Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

काभ्रेको सुन्तलामा ‘सूक्ष्म खाद्यत्व’को अभाव, उपचार थालियो

खबरडबली संवाददाता

काभ्रेपलाञ्चोक । पछिल्ला वर्षसम्म सुन्तलाको लागि प्रख्यात काभ्रेको सुन्तला बगैँचामा ‘सूक्ष्म खाद्यत्व’को अभाव देखिएको पाइएको छ । जिल्लास्थित सुन्तला पकेट क्षेत्रका बगैँचाको स्थलगत अनुगमनका क्रममा सूक्ष्म खाद्यात्वको अभाव देखिएकाले पुर्नजागृत गराउन आवश्यक देखिएको कृषि विकास कार्यालय धुलिखेलले जनाएको छ । 

सुन्तला पकेट क्षेत्रका बगैँचाको स्थलगत अनुगमनपछि समस्याग्रस्त सुन्तला बोटलाई पुर्नजागृत गराउन पहिलो चरणमा पनौती नगरपालिका–१० सत्यालडाँडामा रहेको पुरानो बगैँचाका सुन्तलाको बोटमा उपचार सुरु गरिएको छ । पुराना बोट भए पनि समस्याग्रस्त सुन्तला बगैँचाका सुन्तलाको बोट काटेर नष्ट गर्नुको सट्टा सामान्य काँटछाँट गर्ने, ऐजेरु हटाउने र चुन तथा निलोतुथोको प्रयोग गरी पुराना बोटलाई उत्पादनशील अवस्थामा फर्काउन पुराना सुन्तला बोटको उपचार थालिएको कार्यालयका प्रमुख कुलप्रसाद दवाडीले जानकारी दिए । 

उनका अनुसार कार्यालयले सुन्तला बोटको उपचारका लागि बाली संरक्षण प्रयोगशाला हरिहर भवनको सहयोगमा सत्यालडाँडामा रहेका सुन्तला किसानलाई निलोतुथो, कपरअक्सी क्लोराइड, हाँगा काट्ने आरी, सिकेचर, निलोतुथो, सुन्तला टिप्ने भर्याङ तथा १७ थान स्प्रेयर पम्प ८० प्रतिशत अनुदानमा वितरणसमेत गरिएको छ । “अन्य समस्याग्रस्त सुन्तला बगौँचामा क्रमश उपचार गर्दै किसानलाई सहयोग गर्दै जाने योजना बनाउँदै छौँ”, कार्यालय प्रमुख दवाडीले भने । 

सूक्ष्म खाद्यत्वसँगै जिल्लाका सुन्तला पकेट क्षेत्र तीन नगर धुलिखेल, पनौती र नमोबुद्ध तथा बेथानचोक गाउँपालिकाको बगैँचामा नाइट्रोजन, फस्फोरस र पोटासको अभाव देखिएको जनाइएको छ । अभाव हटाउन सामान्य काँटछाँट गर्ने, ऐजेरु हटाउने, चुन र निलोतुथो, प्रोटिन बेटको प्रयोग गरी पुराना बोटलाई उत्पादनशील अवस्थामा फर्काउँदा सुन्तलामा सूक्ष्म खाद्यात्व न्यूनीकरण हुँदै जाने दवाडीले बताए। 

गत वर्ष पनौती नपा–९ स्थित पुरानो सुन्तला बगैँचा पुर्नजागृत गराउन काँटछाँट, प्रोटिन बेटको प्रयोग, निलोतुथो, चुनको प्रयोग र सूक्ष्म खाद्यात्वको प्रयोग गरी सुन्तला बोटको उपचार गर्दा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको कार्यालयले जनाएको छ । 

उनले भने, “जिल्लाका सुन्तला किसानलाई सूक्ष्म खाद्यात्वको प्रयोग गर्न सुझाव दिँदै आइएको छ, अब स्थानीय तहसँगको सहकार्यमा प्राविधिकसहित उपचारमा जाने छौँ ।” उनका अनुसार जिल्लाका सुन्तलाका बोट समस्याग्रस्त अवस्थामा रहे पनि कार्यालयमा चालु आर्थिक वर्षमा सुन्तला प्रवद्र्धनका लागि कुनै कार्यक्रम र बजेट छैन । 

रोगकै कारण सुन्तला उत्पादनमा कमी हुने भएपछि कार्यालयले प्राविधिक सल्लाह तथा आवश्यक औषधि वितरण गर्दै आइएको कृषि प्रसार अधिकृत विवेकानन्द महतले बताए। उनका अनुसार गत बर्षसम्म जिल्लाभर करिव २० प्रतिशत सुन्तलामा औँसा किराको प्रकोप देखिएको छ । यसका कारण बोटमा रहेका सुन्तलामध्ये दश प्रतिशत कुहिएर झर्ने गर्दछ ।

गत वर्ष छ हजार पाँच सय १४ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो भने यस वर्ष करिव सात हजार मेट्रिक टन सुन्तला उत्पादन भएको जनाइएको छ । जिल्लाको शङ्खु, शारदाबतासे, पनौती, बल्थली, चलाल गणेस्थान, कुशादेवी, रयाले, महेन्द्रज्योति, काभ्रे, पात्लेखेत, फूलबारी, श्यामपाटी, साँगा, जनागाललगायतका स्थानलाई सुन्तला पकेट क्षेत्र हुन् । 

कार्यालयका अनुसार जिल्लामा सुन्तला खेती हुँदै आएको हाल एक हजार दुई सय ६४ हेक्टर (२५ हजार रोपनी) जमिनमा वार्षिक करिब सात हजार मेट्रिक टन सुन्तला उत्पादन हुँदै आएको जनाएको छ । केही वर्षअघिसम्म जिल्लामा वार्षिक रु ४० करोडभन्दा बढी सुन्तला बिक्रीबाट भित्रने गर्दथ्यो । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इरानले अमेरिकासँग वार्ताको प्रस्ताव अस्वीकार गर्दा झल्कियो गहिरो अविश्वास

काठमाडौं । यो साता अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका र इरानबीच युद्ध अन्त्यलाई लिएर "एकदमै राम्रो र उत्पादक संवाद" भएको बताए। तर इरानको प्रति...

घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु

डोटी । खाना खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु भएको छ ।  जिल्लाको आदर्श गाउँपालिका–७ दहकालीकाका ५० वर्षीय काले नेपालीको मास...

बालेन्द्र सरकारमा यी हुन् सम्भावित मन्त्रीका नाम, एक तिहाइ महिला समेट्ने प्रयास

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह आज प्रधानमन्त्रीमा नियुक्त हुँदै छन् ।  राष्ट्रपति कार्यालयका प्रवक्ता ...

अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित

विद्यालय र अस्पताल झनै समस्यामा

अधिकांश विदेशी मुद्राको भाउ घट्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ...

दाङमा मोटरसाइकल दुर्घटना हुँदा पछाडि बस्ने युवकको मृत्यु, चालक गम्भीर घाइते

दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका–१० सौडिकुलामा मोटरसाइकल दुर्घटना भएको हो।   जिल्ला प्रहरी का...

प्रधानमन्त्रीको शपथ लिँदै बालेन

काठमाडौँ ।  मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र प...

लागुऔषधसहित विभिन्न स्थानबाट चौध जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई बुधबार र बिहीबार पक्राउ गरिएको हो ...

परम्परा तोड्दै ‘कोर्ट म्यारिज’ प्रति आकर्षण बढ्दो

काठमाडौँ । यही चैत ११ गतेका दिन कालो जिन्सको ज्याकेट र पेन्टमा जिल्ला अदालत काठमाडौँ परिसरमा भेटिएका बाजुरा त्रिवेणी नगरपालिका–७ का लोकेशकुमार अयडी नि...

चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

काठमाडौँ । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी देशभर मनाइँदै छ । त्रेता युगमा...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending