति केन्द्रीय संयोजक अमृत बहादुर सुनवारले नेपाललाई सगरमाथा, गौतम बुद्ध र गोर्खालीको देश भनेर विश्वमा चिनिने हुँदा गोर्खा वारियरले उक्त पहिचानलाई ब्रकरार राख्ने उनले बताए । गोर्खालीको इतिहास बुझाउन पुस्ता हस्तान्तरणमा समेत टेवा पुग्ने उनले उल्लेख गरे ।

गुरुङ सिनेमा निर्देशक कृष्ण कुमार गुरुङले गोर्खा वारियर विश्वले हेर्ने सिनेमा बनेको बताए । गार्खाली समुदायको कथालाई विश्वले मन पराउनेमा उनी विश्वस्त छन् । कलाकार तथा पत्रकार विभू भूषालले गोर्खा वारियर एउटा कालखण्डको सिनेमा भएता पनि नेपालीको बहादुरीपनलाई झल्काउन खोजिएको सिनेमा भएको उल्लेख गरे । छायाँकन देखि संस्कारसंस्कृति सम्मका हरेक विषय समेट्न खोजिएकोले सिनेमा राम्रो बनेको प्रतिक्रिया दिए ।

प्रिमियर शो हेर्न आएका रिटार्यड ब्रीटिस आर्मी रुकमान गुरुङले सिनेमा भित्र आफुलाई पाएको अभिव्यक्ति दिए । गार्खालीको बहादुरी सँगै परिवारको कथालाई समेत जोडिएको हुँदा सिनेमाले मन छोएको उनको  प्रतिक्रिया छ ।

चलचित्र पत्रकार संघ कास्कीका निवर्तमान अध्यक्ष एवम् राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीका प्रवक्ता अरुण गिरीले वार जनराको सिनेमा बनाउन नेपालमा गाह्रो भएता पनि गोर्खा वारियर मार्फत प्रयास राम्रो भएको बताए । ७० वर्ष अगाडिको कथा भएकाले त्यतिबेलाको समाजको झल्को सिनेमामा देख्न पाइने उनले उल्लेख गर ।

नायक रितेस चाम्सले प्रीमियर शोमा पोखरेली दर्शकको माया पाउँदा खुशी लागेको बताए । दर्शकको साथमा बसेर सिनेमा हेरिरहँदा कतिको आँखामा आँशु देखेको र सिनेमाको कथावस्तुलाई रुचाएको पाइएको भनाई उनको छ । सिनेमाबाट उनी आशावादी देखिन्छन् ।

नायिका रेविका गुरुङले पोखरेली दर्शकको माया प्रति प्रतिक्रियाका लागि कुनै शब्द नभएको उल्लेख गरिन् । भावुक हुँदै उनले भनिन्,‘पोखरा प्रीमियर शोमा अथाह माया पाएका छौं । आशा छ सिनेमा रिलिज भइसकेपछि पनि विश्वभरका दर्शकको माया मिल्नेछ ।’

अग्रज संचारकर्मी नरेश भट्टराईले पोखराका दर्शकको माया प्रशंसालायक रहेको उल्लेख गरे । गोर्खा वारियर गोर्खाली लाउरेहरुको कथा भएको उल्लेख गर्दै सबैले हेर्नुपर्ने उनले बताए ।

प्रिमियरमा नेपाल आदीवासी जनजाती महासंघका केन्द्रीय महासचिव दिवस राई, तमु धी नेपालका अध्यक्ष होमबहादुर गुरुङ, नेपाल मगर संघ गण्डकी प्रदेशका अध्यक्ष पवित्रा थापा मगर, गुरुङ फिल्म एशोसियसन (जिफान) का अध्यक्ष गुञ्जबहादुर गुरुङ, भूपू ब्रीटिस आर्मी मेजर लक्ष्मी प्रसाद गुरुङ, किराँत सेवा समाज पोखरा कास्कीका अध्यक्ष दिपेन्द्र राई, आदीवासी जनजाती पत्रकार महासंघ फोनिज गण्डकी प्रदेशका अध्यक्ष रुद्र श्रीस मगर, नेपाल आदीवासी चलचित्र महासंघ गण्डकी प्रदेशका अध्यक्ष माओत्सेतुङ गुरुङ लगायतको उपस्थिति थियो । सबैले सिनेमा हेरिसकेपछि राम्रो तारिफ गरे ।

फागुन ११ गते बाट रिलिज हुने सिनेमा मिलन चाम्सले निर्देशन गरेका हुन् । सिनेमामा रितेश चाम्स, रेविका गुरुङ, विजय लामा, सिद्धार्थ सिंह, रियर राई, सुमिन गुरुङ लगायतको अभिनय छ । सुदिप बरालको डिओपी रहेको सिनेमाको सम्पादन मिलन श्रेष्ठले गरेका हुन् ।

सिनेमामा एलिस कार्कीको ब्याकराउण्ड स्कोर छ भने द्धन्द्ध निर्देशन हिमाल केसीले गरेका हुन् । सुमन राई सिनेमाका निर्माता हुन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सरकार र लघुवित्त पीडितबीच सात बुँदे सम्झौता, आन्दोलनका कार्यक्रम फिर्ता

काठमाडौँ । सरकार र आन्दोलनरत लघुवित्त पीडितबीच बिहीबार सात बुँदे सम्झौता भएको छ। सम्झौतासँगै लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलनले आफ...

कांग्रेससँगको सहकार्य महत्वपूर्ण रह्यो : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार सञ्चालनमा नेपाली कांग्रेसले गरेको सहकार्यप्रति धन्यवाद तथा आभार व्यक्त गरेका छ...

सीमाको विषय कूटनीतिक माध्यमबाटै सुल्झाउनुपर्छ : सांसद थापा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विक्रमसिंह थापाले सुनसरी, सिरहा र कपिलवस्तुमा भएका दुःखद घटनाप्रति प्रतिनिधिसभाको ध्यानाकर्षण गराएका छन्...

डिडिसीले दैनिक १५ हजार लिटर दूध खरिद गर्ने, कृषि केन्द्रीय संघ र साना किसानसँग त्रिपक्षीय सम्झौता

काठमाडौँ । नेपाल कृषि सहकारी केन्द्रीय संघ, साना किसान विकास लघुवित्त वित्तीय संस्था र दुग्ध विकास संस्थानबीच किसानबाट दूध खरिद तथा बिक्रीसम्बन्धी त्र...

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई बुधबार ललितपुरको बागडोलबाट पक्राउ गरिएको हो। श्रेष्ठविरुद्ध ...

दुई दशकदेखि रोकिएन पहिरो, घरआँगनमै आइपुग्दा पनि राज्य बेखबर

ओखलढुङ्गा । सिद्धिचरण नगरपालिका–५ डाँडाखर्कका पाँच परिवारका लागि पहिरो अब वर्षायामको मात्रै समस्या रहेन, हरेक दिनको त्रास बनेको छ। दुई दशकदेखि सिस्नेख...

पानीको संकटले रित्तिँदै पहाड : जहाँ मुहान सुके, त्यहाँ गाउँ नै खाली भए

पोखरा । हिमालको काख, पहाडका भिराला बस्ती र हरियालीले भरिएका गाउँलाई नेपालमा पानीको स्रोतको धनी मानिन्छ। तर पछिल्ला वर्षहरूमा यही पहाडमा पानीको संकट गह...

एप्पल इन्टरटेन्मेन्टको नयाँ फिल्म ‘भिडियोटेप’ घोषणा, उपासना र कुन्दन मुख्य भूमिकामा

काठमाडौँ । एप्पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको नयाँ नेपाली चलचित्र ‘भिडियोटेप’को औपचारिक घोषणा गरिएको छ। ललितपुरस्थित लाबिम मलमा आयोजित...

इट इज माइ ट्यालेन्टको जुलाई विजेता गिनीज अधिकारी, जितिन् ५० हजार रुपैयाँ

काठमाडौँ  । ‘इट इज माइ ट्यालेन्ट नेपाल’ सिजन–१ को जुलाई महिनाको विजेता गिनीज अधिकारी बनेकी छन्। प्रतिभा खोजीसम्बन्धी उक्त कार्यक्रमअन्तर्गत जुलाईको उत...

डब्लिन घोषणापत्र : एनआरएनएले उठायो नागरिकता, लगानीदेखि सुरक्षित वैदेशिक रोजगारीसम्मका १५ मुद्दा

काठमाडौँ । गैरआवासीय नेपाली संघको १७औँ युरोप क्षेत्रीय सम्मेलनले नेपाली नागरिकताको निरन्तरता, लगानीमैत्री वातावरण, सुरक्षित वैदेशिक रोजगारी, महिला तथा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending