Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

तालाबन्दीबीच पूर्वाधार र प्राज्ञिक विकास गर्दै मध्यपश्चिम विश्वविद्यालय

खबरडबली संवाददाता

सुर्खेत । तालाबन्दी र आन्तरिक किचलोकाबीच मध्यपश्चिम विश्वविद्यालयले पछिल्लो समय पूर्वाधार र प्राज्ञिक विकासमा फड्को मार्दै गएको गएको छ । पाँच वर्ष अगाडिको भन्दा दोब्बर विद्यार्थी सङ्ख्या वृद्धि गरेको सो केन्द्रीय विश्वविद्यालय मुलुककै एक उत्कृष्ट शैक्षिक संस्थाका रूपमा विकसित हुने बाटोमा अग्रसर देखिएको छ ।

कोभिड–१९ महामारीको असर र विभिन्न आन्दोलनको अवरोधका बाबजुद विश्वविद्यालयको नीति नियमन, भौतिक पूर्वाधार विकास, शैक्षिक–प्राज्ञिक उन्नयन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्ध विकास, व्यवस्थापकीय चुस्तता आदि विषयमा छोटो समयमा प्रगति गरेको पाइएको छ ।

सात सङ्काय, ५० कार्यक्रम, २० प्राज्ञिक संस्थान, छ सय शिक्षक–कर्मचारी र १३ हजार विद्यार्थी रहेको १३ वर्षे सो विश्वविद्यालयमा पछिल्लो समयमा कृषि विषयको स्नातक पढाइ हुन थालेपछि विद्यार्थी पढ्दै कमाउँदै अभियानमा जोडिएका छन् । हर्बल उद्योगबाट साबुन, तेललगायत सामान उत्पादन हुन थालेको छ । विश्वविद्यालयले पुँजीगत खर्च शतप्रतिशत गर्न थालेको छ भने पाँच वर्ष अगाडि रु ४० करोड ५९ लाखमा रहेको बेरुजु हाल रु तीन करोडमा झारेको छ ।

पाँच वर्षअघि साढे सात हजार विद्यार्थी रहेकोमा अहिले १३ हजार पुगेका छन् । विश्वविद्यालयको हालको वार्षिक बजेट एक अर्ब २० करोड छ । विश्वविद्यालयले कृषि उद्यमशीलतामा विश्वविद्यालय अनुदान आयोगबाट रु २७ लाखको बजेट प्राप्त गरेको छ भने नौ सय सटरबाट वार्षिक २५ करोड आम्दानी गराउने योजना कार्यान्वयनमा ल्याएको छ । पाठ्यक्रममा ७० प्रतिशत विश्वस्तर, १० प्रतिशत राष्ट्रिय र २० प्रतिशत स्थानीयका साथै ४० प्रतिशत सैद्धान्तिक र ६० प्रतिशत व्यवहारिता अपनाइएको छ ।

विश्वविद्यालयले कर्णाली बायोडाइभर्सिटि एण्ड क्लाइमेट चेन्ज ल्याब र मोलिक्युलर एण्ड जिनोमिक ल्याब, एमयु होटेल, हर्बल प्रोसेसिङ युनिट स्थापना गरेको छ भने अनुसन्धान तथा विकास केन्द्र, केन्द्रीय पुस्तकालय, परीक्षा व्यवथापन कार्यालय भवन बनाउन सुरु गरेको छ । यस्तै जैविक तथा जलवायु परिवर्तन प्रयोगशाला, नवप्रवर्तन र उद्यमशीलता केन्द्र स्थपानाजस्ता नवीन कार्यसञ्चालन विश्वविद्यालयको नेतृत्वले गरेको छ । यसबीचमा विभिन्न ३५ विश्वविद्यालय र संस्थासँग सम्झौता भएको छ । 

बिडम्बना, विश्वविद्यालय सम्बन्धन, दरबन्दी र जनशक्ति व्यवस्थापनका विषयमा विभिन्न माग राखेर गत असोज १२ गतेदेखि केही प्राध्यापक र विद्यार्थी सङ्गठनबाट पदाधिकारी र विभागीय प्रमुखका कार्यालयमा भएको तालाबन्दी उपकुलपति प्रा डा नन्दबहादुर सिंहको कार्यकाल सकिएर बिदाइ लिने समयसम्म पनि खुल्ने स्थिति छैन । उपकुलपति डा सिंहको कार्यकाल यही फागुन १७ गते सकिँदैछ । सुर्खेतको वीरेन्द्रनगरस्थित केन्द्रीय कार्याललयस्थित उपकुलपति कार्यालय, रजिष्ट्रार कार्यालय, ग्य्राजुएट स्कुलका डीन कार्यालय, निर्देशनालय, सेवा आयोगलगायतमा तालाबन्दी हुँदा दैनिक प्रशसन र सेवा प्रभावित भएको छ ।

चालु आर्थिक वर्षको दोस्रो चौमासिक निकासा अवरुद्ध हुँदा प्राध्यापक एवं कर्मचारीका तलब–भत्तालगायत सम्पूर्ण खर्च निकासमा समस्या आएको छ । तालाबन्दी गर्ने पक्षले राखेका माग विश्वविद्यालयले पूरा गर्न नसक्ने खालका भएको विश्वविद्यालयका पदाधिकारीको भनाइ छ । उपकुलपति सिंहको कार्यकाल सकिने भएकाले उहाँको सम्मानजनक बिदाइका लागि ताला खोलेर सहयोग गर्न यही फागुन १४ गते रजिष्ट्रार प्रा डा नारायणप्रसाद पौडेलले सार्वजनिक आह्वान गरे पनि त्यसको सुनुवाइ भएको देखिएन । यसबीचमा विभिन्न मुद्दा–मामिला पनि विश्वविद्यालयले खेप्दै आएको छ ।

यही फागुन ११ गते सर्वाेच्च अदालतको आदेशबाट विश्वविद्यालयले गर्दै आएका सम्बन्धनलगायत कामको निरन्तरता हुन सहजता आएको छ । पाँच महिनादेखि विश्वविद्यालयमा ताला लगाउनेमा प्रजातन्त्रवादी प्राध्यापक सङ्घ, नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठन, एकीकृत प्रगतिशील प्राध्यापक सङ्गठन, विश्वविद्यालयमा क्रियाशील नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु (क्रान्तिकारी) लगायत सङ्गठन छन् ।

विश्वविद्यालयले पटकपटक वार्ता र आह्वान गर्दै समस्याको समाधान गर्न पहल गरेको छ । उच्चस्तरीय समस्या समाधान समिति गठन गरेको छ । तालाबन्दी गर्नेमध्येका प्रजातन्त्रवादी प्राध्यापक सङ्घका सो विश्वविद्यालयका अध्यक्ष गीताराम ढकालले विश्वविद्यालयले बनाएको सम्बन्धनसम्बन्धी कार्यविधिको पालना नभइ आफूखुसी सम्बन्धन दिइएको, दरबन्दी स्वीकृत नगरी जनशक्ति नियुक्ति गरिएको र अन्य गलत कामको विरोधसहित आफूहरुले बाध्यतापूर्वक तालाबन्दी गरेको बताए ।

उपकुलपति प्रा डा सिंह भने आफूहरुले मापदण्ड र विधिभन्दा बाहिर कुनै काम नगरेको र विधि मिच्न र कथित भागवण्डाका आधारमा लाभ लिन नपाएका नपाएकाहरुले अनावश्यक विरोध गरेको जिकिर गरे । नेपाल प्रगतिशील प्राध्यापक सङ्घ, मध्यपश्चिम विश्वविद्यालकका अध्यक्ष रामप्रसाद कँडेलले भने, “अवरोधकाबीच पूर्वाधार र प्राज्ञिक विकासका साथै करिब ३० वटा नीति र कार्यविधि बन्नु तथा तालिम र अनुसन्धानात्मक काम हुनु सकारात्मक भएको प्रतिक्रिया दिए ।” 

विश्वविद्यालयले पाँच सय रोेपनी जग्गामा पाँच तारे होटेल सञ्चालन, कृषि र बायोग्यास उत्पादनआदिका माध्यमबाट रोजगारी सिर्जना गर्न थालेको छ । फूल उत्पादनको हरित घर पनि विश्वविद्यालयले बनाएको छ । कृषि विषष्मा अध्ययनरत विद्यार्थी सृष्टि गिरी पढाइसँगै स्वदेशमा रोजगारीको अवसर सिर्जना हुनु सुखद विषय भएको बताउँछन् । 

त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति शिक्षाविद् प्रा केदारभक्त माथेमा र समाजशास्त्री प्रा चैतन्य मिश्रसहितको टोलीले हालै मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालय, विभिन्न सङ्कायका साथै रामघाटस्थित ग्य्राजुएट स्कुल अफ एग्रिकल्चर एण्ड फरेस्ट्रीको अवलोकन गरी पदाधिकारीलाई प्रोत्साहन दिएका थिए । 

शिक्षाविद् माथेमाले मध्यपश्चिम विश्वविद्यालयले गरेको प्रगति र सकारात्मक प्रयासले आफू प्रभावित भएको बताउनुभयो । माथेमाले विश्वविद्यालय र शिक्षा प्रणालीमा दलीय राजनीति हुन नहुने बताउँदै विश्वविद्यालय सञ्चालन गर्न नेतृत्वमा सोच र त्यसको कार्यान्वयन गर्न सक्ने क्षमता हुनुपर्ने जनाए । प्रा मिश्रले उनले मध्यपश्चिम विश्वविद्यालयको वर्तमान नेतृत्वले गरेको प्रयास र सुधारका कार्य सह्राहनीय रहेको बताउँदै विश्वविद्यालय सुधारका लागि बोर्ड अफ ट्रस्टको व्यवस्था भएमा स्वामित्व र समर्पणभाव सिर्जना हुने विचार राखे । 

सो विश्वविद्यालयमा गत माघ ५ गते पूर्वप्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओलीले भ्रमण गरी कर्णाली बायोडाइभर्सिटि एण्ड क्लाइमेट चेन्ज ल्याब र मोलिक्युलर एण्ड जिनोमिक ल्याब तथा डिजिटल भवनको उद्घाटन गरेका थिए । गत माघ १५ गते शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले ग्य्राजुएट स्कुल अफ एजुकेशनको प्रशासनिक भवनको उद्घाटन गरेका थिए भने गत पुस ६ गते शिक्षा राज्यमन्त्री प्रमिला कुमारीले भ्रमण गरी शिक्षक प्राध्यापकसँग अन्तरक्रिया गरेकी थिइन्  ।     

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गर्भधारणका लागि कुन यौन आसन उपयुक्त हुन्छ ?

काठमाडौं । नव विवाहित जोडीकालागि पहिलो सन्तान जन्माउने प्रक्रिया चुनौती बनिदिन्छ । यसकालागि योजना अनुसार शिशुलाई जन्मदिने तयारीमा जुट्नु पर्दछ । शि...

मणिपुरमा हिंसा भड्किँदा पाँच जनाको ज्यान गुम्यो

काठमाडौं । पूर्वोत्तर भारतीय राज्य मणिपुरमा शनिबार हिंसा भड्किँदा पाँच जनाको ज्यान गुमेको छ । भारतीय सञ्चारमाध्यम हिन्दुका अनुसार पूर्वमुख्यमन्त्रीको ...

प्रहरी प्रवक्ताले ल्याए प्रहरीको पीडा पोखिएको गीत

काठमाडौं।  नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले लेखेको नयाँ गीत ‘फूलको वासना सरी’ सार्वजनिक भएको छ। प्रहरीको पीडा र भावना मुखरित गरिएको यो गीतमा...

चलचित्र “मिसिङ्गः केटी हराएको सूचना” का टिजर सार्बजनिक

काठमाडाैं । नेपाली चलचित्रको परिवेश बदल्ने भिजन लिएर दुई दशकपछि नेपाल फर्किएका चर्चित निर्देशक दीपेन्द्र गौचनले नयाँ चलचित्र “मिसिङ्गः केटी हराएको सूच...

गजितसँग नगर दोमन भन्दै आए सरिता र नमराज

काठमाडौं । गायक नमराज ढुँगाना र गायिका सरिता भारतीको युगल स्वरमा नयाँ लोकदोहोरी काठे गीत ‘नगर दोमन...’ दर्शकमाझ आएको छ । गायक नमराज ढुँगानाकै अफिसियल ...

विधिपूर्वक गणेशको पूजा आराधना गरी मनाइयो गणेश चतुर्थी

काठमाडौं। भगवान् गणेशको पूजा आराधना गरी आज गणेश चतुर्थी पर्व मनाइएको छ। सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको उत्पत्ति भएको शास्त्रीय मान्...

नाम्खा गाउँपालिकाको याल्वाङवासीका घर–घरमा धारा जडान

सिमकोट । नाम्खा गाउँपालिकाको केन्द्र याल्वाङमा घरघरमा खानेपानीका धारा जडान गरिएपछि स्थानीयवासीलाई सहज भएको छ। स्थानीयको माग अनुसार खानेपानी योजना निर्...

अनुदान नपाएपछि कैलालीमा उखुखेती घट्दै

कैलाली । नगदेबालीका रुपमा खेती हुँदै आएको उखुबारीको क्षेत्र विस्तार हुन सकेको छैन। उखुखेतीमा संलग्न किसानलाई बिउ, मललगायत आवश्यक सामग्रीमा अनुदानका का...

रुस भ्रमणमा गएका माधव नेपाल मलेसिया हुँदै मस्कोबाट फिर्ता

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल रुसको राजधानी मस्कोबाट स्वदेश फर्कीएका छन् । उनी मस्कोमा आयोजित ...

सुत्केरी मृत्यु प्रकरण: दोषीलाई कारवाही र पीडित परिवारलाई क्षतपूर्ति दिने सहमतिपछि शव पोष्टमार्टमका लागि पठाईयो

रौतहट । रौतहटको मध्यभाग गरुडा नगरपालिका-५ शिवनगरस्थित सुत्केरी महिलाको मृत्यु बारे दोषीलाई कारवाही र पीडित परिवार लाई क्षतिपूर्ति दिने सहमतिपछि मृतकको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy