Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank

काभ्रेको सुन्तलामा ‘सूक्ष्म खाद्यत्व’को अभाव, उपचार थालियो

खबरडबली संवाददाता

काभ्रेपलाञ्चोक । पछिल्ला वर्षसम्म सुन्तलाको लागि प्रख्यात काभ्रेको सुन्तला बगैँचामा ‘सूक्ष्म खाद्यत्व’को अभाव देखिएको पाइएको छ । जिल्लास्थित सुन्तला पकेट क्षेत्रका बगैँचाको स्थलगत अनुगमनका क्रममा सूक्ष्म खाद्यात्वको अभाव देखिएकाले पुर्नजागृत गराउन आवश्यक देखिएको कृषि विकास कार्यालय धुलिखेलले जनाएको छ । 

सुन्तला पकेट क्षेत्रका बगैँचाको स्थलगत अनुगमनपछि समस्याग्रस्त सुन्तला बोटलाई पुर्नजागृत गराउन पहिलो चरणमा पनौती नगरपालिका–१० सत्यालडाँडामा रहेको पुरानो बगैँचाका सुन्तलाको बोटमा उपचार सुरु गरिएको छ । पुराना बोट भए पनि समस्याग्रस्त सुन्तला बगैँचाका सुन्तलाको बोट काटेर नष्ट गर्नुको सट्टा सामान्य काँटछाँट गर्ने, ऐजेरु हटाउने र चुन तथा निलोतुथोको प्रयोग गरी पुराना बोटलाई उत्पादनशील अवस्थामा फर्काउन पुराना सुन्तला बोटको उपचार थालिएको कार्यालयका प्रमुख कुलप्रसाद दवाडीले जानकारी दिए । 

उनका अनुसार कार्यालयले सुन्तला बोटको उपचारका लागि बाली संरक्षण प्रयोगशाला हरिहर भवनको सहयोगमा सत्यालडाँडामा रहेका सुन्तला किसानलाई निलोतुथो, कपरअक्सी क्लोराइड, हाँगा काट्ने आरी, सिकेचर, निलोतुथो, सुन्तला टिप्ने भर्याङ तथा १७ थान स्प्रेयर पम्प ८० प्रतिशत अनुदानमा वितरणसमेत गरिएको छ । “अन्य समस्याग्रस्त सुन्तला बगौँचामा क्रमश उपचार गर्दै किसानलाई सहयोग गर्दै जाने योजना बनाउँदै छौँ”, कार्यालय प्रमुख दवाडीले भने । 

सूक्ष्म खाद्यत्वसँगै जिल्लाका सुन्तला पकेट क्षेत्र तीन नगर धुलिखेल, पनौती र नमोबुद्ध तथा बेथानचोक गाउँपालिकाको बगैँचामा नाइट्रोजन, फस्फोरस र पोटासको अभाव देखिएको जनाइएको छ । अभाव हटाउन सामान्य काँटछाँट गर्ने, ऐजेरु हटाउने, चुन र निलोतुथो, प्रोटिन बेटको प्रयोग गरी पुराना बोटलाई उत्पादनशील अवस्थामा फर्काउँदा सुन्तलामा सूक्ष्म खाद्यात्व न्यूनीकरण हुँदै जाने दवाडीले बताए। 

गत वर्ष पनौती नपा–९ स्थित पुरानो सुन्तला बगैँचा पुर्नजागृत गराउन काँटछाँट, प्रोटिन बेटको प्रयोग, निलोतुथो, चुनको प्रयोग र सूक्ष्म खाद्यात्वको प्रयोग गरी सुन्तला बोटको उपचार गर्दा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको कार्यालयले जनाएको छ । 

उनले भने, “जिल्लाका सुन्तला किसानलाई सूक्ष्म खाद्यात्वको प्रयोग गर्न सुझाव दिँदै आइएको छ, अब स्थानीय तहसँगको सहकार्यमा प्राविधिकसहित उपचारमा जाने छौँ ।” उनका अनुसार जिल्लाका सुन्तलाका बोट समस्याग्रस्त अवस्थामा रहे पनि कार्यालयमा चालु आर्थिक वर्षमा सुन्तला प्रवद्र्धनका लागि कुनै कार्यक्रम र बजेट छैन । 

रोगकै कारण सुन्तला उत्पादनमा कमी हुने भएपछि कार्यालयले प्राविधिक सल्लाह तथा आवश्यक औषधि वितरण गर्दै आइएको कृषि प्रसार अधिकृत विवेकानन्द महतले बताए। उनका अनुसार गत बर्षसम्म जिल्लाभर करिव २० प्रतिशत सुन्तलामा औँसा किराको प्रकोप देखिएको छ । यसका कारण बोटमा रहेका सुन्तलामध्ये दश प्रतिशत कुहिएर झर्ने गर्दछ ।

गत वर्ष छ हजार पाँच सय १४ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो भने यस वर्ष करिव सात हजार मेट्रिक टन सुन्तला उत्पादन भएको जनाइएको छ । जिल्लाको शङ्खु, शारदाबतासे, पनौती, बल्थली, चलाल गणेस्थान, कुशादेवी, रयाले, महेन्द्रज्योति, काभ्रे, पात्लेखेत, फूलबारी, श्यामपाटी, साँगा, जनागाललगायतका स्थानलाई सुन्तला पकेट क्षेत्र हुन् । 

कार्यालयका अनुसार जिल्लामा सुन्तला खेती हुँदै आएको हाल एक हजार दुई सय ६४ हेक्टर (२५ हजार रोपनी) जमिनमा वार्षिक करिब सात हजार मेट्रिक टन सुन्तला उत्पादन हुँदै आएको जनाएको छ । केही वर्षअघिसम्म जिल्लामा वार्षिक रु ४० करोडभन्दा बढी सुन्तला बिक्रीबाट भित्रने गर्दथ्यो । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मध्यपहाडी लोकमार्गः ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत । पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वतखण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण सुरु भएको छ । राजमार्गको पर्वतखण्ड कालोपत्र सम...

झापा र नवलपरासीमा सवारी दुर्घटना- दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर

बनियानी ।  झापा र नवलपरासीमा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छभने एक जनाको अवस्था गम्भीर छ । झापाको बिर्तामोड नगरपालिका–५ ...

गगन-विश्वलाई पार्टीबाट निकालेका खड्काले पत्रकार सम्मेलन गर्दै

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलन गर्दैछन्।  गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशनबाट...

कांग्रेसको मान्यता नपाउने' पक्षसामु चुनाव लड्नका लागि तीन विकल्प

काठमाडौं । आमनिर्वाचन आउन ४८ दिन बाँकी रहँदा एउटा ठूलो र पुरानोमध्येको राजनीतिक दलको किचलोका कारण निर्वाचन आयोग अहिले नसोचेको गाँठो फुकाइदिनुपर्ने अवस...

‘बा’ र बालेनको पर्खाइमा झापा

काठमाडौं । ‘तपाईंहरू पनि बालेनको मान्छे हो ?’ झापाको बहुप्रचारित दमक–३ स्थित भ्युटावर अगाडि भेटिएकी ५० वर्षीया पवित्रा धिमालले सुरुमै प्रश्न गरिन् । उ...

नेता धेरै देउवातिर, प्रतिनिधि धेरै गगनतिर

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ

घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले आज १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँल...

चिसो याममा पनि ढोरपाटनमा पर्यटकको चहलपहल

बागलुङ । यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा पानी नै जम्छ भने बाक्लो तुसारोले हिँडडुल गर्न पनि समस्या हुन्छ । ढोरपाटनमा चिसो बढेपछ...

आजको मौसम- तराईमा हुस्सु, छैन पानी पर्ने सम्भावना

काठमाडौँ । हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा ह...

आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

काठमाडौँ । आज २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस  । विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । यो दिव...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending