Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

श्रमिक महिला दिवस : महिलाको सुरक्षा र आर्थिक सशक्तीकरणमा जोड

खबरडबली संवाददाता

टीकापुर । कैलालीका महिलाले सुरक्षा र आर्थिक सशक्तीकरणमा जोड दिनेखालका कार्यक्रम स्थानीय सरकारले गर्नुपर्ने माग गर्न थालेका छन् । महिला समाजमा महिलाको सुरक्षा चुनौती थपिँदै गएकाले सुरक्षाको वातावरण बनाइ महिलालाई आयआर्जनसँग जोड्ने खालका कार्यक्रम ल्याउनुपर्ने उनीहरु बताउँछन् । 

अधिकारकर्मी गीता चौधरी महिलाको आर्थिक अवस्था कमजोर भएकाले हिंसा सहनुपरेको बताउछिन्। “महिलाका समस्या थुप्रै छन्, हामी हरेक वर्ष श्रमिक दिवस मनाउँछौँ, महिला रातदिन घरमा श्रम गर्नुहुन्छ”, उनले भन्नुभयोनिन्, “तर महिलाको श्रमको मूल्य छैन, आउँदा दिनमा महिलाको श्रमको मूल्य स्थापित भएमा, महिला आयआर्जनका कार्यमा जोडिएमा हिंसाका घटनामा कमी आउँछन् । महिलालाई आयआर्जनमा जोड्न स्थानीय सरकार बढी जिम्मेवार बन्नुपर्छ ।”

एक सय १४औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस आज कैलालीका सबै पालिका तथा सङ्घसंस्थाले पनि मनाउँदैछन् । हरेक वर्ष अन्तर्राष्ट्रिय नारी दिवस मार्च ८ तारिखका दिन मनाउने गरिन्छ । यस वर्ष ‘नेपालमा महिलामा लगानी, सभ्य र समुन्नत समाजको थालनी’ भन्ने मूल नाराका साथ मनाइँदै छ । 

नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर यो दिवस मनाउने चलन छ । टीकापुर–१ की बन्दना जैसी हरेक वर्ष श्रमिक महिला दिवस मनाए पनि महिलाको जीवनशैलीमा परिवर्तन आउन नसकेको बताउनुहुन्छ । “महिलालाई आर्थिकरुपमा सक्षम बनाउने, आत्मनिर्भर बनाउने, महिलालाई घरमात्र नभई समाज विकासमा सक्रिय गराउने काम गर्नुपर्छ”, उनी भन्छिन्, “जो शक्तिमा छ उसैले हिंसा गर्ने भएकाले महिलालाई बलियो बनाउन आर्थिक आम्दानी हुने काममा लगाउनुपर्छ । हामी महिला पनि सचेत हुनुपर्छ ।”

अधिकारकर्मी निर्मला कडायत महिलाका समस्या उस्तै रहेकाले उनीहरुको सुरक्षाबारे स्थानीय सरकारले नीति बनाएर काम गर्न आवश्यक रहेको बताउछिन् । उनी भन्छिन्, “महिला ढुक्कले हिँड्ने, सामाजिक कार्यमा सक्रिय हुने वातावरण बन्नुपर्छ ।”

जानकी गाउँपालिकाका उपाध्यक्ष लालमति कठरिया पालिकाको न्यायिक समितिमा आउने उजुरीमा हिंसाका घटना थोरै रहेका बताउछिन् । “महिला अझै खुल्न सकेका छैनन, सहेर बस्ने गरेका छन्, हिंसाका घटना छन्, तर उजुरी गर्न आउँदैनन्”, उनी भन्छिन् “आर्थिकरुपमा महिला कमजोर रहेकाले नखुलेका हुन्, त्यसैले महिलालाई सीपमूलक सीप सिकाउने, उद्यमी बनाउनुपर्छ भनी हामी जुटेका छौँ । महिला आफँै कमाउने भएमा हिंसाका घटनामा कमी आउँछन् ।” 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

रुपन्देही । उच्च अदालत बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्न आदेश ...

लगानीका लागि सकारात्मक वातावरण बनाउन आवश्यक : उद्योगमन्त्री सिन्हा

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले लगानीका लागि सकारात्मक वातावरण बनाउनु पर्ने बताएको छन् । उनले वर्तमान सरकारको मुख्...

सरकार जेनजीबीचको १० बुँदे सम्झौताविरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेसी तोकियो

काठमाडौँ । सरकार र जेनजीबीच गत मंसिर २४ गते सम्पन्न १० बुँदे सम्झौताविरुद्ध गम्भीर संवैधानिक प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ...

गृह मन्त्रालयले दियो जेनजी घाइतेको वर्गीकरणलाई तीव्रता

काठमाडौँ। सरकारले भदौ २३ र २४ गतेको घटनामा घाइते भएकाहरूको वर्गीकरण प्रक्रियालाई तीव्रता दिएको छ । जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएका व्यक्तिको अ...

समयमा संकट समाधान भएन भने विष्फोटको अवस्था आउँछ : श्रममन्त्री भण्डारी

काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले समयमा संकट समाधान नभए विष्फोटको अवस्था आउने बताएको छन्। मन्त्री भण्डारीले...

महासचिवमा हारेका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा महासचिवमा पराजित भएका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित ...

रास्वपामा प्रतिनिधिसभा समानुपातिक उम्मेदवारीका लागि ३२५ आवेदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ उम्मेदवारका लागि मंसिर मसान्तसम्म कुल ...

डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजना: पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न

म्याग्दी। म्याग्दी र राहुघाट वेसिनका जलविद्युत् आयोजनाबाट उत्पादन हुुने विद्युतलाई केन्द्रीय प्रणालीमा आवद्ध गराउन सञ्चालन भएको डाडाखेत–राहुघाट प्रसार...

स्थानीय तहलाई काम गर्न कसैले रोक्न सक्दैनन् : महानगर प्रमुख महर्जन

काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्थानीय तहलाई काम गर्न कसैले रोक्न नसक्ने प्रष्ट पारेको छन् । ‘‘स्थानीय पालिका हरेक काम ...

एमाले महाधिवेशन: यी तीन पदाधिकारीले ल्याए सर्वाधिक मत

काठमाडौं। नेकपा (एमाले) को ११ औं महाधिवेशनमा सर्वाधिक मत ल्याएर तीन जना पदाधिकारी निर्वाचित भएको छन् । पहिलो सर्वाधिक मत ल्याएर पृथ्वीसुब्बा गुरुङ निर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending