Ntc summer Offer
Khabar Dabali ७ मंसिर २०८१ शुक्रबार | 22nd November, 2024 Fri
Investment bank

हातमुख जोर्न बालुवाकै भर

\"sand\"म्याग्दी । बेनीमा गरिब र विपन्न मजदुर म्याग्दी र कालीगण्डकी नदी किनारमा बर्खे भेलमा जोखिम मोलेर बालुवा निकाल्न बाध्य छन् । हिउँदको कठ्याङ्ग्रँदो चिसोमा होस् वा उर्लदो बर्खे भेलमा ज्यानको जोखिम मालेर झिकेको बालुवालाई ठेकेदारलाई घटी घटाउमा बेच्नु उनीहरुका लागि अर्को बाध्यता बनेको छ । बर्खामा बेनीवासीका लागि सधैँ डर र त्रासको कारण बनेका म्याग्दी र कालीगण्डकी नदी धेरै विपन्न परिवारका लागि भने जीविकोपार्जनको स्रोत बनेको छ । दिनभर चिसो पानीमा डुबेर झिकेको बालुवा बेचेर छोराछोरीलाई स्कुल पढाएको म्याग्दी नदी किनारमा बालुवा निकाल्दै गरेकी फूलमाया भण्डारीले बताइन । उनले परिवारका तीन जनाले एक दिनमा दुई ट्र्याक्टरसम्म बालुवा निकाल्छन् । आफूले नपढे पनि छोराछोरीको शिक्षा र खुसीका लागि दुःख बिर्सिएको भण्डारीको भनाइ छ । बेनी बजार क्षेत्रमा पर्ने दुईवटै नदी किनारमा दैनिक ३० जनाको हाराहारीमा मजदुरले बालुवा निकाल्ने काम गर्दै आएका छन् । छाक टार्नलाई बालुवा झिक्दैमा जीवन बिते पनि पेट कहिल्यै नभरिएको ६० वर्षीया मजदुर हरिमाया पुनको भोगाइ छ । धेरै मजदुरको बालुवा झिक्दाझिक्दै नदीसँगै आशा र भविष्य भाँसिएको छ । उनीहरुले झिकेको बालुवाले बजारमा महल बनेका छन् । त्यही डेरा गरेर रात गुजार्ने मजदुरको दिनचर्या फेरिएको छैन् । बिहानदेखि बेलुकीसम्म नदीको भेलसँगै जीवन धकेलिरहेका मजदुरलाई जहिल्यै गाँस, बाँस, कपास र छोराछोरीको पढाइको चिन्ता छ । यही पेसाले उनीहरुका बालबालिकाले पढ्न पाएका छन् । उमेरमा शिक्षा हासिल गर्न नपाएका मजदुर उपयुक्त सीपमूलक तालिम र रोजगारीको अन्य अवसर नहुँदा नदीमा जोखिम मोलेर बालुवा झिक्न बाध्य भएको बताउँछन् । दुःख गरेर झिकेको बालुवालाई सस्तोमा बेच्नुपर्दा र ठेकेदारले समयमा पैसा नदिँदा उनीहरु समस्यामा पर्ने गर्छन् । करिब तीस बेल्चा बालुवा झिक्दा एक बोरा भरिन्छ । पचास बोरा राखेपछि  एक ट्र्याक्टर हुन्छ । खस्रो बालुवाको तीन हजार र मसिनोको दुई हजार मूल्य पर्छ । झिकेर खोलाको छेउमा थुपारेको बालुवा तुरुरु पानी झार्दै सडकसम्म ल्याएर ट्र्याक्टरमा चढाएपछि बल्ल उनीहरुको हातमा दुईतीन हजार पर्छ ।
naresh gyawali

description goes here

नयाँ संविधान मधेसी मोर्चाले जलाउने

काठमाडौं । संविधानप्रति विमति राख्दै आन्दोलनरत संयुक्त मधेसी मोर्चाले नयाँ संविधान जारी हुने दिन असोज ३ लाई कालो दिनका रुपमा मनाउने बताउँदै नयाँ संविध...

चिलीमा भूकम्पको ठुलो कम्पन्न, सुनामी आउने विज्ञको चेतावनी

एजेन्सी । ल्याटिन अमेरिकी मुलुक चिलीमा बुधबार राती ठूलो भूकम्प आएको छ । ८.३ रेक्टर स्केलको भूकम्पका कारण चिलीको राजधानी सेन्टियागोमा समेत नुक्सान ...

राष्ट्रिय सुरक्षा परिषदमा प्रधानसेनापति रहने संविधानसभाबाट पारित

काठमाडौं । संविधानसभाको बुधबारको बैठकले राष्ट्रिय सुरक्षा परिषद् गठन र सुरक्षा निकायसम्बन्धी व्यवस्था समेटिएका धारा २६१ देखि २६३ सम्मलाई बहुमतले पारित...

एएफसी यू–१६ मा नेपालद्वारा जोर्डन २–१ ले पराजित

काठमाडौं । एएफसी यू–१६ च्याम्पियनसिप छनौटको पहिलो खेलमा नेपालले जोर्डनलाई २-१ ले पराजित गरेको छ । किर्गिस्तानको बिस्केकमा भएको खेलमा नेपालले २८ औँ ...

संविधानसभाको नालीबेली– विधानसभाको चर्चादेखि संविधान घोषणासम्म

काठमाडौं । संविधानसभा विषय उठानको झण्डै सात दशकपछि मुलुकले संविधान पाउने पक्कापक्की भएको छ । अनेकौ राजनीतिक घटनाक्रमको आरोहअवरोह पार गर्दै अघि बढेको ...

संविधान जारी हुने दिन दिपावली गर्न सत्ताधारी कांग्रेस-एमालेको आह्वान

काठमाडौं । नयाँ संविधान जारी हुने दिन आगामी असोज ३ गते सत्ताधारी दल नेपाली कांग्रेस र नेकपा (एमाले)ले विशेष दिनको रुपमा मनाउदै दिपावली गर्न अाफू मातहत...

सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत

काठमाडौं । संविधानसभाले नेपालको संविधान, २०७२ को परिमार्जित विधेयकलाई दफावार ध्वनिमतका आधारमा पारित गरेसँगै नयाँ संविधानमार्फत सङ्घीय लोकतान्त्रिक गणत...

एमाओवादीले आन्दोलनरत पक्ष र सरकारका बीच सहमतिको प्रयास गर्ने

काठमाडौं । आन्दोलनरत पक्ष र सरकारकाबीच सहमतिको पहल गरेको एमाओवादीले आफ्नो पहिलो प्रयास सार्थक नभएको निष्कर्ष सहित पुनः सहमतिका लागि पहल गर्ने निर्णय ग...

नयाँ संविधान महिलामैत्रीः मन्त्री यादव

भक्तपुर । शिक्षा मन्त्री चित्रलेखा यादबले अन्तिम चरणमा पुगेको संविधान निर्माण प्रक्रियामा महिलाको सवालमा विगतमा भन्दा निकै राम्रो भएको बताएकी छन् । ...

भूकम्पपछि पशु बिमा गर्नेको सङ्ख्या बढ्यो

दोलखा । दोलखामा पशु बिमा गर्ने कृषकको सङ्ख्या ह्वात्तै वृद्धि भएको छ । विनाशकारी भूकम्पपछिको पाँच महिनामा जिल्लामा झण्डै रु साढे दुई करोडको पशुबिमा भए...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy