Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank

पनौतीमा बालश्रममुक्त अभियान, ‘एक घर-एक मिनेट जनप्रतिनिधि’ कार्यक्रम प्रभावकारी बन्दै

खबरडबली संवाददाता

काभ्रेपलाञ्चोक । पनौती नगरपालिकामा बिहीबार एकै दिन दुईवटा वडालाई ‘बालश्रममुक्त वडा’ घोषणा गरिएको छ । यसअघि तीनवटा वडालाई बालश्रममुक्त घोषणा गरिएको थियो । घोषित २ नं वडा भने जिल्लामै पहिलो बालश्रममुक्त घोषणा गरिएको वडा हो ।

‘बालबालिकालाई श्रममा प्रयोग नगरौँ, बालश्रममुक्त समाजको निर्माण गरौँ’ भन्ने मूल नारासहित नगरको १२ वडामध्ये २, ५, ६, ८ र ११  गरी पाँचवटा वडामा बालश्रम नभएको घोषणा गर्दै बालश्रममुक्त वडा घोषणा गरिएको छ । बालमैत्री नगर घोषणा गरेको समयमा बालबालिकासम्बन्धी बालमैत्री स्थानीय शासन कार्यविधि, २०६८ ले ३९ वटा सूचक पूरा गरेको अवस्थामा बालश्रम घटेको हुनुपर्ने उल्लेख छ । हाल उक्त पनौती नगरले बालश्रम निवारणका सन्दर्भमा छलफल तथा अन्तक्र्रिया कार्यक्रमसँगै ‘एक घर–एक मिनेट जनप्रतिनिधि’ अभियान सञ्चालन गर्दै आएको छ ।

अभियानअन्तर्गत स्थानीय प्रत्येक घर, होटल, पसल, विद्यालय, व्यापारिक संस्था एवं अन्य क्षेत्रमा बालबालिकालाई श्रममा लगाइएकोबारे सोध्ने र नपाउने तथा बालश्रम प्रयोग नगर्ने प्रतिबद्धता गराई योजनासहित केही दिनमै उक्त क्षेत्रबाट बालश्रममुक्त गराउँदै आइएको जनाइएको छ । साथै वडास्तरमा बाल समूह गठन गरी बालश्रमविरुद्धको अभियानसमेत सञ्चालन गर्दै आइएको छ ।

बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ ले बालमैत्री नगरका लागि थप १२ वटा बुँदा थपेर पहिला भएका बालश्रमलगायतका बुँदाहरू संशोधन गरी बालमैत्री नगरका लागि बालबालिका श्रममा भएको भए व्यवस्थितरूपले पुनःस्थापना भएको हुनुपर्ने उल्लेख भएपछि पनौती नगरपालिकाले चालु आर्थिक वर्षभित्रै सबै वडालाई बालश्रममुक्त घोषणा गर्ने तयारी गरेको नगर उपप्रमुख गीता बञ्जाराले बताइन् । उनका अनुसार हाल वडा नं ४, ७ र ९ मा श्रममा भएका केही बालबालिकालाई पुनःस्थापनाको तयारी गरिएको छ ।

युके एडले आर्थिक सहयोगमा सञ्चालित अभियानअन्तर्गत वडा नं ३ मा आज, १० मा आउँदो बुधबार, ६ मा शुक्रबार बालश्रममुक्त घोषणा गर्ने कार्यक्रम तय भएको नगरको बालबालिका हेर्ने शाखा अधिकृत केशव बञ्जाराले जानकारी दिए । उनले बालश्रममुक्त अभियानमा जुटेको नगरले चालु आवभित्र श्रममा भएका सबै बालबालिकालाई पुनःस्थापनाको योजना बनाएको बताए।

पनौतीलाई बालश्रममुक्त नगरपालिका घोषणा गर्न युके एडले आर्थिक सहयोग गरेको छ । युके एडको रु ५५ लाख तथा अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) प्राविधिक सहयोगमा यो अभियान सञ्चालनमा ल्याइएको हो । स्थानीय जनप्रतिनिधि, शिक्षक, आमा समूह, युवा क्लबलगायत विभिन्न सङ्घसंस्थाका प्रतिनिधिले बालबालिकालाई कानुनविपरीतको बालश्रममा प्रयोग नगर्ने प्रतिबद्धता जनाएर अभियान सञ्चालन गरिएको थियो ।

पनौती नगरको तथ्याङ्कानुसार स्थानीय चार बालबालिका श्रमका लागि अन्यत्र गएका छन् भने अन्यत्रका १७ जना श्रमका लागि पनौती आएका छन् । तथ्याङ्कानुसार विद्यालय जान छाडेका ४२ जना बालश्रमको जोखिममा हुनसक्ने बञ्जाराले जानकारी दिए ।

बालमैत्री स्थानीय तह घोषणा कार्यविधि, २०७८ अनुसार पूरा गर्नुपर्ने ५१ सूचक पूरा गर्ने सन्दर्भमा पनौतीलाई बालश्रममुक्त नगर घोषणाका लागि पूर्वाधारलगायत तयारी थालिएको जनाइएको छ । बालमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधि, २०६८ अनुसारका ३९ सूचक पूरा गरेर २०७८ असार ३० गते पनौतीलाई बालमैत्री स्थानीय तह घोषणा गरिएको थियो ।

अन्तर्राष्ट्रिय श्रम सङ्गठनका (आइएलओ)को प्रतिवेदनअनुसार नेपालमा पाँचदेखि १७ वर्ष उमेर समूहका ७० लाख बालबालिकामध्ये ११ लाख बालश्रममा संलग्न छन् । आइएलओका प्रतिनिधि उद्धवराज पौड्यालका अनुसार १३ वर्ष उमेर समूहसम्मका बालबालिकाको संलग्नता १८ प्रतिशत रहेको छ भने १४ देखि १७ वर्ष उमेर समूहका १० प्रतिशत बालबालिका श्रममा छन् । बालकभन्दा बालिका श्रममा बढी रहेको जनाइएको छ । चौध प्रतिशत बालक र १७ प्रतिशत बालिका श्रममा रहेका छन्। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मध्यपहाडी लोकमार्गः ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत । पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वतखण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण सुरु भएको छ । राजमार्गको पर्वतखण्ड कालोपत्र सम...

झापा र नवलपरासीमा सवारी दुर्घटना- दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर

बनियानी ।  झापा र नवलपरासीमा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छभने एक जनाको अवस्था गम्भीर छ । झापाको बिर्तामोड नगरपालिका–५ ...

गगन-विश्वलाई पार्टीबाट निकालेका खड्काले पत्रकार सम्मेलन गर्दै

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलन गर्दैछन्।  गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशनबाट...

कांग्रेसको मान्यता नपाउने' पक्षसामु चुनाव लड्नका लागि तीन विकल्प

काठमाडौं । आमनिर्वाचन आउन ४८ दिन बाँकी रहँदा एउटा ठूलो र पुरानोमध्येको राजनीतिक दलको किचलोका कारण निर्वाचन आयोग अहिले नसोचेको गाँठो फुकाइदिनुपर्ने अवस...

‘बा’ र बालेनको पर्खाइमा झापा

काठमाडौं । ‘तपाईंहरू पनि बालेनको मान्छे हो ?’ झापाको बहुप्रचारित दमक–३ स्थित भ्युटावर अगाडि भेटिएकी ५० वर्षीया पवित्रा धिमालले सुरुमै प्रश्न गरिन् । उ...

नेता धेरै देउवातिर, प्रतिनिधि धेरै गगनतिर

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ

घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले आज १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँल...

चिसो याममा पनि ढोरपाटनमा पर्यटकको चहलपहल

बागलुङ । यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा पानी नै जम्छ भने बाक्लो तुसारोले हिँडडुल गर्न पनि समस्या हुन्छ । ढोरपाटनमा चिसो बढेपछ...

आजको मौसम- तराईमा हुस्सु, छैन पानी पर्ने सम्भावना

काठमाडौँ । हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा ह...

आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

काठमाडौँ । आज २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस  । विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । यो दिव...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending