Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank

गम्भीर संकटमा सत्ता गठबन्धन

खबरडबली संवाददाता

काठमाडौँ । मन्त्रिपरिषद् पुनर्गठन र राष्ट्रिय सभा निर्वाचनमा असहयोग र अविश्वास बढ्दा सत्ता गठबन्धन गम्भीर संकटमा परेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीसमेत समेटेर नयाँ समीकरण बनाउन निर्णायक पहल सुरु गरेका छन् । 

लामो गृहकार्यपछि आइतबार साँझ अबेर प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओली दुई–दुई सहयोगी नेताहरूसहित बालुवाटारमा औपचारिक छलफलका लागि बसेका थिए । छलफलमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र माओवादी उपमहासचिव वर्षमान पुन तथा एमाले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादव पनि साथमा थिए । सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकका लागि भनिए पनि बैठकमा वैकल्पिक सरकार निर्माणको विषयमा छलफल भएको थियो ।

सत्तारूढ कांग्रेस र माओवादीबीच अविश्वास बढेको भने लामो समय भइसकेको छ । अर्थमन्त्री प्रकाशशरण महतमाथि कार्यक्षमतामा र स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतमाथि भ्रष्टाचारमा प्रश्न उठेको भन्दै समग्र मन्त्रिपरिषद् पुनगर्ठन गर्न खोज्दा कांग्रेस सभापति देउवाले अवरोध गरेको भन्दै प्रधानमन्त्री दाहालले कांग्रेसकै पदाधिकारीसँग असन्तुष्टि व्यक्त गर्दै आएका थिए ।

यता प्रतिपक्षी सांसदहरूले विवादास्पद मन्त्रीको राजीनामा मागेर संसद्मा नाराबाजी गर्दै आएका छन् । सभामुख देवराज घिमिरेले सोमबार संसद् बैठकमा विपक्षीहरूको मागमा जवाफ दिन प्रधानमन्त्रीलाई रुलिङ गरिसकेका छन् ।

संसद् जानुअघि प्रधानमन्त्री दाहालले सत्ता गठबन्धनको बैठक बोलाएका छन् । बिहान ८ बजे बालुवाटारमा बस्ने बैठकबाट वर्तमान गठबन्धनको भविष्य तय हुने माओवादी नेताहरूको भनाइ छ । त्यसलगत्तै एमाले, माओवादी, रास्वपा र जसपाको बैठक बोलाउने दाहालको तयारी छ ।

गठबन्धन टुट्ने सम्भावना बढेपछि देउवा आइतबार रातिसम्म नेताहरूसँगको छलफलमा व्यस्त रहे । ‘अपराह्न पार्टीका सबै मन्त्रीहरूलाई बोलाएर देउवाले प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद् पुनर्गठन गर्न खोजिरहेको भन्दै सामूहिक राजीनामा दिनुपर्ने अवस्था आएको बताउनुभयो । सोमबार संसद्मा प्रधानमन्त्रीको सम्बोधन छ । त्यसअघि वर्तमान गठबन्धनको बैठक बस्छ । त्यो बेलासम्म धेरै विषय स्पष्ट हुनेछ,’ कांग्रेसका एक मन्त्रीले भने ।

उनका अनुसार देउवाले सबै मन्त्रीहरूलाई फिर्ता बोलाउने र मन्त्रिपरिषद् पुनर्गठनको प्रस्ताव गर्ने सम्भावना छ । ‘अब हाम्रो हातमा आएको राष्ट्रिय सभाको अध्यक्ष थियो, त्यो पनि दिएर गठबन्धन जोगाउने अन्तिम कसरतमा सभापति लाग्नुभएको छ । त्यति गर्दा पनि गठबन्धन जोगिने ग्यारेन्टी छैन ।’

आइतबारको राजनीतिक घटनाक्रमसँगै परराष्ट्रमन्त्री एनपी साउदको फिनल्यान्ड भ्रमण स्थगित भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार साउद आइतबार राति ‘सेकेन्ड यूएन एलडीसी फ्युचर फोरम’ मा भाग लिन त्यता जाने कार्यक्रम थियो ।

कांग्रेस र माओवादीबीचको अविश्वास संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा समेत प्रकट भएको छ । शान्ति सम्झौता भएको १७ वर्षयता यो विषयमा कांग्रेस र माओवादी सँगै थिए भने एमालेका मात्र सर्त रहँदै आएका छन् । तर, आइतबार प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिमा भने एमाले, माओवादी र रास्वपासमेत सहमत हुँदा कांग्रेसले समय चाहिने भन्दै विधेयक पारित गर्न मानेन । समितिले आइतबार बोलाएको बैठकअघि नै प्रधानमन्त्री दाहालले कांग्रेस सभापति देउवा र एमालेका अध्यक्ष ओलीसँग छलफल गरेका थिए । बैठकमा विधेयकलाई सहमतिमै टुंग्याउने समझदारी बनेको थियो ।

शीर्ष नेताहरूको छलफलपछि विधेयकमा कसरी समस्या समाधान गर्ने भन्नेबारे समिति सभापति विमला सुवेदी, कांग्रेस नेता रमेश लेखक, एमाले नेता महेश बर्तौला, रास्वपाका सन्तोष परियारलगायतबीच अनौपचारिक छलफल भएको थियो । बिहान साढे ११ बजे बोलाइएको बैठक दुई घण्टापछि दिउँसो साढे १ मा सुरु भयो । कांग्रेस, एमाले, माओवादी, रास्वपा र राप्रपाका सांसदहरूले साँझसम्म भए पनि आइतबार नै विधेयक पारित गर्ने भनिरहेका थिए । तर, कानुनमन्त्री धनराज गुरुङले सरकारलाई सहमति जुटाउन समय चाहिने भन्दै समय मागेर विधेयक रोकेका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ।

 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मध्यपहाडी लोकमार्गः ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत । पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वतखण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण सुरु भएको छ । राजमार्गको पर्वतखण्ड कालोपत्र सम...

झापा र नवलपरासीमा सवारी दुर्घटना- दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर

बनियानी ।  झापा र नवलपरासीमा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छभने एक जनाको अवस्था गम्भीर छ । झापाको बिर्तामोड नगरपालिका–५ ...

गगन-विश्वलाई पार्टीबाट निकालेका खड्काले पत्रकार सम्मेलन गर्दै

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलन गर्दैछन्।  गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशनबाट...

कांग्रेसको मान्यता नपाउने' पक्षसामु चुनाव लड्नका लागि तीन विकल्प

काठमाडौं । आमनिर्वाचन आउन ४८ दिन बाँकी रहँदा एउटा ठूलो र पुरानोमध्येको राजनीतिक दलको किचलोका कारण निर्वाचन आयोग अहिले नसोचेको गाँठो फुकाइदिनुपर्ने अवस...

‘बा’ र बालेनको पर्खाइमा झापा

काठमाडौं । ‘तपाईंहरू पनि बालेनको मान्छे हो ?’ झापाको बहुप्रचारित दमक–३ स्थित भ्युटावर अगाडि भेटिएकी ५० वर्षीया पवित्रा धिमालले सुरुमै प्रश्न गरिन् । उ...

नेता धेरै देउवातिर, प्रतिनिधि धेरै गगनतिर

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ

घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले आज १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँल...

चिसो याममा पनि ढोरपाटनमा पर्यटकको चहलपहल

बागलुङ । यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा पानी नै जम्छ भने बाक्लो तुसारोले हिँडडुल गर्न पनि समस्या हुन्छ । ढोरपाटनमा चिसो बढेपछ...

आजको मौसम- तराईमा हुस्सु, छैन पानी पर्ने सम्भावना

काठमाडौँ । हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा ह...

आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

काठमाडौँ । आज २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस  । विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । यो दिव...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending