Ntc summer Offer
Khabar Dabali १ बैशाख २०८१ शनिबार | 13th April, 2024 Sat
NIMB

फुटपाथ व्यवासायीमाथि कुटपीट घटनाको आयोगद्वारा अनुगमन

खबरडबली संवाददाता

काठमाडौँं। राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौँ महानगरपालिकाका प्रहरीले फुटपाथ व्यवसायीलाई कुटपिट गर्नुका साथै दुव्र्यवहार गरेको घटनाको अनुगमन गरेको छ ।

आयोगले महानगरका प्रहरीको कुटपिटबाट घाइते भएका व्यक्तिको ट्रमा सेन्टरमा उपचार भइरहेको, व्यवसायीको सामान जफत भएको र केही व्यवसायीलाई पक्राउ गरी थुनामा राखिएकोलगायत अनुगमनका क्रममा पाइएको आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले बताए ।“व्यवसायीको सामान जफत भएको र केही व्यवसायीलाई पक्राउ गरी थुनामा राखिएकोलगायत सूचना अनुगमनका क्रममा आयोगलाई प्राप्त भएका छन्”, उनले भने। 

काठमाडौँ महानगर प्रहरीले सुन्धारा आसपासका सडकमा व्यापार व्यवसाय गरिरहेका फुटपाथ व्यवसायीमाथि यही फागुन १६ गते कुटपिट तथा बल प्रयोग गरेको र तत्पश्चात् काठमाडौँ महानगर प्रहरी र फुटपाथ व्यवसायीबीच झडप हुँदा दुवैतर्फका ११ व्यक्ति घाइते भएका थिए । आयोगले उक्त घटनाको अध्ययन गरिरहेको जनाएको छ । 

घटनाको सत्यतथ्य विवरण एवं फुटपाथ व्यवसायीसँग यसअघि गरिएका सम्झौताको कार्यान्वयन अवस्थासहितको जानकारी उपलब्ध गराउन काठमाडौँ महानगरपालिकालाई पत्राचार गर्नुका साथै फुटपाथ व्यवसायी र सरोकारवालासँग जानकारीसमेत लिएको आयोगले जनाएको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अज्ञात समूहले मध्यरातमा बुद्धचित्तको बोट काटेर आँगनमा राखे चारवटा सकेट बम

काभ्रे । अज्ञात समूहले काभ्रेमा बुद्धचित्तको बोट काटेर एक घरमा चारवटा सकेट बम राखेर फरार भएका छन्।  रोशी गाउँपालिका ५ नागबेलीस्थित ठाकुरानी तामाङको...

मन्दीको असर- हेटौँडाका उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन सकेनन्

हेटौँडा । हेटौँडा औद्योगिक क्षेत्रका उद्योगबाट उत्पादित सामग्री अपेक्षाकृत बिक्री नहुँदा सञ्चालनमा समस्या भएको छ ।  कच्चा पदार्थ अभाव, लागत वृद्धि तथा...

अमेरिकी डलर ठगी मुद्दामा भियतनामकी अर्बपति ट्रुओङलाई मृत्युदण्ड

काठमाडौं । यो अहिलेसम्म भियतनाममा भएको सबैभन्दा चर्चित सुनुवाइ हो। यो मुद्दा विश्वभरिकै एउटा ठूलो ब्याङ्क ठगीसँग सम्बन्धित छ। हो ची मिन्ह सिटीमा एउ...

डोल्पामा डढेलो- एक बालकको मृत्यु, दुई जनालाई हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

डोल्पा । जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सुँ सामुदायिक वनमा आगलागीमा हुँदा घाइते भएका तीनजना बालबालिकामध्ये एकजनाको मृत्यु भएको छ । जिल्...

लुम्बिनीका मुख्यमन्त्री महराले विश्वासको मत लिँदै

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिँदैछन्। चैत २३ गते मुख्यमन्त्री बनेका महराले दिउँसो १ बजे प्रदेश सभामा व...

एसीसी प्रिमियर कप- पहिलो खेल मलेसियासँग खेल्दै नेपाल

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत नेपालले आज पहिलो खेल मलेसियासँग खेल्दैछ । ओमानमा जारी खेल नेपाली समय अनुसार दिउँसो ४ः१५ बजे सुरु हुनेछ ।  १० ...

यसकारण उपनिर्वाचनमा मतदान गर्न वञ्चित हुँदैछन् इलामका विद्यार्थी

इलाम । वैशाख १५ मा हुने इलाम– २ को उप–निर्वाचनमा कक्षा १२ र स्नातक दोस्रो वर्षका विद्यार्थीहरू मतदान गर्नबाट वञ्चित हुने भएका छन् ।  कक्षा १२ को वै...

४० वर्षअघिदेखि अध्ययन भएको राष्ट्रिय गौरवको दूधकोशी आयोजना निर्माणको तयारी

खोटाङ । छ सय ३५ मेगावाटको दूधकोशी जलविद्युत् आयोजना सुरु गर्न सरकार र लगानीकर्ताबीच सहमति भएको छ । खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुको सिमानाबाट बग्ने दूध...

बाजुरा केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का

बाजुरा । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बाजुराको बाह्रबिसे वरपर केन्द्रबिन्दु बनाएर गए राति भूकम्प गएको छ । गए राति ३ः५३ बजे ३.७  रेक्टर स्केलको...

गोरखाको रुन्चेतगाउँ पुग्न भिर खोपेर पुल बनाइँदै

गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिका–२ मा पर्ने रुन्चेतगाउँ सडक सञ्जालबाट जोडिएको छैन । गाउँपालिकाको ३ नं वडामा पर्ने लुसीकाङगाउँबाट रुन्चेतगाउँ न...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies