कञ्चनपुर । बेदकोट नगरपालिका–४ बैतोडाका दलबहादुर बोहराले थोरै जग्गामा तरकारीखेती गरी घरखर्च सहजरूपमा चलाउँदै आएका छन् । चार कठ्ठा जग्गामा व्यावसायिक तरकारीखेती गरेर उनले वर्षमा दुई लाख बढी आम्दानी गर्दै आएका हुन् ।
बाह्रै महिना बोहराको बारीमा तरकारीखेतीमात्रै हुने गरेको छ । तरकारीखेतीबाटै खर्च चल्न थालेपछि विगतमा जस्तो उहाँलाई अहिले घरखर्च चलाउन भारत जानुपरेको छैन । कोरोना महामारीका कारण भारतीय सहर बैङ्गलोरमा सेल्समेनको जागिर छुटेपछि बोहरा तीन वर्षअघि घर फर्किएका हुन् ।
घर फर्केपछि बोहराले तीन वर्षदेखि व्यावसायिकरूपमा तरकारीखेती गर्दै आएका छन् । तरकारीखेतीबाटै उनको परिवारको घरखर्च सहजरूपमा चल्न थालेको छ । “विगतमा भारतमा काम गरेर घरखर्च चलाउँदै आएको थिएँ, महिनाको रु १०–१२ हजार जति पर्दथ्यो”, बोहराले भने, “कोरोनाका कारण कम्पनी बन्द भएपछि बेखर्ची भएर घर फर्केँ, फर्केर केही दिन मजदुरी गरेँ, त्यसबाट घरखर्च चलाउन सकिने अवस्था भएन ।”
उनी भन्छन्, “मोबाइलमा युट्युब हेर्थे, थोरै जग्गामा पनि मौसमी बेमौसमी तरकारीखेती गरेर मनग्य आम्दानी गरेको देखेँ, त्यसपछि तरकारीखेती गर्ने निधो गरेँ, तरकारी खेती त गर्ने कसरी गर्ने भन्ने प्रश्न उब्जिन थाल्यो ।” नले भने “तरकारीखेती सुरु गर्नका लागि बीउबिजन, मलखाद खरिद गर्ने पैसा थिएन, जेजस्तो होला भन्ने भावना मनमा पैदा भयो ।”
बोहराले भने, “साथीभाइ र छिमेकीबाट सापटी लिएर युट्युबबाट तरकारी लगाउने विधि सिक्दै तरकारी रोपेँ, पहिलो सिजनमै सापटी लिएको पैसा तिर्न भ्याएर र घरखर्च चल्नेसम्मको आम्दानी भयो ।” बोहराले तरकारीखेती गर्ने जग्गा भने चार कठ्ठा जतिमात्रै छ । त्यहीँ जग्गामा काउली, गोलभेँडा, काँक्रा, तितेकरेला, बोडी, आलुलगायत तरकारी मौसमी र बेमौसमीरूपमा लगाउँदै आएका छन् ।
तरकारीखेतीबाट आएको आम्दानी खर्च गरेर उहाँले दुईवटा प्लाष्टिक टनेल निर्माण गरेका छने । आलुलगायतका मौसमी तरकारी टनेल बाहिरै रोपेर उहाँले आम्दानी गर्दै आएका छन् । अन्य लहरे तरकारी टनेलभित्रै रोप्ने गर्दछन् । तरकारीखेतीकै लागि उनले वर्षमा ६५ हजार बढी लगानी गर्दै आएका छने । लगानी कटाएर वर्षमा एकदेखि एक लाख ८० हजारसम्म आम्दानी गर्दै आएका छन् । तीन जनाको परिवारका लागि लत्ताकपडा, खाद्यान्न र अन्य खर्च चल्ने गरेको बोहरा बताउँछन् ।
“श्रीमतीले दिउँसो निजी विद्यालयमा काम गर्छिन्”, उनले भने, “तलबबापत आउने रकम र तरकारी बिक्री गरेर आउने रकमले तीन जनाको परिवारको घरखर्च सहजरूपमा चल्छ, विद्यालयबाट फर्केपछि श्रीमतीले पनि तरकारीखेती गर्नमा सघाउने गरेकी छिन् ।”
उत्पादित तरकारी अधिकांश बारीबाटै बिक्री हुने गरेको छ । बिक्री हुन नसकेका तरकारी बोहरा साइकलमा राखेर गाउँ डुलाउँदै बेच्ने गर्छन् । तरकारीखेतीमै भविष्यका सपना बुन्न थालेकाले थप जग्गा भाडामा खोजेर ठूलो परिमाणमा तरकारी उत्पादन गर्ने धोको रहेको बोहरा बताउछन । बैतोडा गाउँमा व्यावसायिक तरकारीखेती गर्ने बोहरा एक्ला किसान हुन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०८३ - ०७:२६
काठमाडौँ । नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले पत्रकारविरुद्ध भएका अपराधमा दण्डहीनता, सञ्चारमाध्यमको आर्थिक अवस्थामा गिरावट, पत्रकारको पेस...
बैशाख २० गते, २०८३ - ०७:२६
काठमाडौं । पहिरो खसेका कारण कान्ति लोकपथ अवरुद्ध भएको छ । ललितपुरको बागमती गाउँपालिका ४ पाङदुरमा पहिरो खसेकाले कान्ति लोकपथ अवरुद्ध भएको हो । उपत्य...
बैशाख २० गते, २०८३ - ०७:२३
काठमाडौं । आइतबार दिउँसो मुलुकका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान...
बैशाख २० गते, २०८३ - ०७:२१
काठमाडौँ । लगातारको वर्षासँगै देशका विभिन्न पहाडी क्षेत्रमा पहिरो खस्दा सडक यातायात प्रभावित भएको छ। विशेषगरी अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध हुँद...
बैशाख २० गते, २०८३ - ०७:१८
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट १६ अर्ब ८१ करोड ३६ लाख ३० हजारको पेट्रोलियम पदार्थ आयात भएको छ । मेची भ...
बैशाख २० गते, २०८३ - ०६:४१
कैलाली । सार्वजनिक तथा अतिक्रमित संरचनामाथि डोजर चलाउने सरकारी अभियान चलिरहँदा बालेन्द्र शाह नेतृत्वकै लाइनमा रहेको दलका सांसदको घरबारे प्रश्न उठेको छ...
बैशाख २० गते, २०८३ - ०६:३४
काठमाडौँ । बुद्ध जयन्तीका अवसरमा पाकिस्तानको पञ्जाब सरकारसँगको सहकार्य तथा थाइल्याण्ड, श्रीलंका, म्यान्मार र भियतनामका दूतावास तथा उच्चायोगको समन्वयमा...
बैशाख २० गते, २०८३ - ०६:३१
हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिका–४ का वडा सदस्य ६३ वर्षीय मक्कबहादुर रोकाया भरुवा बन्दुकसहित पक्राउ परेका छन् । शनिबार प्रहरीले वडा सदस्य रोक...
बैशाख २० गते, २०८३ - ०६:३०
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रु...
बैशाख २० गते, २०८३ - ०६:२८
काठमाडौं । विश्वभर प्रेस स्वतन्त्रता दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ ...


प्रतिकृया लेख्नुहोस्: