सिरहा । सिरहाको लहान नगरपालिका–१६ स्थित तरेगना गोविन्दपुरका लक्ष्मी चौधरीको अनुहार सोमबार निकै प्रसन्न देखिन्थ्यो ।
लहान नगरपालिकाको पहलमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जोतभोगका आधारमा जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा)का लागि वितरण गरिएको निस्सापत्र प्राप्त गरेपछि उनका मुहारमा खुसी छाएको हो ।
'यही पाउनका लागि धेरै वर्षको प्रतिक्षा थियो । पुस्तौँपुस्ता बिताउनुपर्यो', हातमा निस्सापत्र देखाउँदै उनले भनिन्, 'धेरै खुसी लागेको छ । हामीले दुःखजिलो गरी गुजरा चलाउने जमिनको मालिक आफैँ हुन पाइनेभयो । यो पत्र (निस्सापत्र) लगेर घरमा श्रीमान्लाई देखाउँछु, उहाँ पनि खुसी हुनुहुन्छ ।'
लक्ष्मीजस्तै सोही वडाका रामप्रसाद महतो पनि खुसी देखिनुहुन्थ्यो । 'भूमिको नाममा कहीँकतै केही नभएको म यो निस्सा पाउँदा अब जग्गा नै पाउँछु भन्ने विश्वास लागेको छ', उनले भनिन्, 'निस्सा नभई रातो लालपुर्जा नै पाएजस्तो महसुस गरेको छु, अब सरकारले जग्गा दिनेमा विश्वस्त छु ।'
चौधरी र महतोजस्तै वडा नं १६ का तीन सय ७६ जना भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थितरूपमा बसोबास गर्दै आएका परिवारले सोमबार निस्सा पाएपछि लालपुर्जा पाउने आशमा खुसी देखिएका छन् ।
वडावासीलाई भूमिको अधिकार दिलाउन वडा र नगरको सहजीकरण समितिबाट प्रमाणीकरण गरी राष्ट्रिय भूमि आयोगसँगको समन्वयमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको लगत सङ्कलन गरी नगरपालिकाले निस्सा वितरण गरेको नगरप्रमुख महेशप्रसाद चौधरीले जानकारी दिए ।
उनले भनिन्, 'वषौँदेखि जोतभोग गरेका तर आफ्नो नाममा जग्गा नभएका यहाँका भूमिहीनलाई जग्गा दिलाउन हामीले विभिन्न वडामा पहिलो चरणको प्रक्रिया सुरु गरिसकेका छौँ । निस्सा वितरणका आधारमा नै जग्गाको नापजाँचको कामलगायतका प्रक्रिया अगाडि बढाइने छ । सम्पूर्ण प्रक्रिया पूरा गरी एक महिनाभित्रै जग्गाधनी पुर्जा वितरण गर्नका लागि राष्ट्रिय भूमि आयोगका प्रतिनिधिलाई अनुरोध गर्दछु ।'
नागरिकलाई अधिकारसहित गाँसबासको व्यवस्था गर्नु राज्यको दायित्व भएको जनाउँदै नगरपालिकाका उपप्रमुख रापचलितार महतोले वर्षौँदेखि उपभोग गर्दै आएको जमिन आफ्नो नाममा नहुँदा निराश बनेका सुकुम्बासीलाई निस्सा प्राप्ति भूमिप्राप्तिको आधार बनेको बताइन् ।
नगरपालिकाले गत माघ २८ गते वडा नं १५ का सात सय ७६ जना भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई निस्सापत्र वितरण गरेको थियो ।
राष्ट्रिय भूमि आयोग सिराहाका अध्यक्ष रामअधिन यादवले नागरिकलाई जग्गाविहीन हुन नपरोस् भनी आयोगले काम गरिरहेको बताए । उहाँको अनुसार १० वर्षसम्म एउटै जमिन जोतभोग गर्ने नागरिकलाई डेढ बिघासम्म उक्त जमिनको लालपुर्जा पाउने अधिकार हुनेछ ।
उनका अनुसार सिरहा जिल्लामा अहिलेसम्म आठ हजार सुकुम्बासी र तीन हजार आठ सय अव्यवस्थित बसोबासीले जग्गा प्राप्तिका लागि आ–आफ्नो बसोबास रहेको पालिकामा निवेदन दिएका छन् । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १३ गते, २०८२ - ०९:०७
काठमाडौं । यो साता अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका र इरानबीच युद्ध अन्त्यलाई लिएर "एकदमै राम्रो र उत्पादक संवाद" भएको बताए। तर इरानको प्रति...
चैत्र १३ गते, २०८२ - ०८:५७
डोटी । खाना खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको आदर्श गाउँपालिका–७ दहकालीकाका ५० वर्षीय काले नेपालीको मास...
चैत्र १३ गते, २०८२ - ०७:५७
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह आज प्रधानमन्त्रीमा नियुक्त हुँदै छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता ...
चैत्र १३ गते, २०८२ - ०७:५३
विद्यालय र अस्पताल झनै समस्यामा
चैत्र १३ गते, २०८२ - ०७:५०
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ...
चैत्र १३ गते, २०८२ - ०७:४४
दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका–१० सौडिकुलामा मोटरसाइकल दुर्घटना भएको हो। जिल्ला प्रहरी का...
चैत्र १३ गते, २०८२ - ०७:३१
काठमाडौँ । मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र प...
चैत्र १३ गते, २०८२ - ०७:२६
काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई बुधबार र बिहीबार पक्राउ गरिएको हो ...
चैत्र १३ गते, २०८२ - ०७:२४
काठमाडौँ । यही चैत ११ गतेका दिन कालो जिन्सको ज्याकेट र पेन्टमा जिल्ला अदालत काठमाडौँ परिसरमा भेटिएका बाजुरा त्रिवेणी नगरपालिका–७ का लोकेशकुमार अयडी नि...
चैत्र १३ गते, २०८२ - ०७:२०
काठमाडौँ । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी देशभर मनाइँदै छ । त्रेता युगमा...



प्रतिकृया लेख्नुहोस्: