Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

मर्नु अघि ७० काे दशककाे बिष्फाेटकाे जिम्मा लिने जापानकी किरिशिमाकाे डिएनए पुष्टी

खबरडबली संवाददाता

काठमाडाैं । जापानको मोस्ट वान्टेड अपराधी मध्ये एक भएको दाबी गर्ने एक मृतक व्यक्तिले सत्य बोलेको डीएनए परीक्षणले खुलासा गरेको छ ।

सतोशी किरिशिमाले जनवरीमा प्रहरीलाई ‘अब म मेरो वास्तविक नामको साथ मेरो मृत्युलाई भेट्न चाहन्छु’ भन्दै दशक अघिको अपराधमा आफु संलग्न रहेको बताएकी थिइन ।

अधिकारीहरूले अब पुष्टि गरेका छन् कि ७० वर्षीया वास्तवमा किरिसिमा थिए, जो १०७० को दशकमा धेरै घातक बम विष्फोटहरू पछाडि लडाकु समूहको सदस्य रहेकी थिइन ।

‘ठ्याक्कै कसरी उनी यति लामो समयसम्म फरार रहिन, याे अचम्म छ जबकी उनको अनुहारको पोष्टर जापानभर ‘मस्ट वान्टेड’ भन्दै सजिएको भए पनि उनी कहिल्यै फेला परिनन, जब उनी अस्पताल आइन, मृत्यु अघि साँचो बोलिन कि म त्यही महिला हुँ, जसलाइ मस्ट वान्टेड भनिएको थियो,’ एक सुरक्षा अधिकारीले सञ्चारमाध्यमलाइ भने । 

समाचार अनुसार त्यतिखेर उनी पूर्वी एशिया एन्टी जापान सशस्त्र मोर्चासँग सम्बन्धित थिइन, जुन कट्टरपन्थी, वामपन्थी संगठनले ७० को दशकमा जापानको राजधानी टोकियोमा कम्पनीहरू विरुद्ध धेरै बम विष्फोटहरू गराएको थियो । जसमध्ये एक मित्सुबिशी हेवी इंडस्ट्रीज भवनलाई समेत निशाना बनाइएको थियो। सो घटनामा ८ जनाको मृत्यु र १६० भन्दा बढी घाइते भएका थिए ।

किरिशिमा समूहले गरेका अन्य चार स्थानमा आक्रमण गरेकाे आरोप छ। अन्य दुई सदस्यहरू पक्राउ पछि ती अाक्रमणमा संलग्न भएको आरोपमा मृत्युदण्डको सजाय सुनाइएको थियो। तर, उनी भने लामो समय देखी फरार रहदैँ बाँचेकी थिइन ।

यो मानिन्छ कि उनी समूहको एक मात्र सदस्य हुन्, जुन पुलिसले कहिल्यै पक्रन सकेनन् । ‘होइन कि उनले कहिल्यै हार मानेको देखिएनन, लामो कपाल भएको, चश्मा लगाएका कुनै विश्वविद्यालय विद्यार्थीको तस्वीर दशकौंदेखि देशभरका पुलिस स्टेशनहरू बाहिर पोस्टरहरूमा देखा पर्दै आएको थियो तर उनी अदभुत रूपमा लुक्न सफल भइन्’  उनकाे बास्तविकता समाचारमा पढेर थाहा पाए पछ उनकी छिमेकी हिरोसिताले भनिन् । 

तैपनि, उनको छवि व्यापक रूपमा प्रचारित भए तापनि गत महिना उनको पहिचान प्रकट हुँदा छिमेकीहरू छक्क परेका थिए । उनीहरूले उनलाइ एक शान्त र गम्भीर मानिसको रूपमा लिइरहेका थिए । उनका छिमेकीहरूका अनुसार उनको कोठामा सुन्दर गितार थियो र उनलाइ पेय पदार्थ लिदैँ गीतार बजाउने झुकाव थियो । ४०–४० बर्षसम्म उनीहरूले किरिशिमालाइ चिन्न सकेनन, उनीहरूले तीनलाइ सामान्य मानिस झै सम्झिरहेका थिए । जबसम्म उनकाे मृत्यु भएन । 

हिरोशी उचिडाको नामबाट किरिशिमा टोकियोको पश्चिमी किनारमा रहेको फुजिसावा सहरमा करिब ४० वर्षदेखि बस्दै आएकी थिइन् ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भक्तपुरमा फर्निचर उद्योगमा भीषण आगलागी, ३५ लाखभन्दा बढीको क्षति

भक्तपुर – भक्तपुरमा स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा करिब ३५ लाख ८० हजार रुपैयाँ बराबरको सामग्री नष्ट भएको छ। आगलागीले उद्योगसँगै आसपासका पसल र ...

नेविसंघका ८ पूर्वअध्यक्ष कांग्रेसबाट प्रत्यक्षतर्फ प्रतिनिधि सभा उम्मेदवार

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संगठन ‘नेपाल विद्यार्थी संघ’ (नेविसंघ)का ८ पूर्वअध्यक्ष आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष...

परम्परागत दलका पुराना लडाकूले मैदान छाड्दा नयाँ उम्मेदवारले खोटाङमा कब्जा जमाउने

खोटाङ । आगामी फागुन २१ मा खोटाङमा प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि विभिन्न दलबाट नयाँ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। यसपटक उम्मेदवारहरूले ...

कांग्रेस मधेश प्रदेश समितिको बैठक फागुन ७ मा, सभापति थापापनि सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमितिले आगामी फागुन ७ गते जनकपुरमा बैठक बोलाएको छ। मधेश प्रदेश प्रचार विभाग प्रमुख नितिशकुमा गुप्ताले बैठक...

नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपाल प्रहरीका लागि रासन स्केल र रासनबापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको छ। यो निर्णय मन्त्रिपरिषद्को आजको बैठकमा अनुमोदन भए...

बागमतीमा सत्तारुढ दलको निद हराम: ३३ क्षेत्रमा कांग्रेस–एमालेमाथि रास्वपाको कडा दबाब

ललितपुर  । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा बागमती प्रदेशको राजनीति निर्णायक मोडमा पुगेको छ। परम्परागत रूपमा सत्ताको केन्द्र मानिँदै आएको बागमतीमा...

निर्वाचन आयोगको कडा निगरानी: १० दिनमा २१ स्पष्टीकरण, अधिकांश जवाफ बाँकी

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएको १० दिनमै निर्वाचन आयोगले राजनीतिक दल, उम्मेदवार, सरकारी निकाय र सामाजिक संस्थालाई गरी २१ स्पष्टीकरण माग...

निर्वाचन सुरक्षामा कडाइ: कुकुरसहित सेना–प्रहरीको संयुक्त गस्ती

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंले कुकुरसहितको संयुक्त गस्ती सुरु गरेको छ। निर्वाचनलाई शान्ति...

ग्रीनल्यान्ड विषयमा अमेरिका–डेनमार्क वार्ता सकारात्मक दिशामा अघि बढ्यो : डेनमार्कका विदेशमन्त्री

ब्रसेल्स ।  डेनमार्कका विदेशमन्त्री लार्स लोके रास्मुसनले ग्रीनल्यान्ड विषयमा संयुक्त राज्य अमेरिकासँग प्राविधिक तहको वार्ता सुरु भएपछि आफू अझ आशावादी...

डेढ लाख घुससहित नगरपालिका इन्जिनियर अख्तियारको फन्दामा

बर्दिया । बारबर्दिया नगरपालिकाअन्तर्गत भवन तथा बस्ती विकास शाखामा कार्यरत एक इन्जिनियर घुस रकम लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending