चितवन । स्कुल बसको चालकलाई पेस्तोल देखाउँदै हातपात भएको एक हप्ता वित्दा समेत चितवन प्रशासन बेखबर छ । भरतपुरस्थित सनराइज इङ्गलिस बोर्डिङ स्कूलको बसका चालकलाई अज्ञात व्यक्तिले पेस्तोल देखाएर गत बुधबार हातपातसँगै धम्की दिएको कुरामा चितवन प्रशासन बेखबर भएको हो ।
विद्यार्थीलाई घर पुर्याउने क्रममा बुधबार अपरान्ह ४ः१५ बजेको समयमा भरतपुर महानगरपालिका वडा नम्वर-८ सल्यानीमा अज्ञात व्यक्तिले आफूलाई पेस्तोल देखाएर धम्की दिएको बस चालक अश्विन महतोले बताए । 'ुगाडी फर्काउने क्रममा मैले पछाडिको गाडीको प्याँप्याँ हर्नको आवज सुने । गाडी घुमाउन मैले अलिबेर लगाएछु । एक व्यक्ति झोक्किँदै बाहिर निस्किए । उक्त कालो रंगको गाडीमा रहेका व्यक्ति अचानक आएर मलाई तथानाम गाली गर्दै मेरो गर्धन समाते', चालक महतोले भने, ‘त्यसपछि पेस्तोल देखाएर हान्दिम्, मार्दिम् भनेर धम्की दिए । त्यति बेला मर्छु जस्तो लागेको थियो । तर उनले के सोचे पछि मलाई छाडेर गए । मैले रक्सी खाएको मान्छे पो रहेछ की भन्ने सोँचे । म सँग गाडीमा १ कक्षा देखि ५ कक्षा सम्म अध्ययन गर्ने १२ जनाभन्दा बढि विद्यार्थी थिए । मैले उनीहरुलाई सुरक्षित घर लैजाने कुरा मात्र सोँचे।’
घटनाको विषयमा विद्यालय प्रशासन र प्रहरी प्रशासनले खुलेर बोल्न चाहेका छैनन् । जिल्ला प्रहरी कार्यालय चितवनको प्रमुख एसपी भावेश रिमाल आफ्नो जिल्लामा यस्तो घटनानै नभएको बताउँछन् । जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख भुपेन्द्र थापाले पनि घटना नघटेको र यो विषय हल्ला मात्र भएको बताए ।
तर, यस विषयमा विद्यालयका प्रधानाध्यापक शिवकुमार बगालेले जिल्ला प्रहरी कार्यालय चितवनमा सबै जानकारी गराएको बताएका छन् । उनले भने, ‘हामीले घटनाबारे सबै जानकारी प्रहरीलाई गराइसकेका छौँ । यसबारेमा हामीले भन्दा पनि प्रहरीको अनुसन्धानबाट थाहा होला ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - ०९:१८
काठमाडौँ । प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...
पौष ५ गते, २०८२ - ०९:१५
झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी
पौष ५ गते, २०८२ - ०९:०१
काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...
पौष ५ गते, २०८२ - ०८:५६
रुपन्देही । दाङको लमही नगरपालिका–५ स्थित ‘जुनतारा सुनचाँदी’ पसलमा गोली प्रहार गर्ने व्यक्ति जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका कैदी रहेको खु...
पौष ५ गते, २०८२ - ०८:३७
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्र...
पौष ५ गते, २०८२ - ०८:३५
खोटाङ । नेपाल सरकारले बाँसबाट निर्माण हुने भौतिक संरचनाको डिजाइनसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक गरेपछि दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका जनप्रति...
पौष ५ गते, २०८२ - ०८:३३
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज चितवनको भरतपुर महानगरपालिका–१० स्थित चौबीसकोटीमा विशेष कार्यक्रम आयोजना गर्दैछ । बिहान ११ बजे सुर...
पौष ५ गते, २०८२ - ०८:२५
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर कूल १० हजार ९६७ मतदानस्थल कायम गरिएको छ । निर्वाचन आयोगले मतदातालाई सहज रू...
पौष ५ गते, २०८२ - ०७:४८
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले जेन्जी आन्दोलनको भावनाअनुसार वर्तमान सरकारले सुशासन र निष्पक्ष निर्वाचनलाई आफ्नो अर्जुन दृष्टि बनाएको बताएकी ...
पौष ५ गते, २०८२ - ०७:४५
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज काठमाडौँमा एकता सन्देश सभा आयोजना गर्दैछ । भृकुटीमण्डपमा हुने उक्त सभामा करिब ५० हजार जनाको सहभागिता ...




प्रतिकृया लेख्नुहोस्: