Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

चलचित्र समीक्षा : पृथक निर्देशन र छायाङ्कनको ‘रङ्गेली’

खबरडबली संवाददाता

काठमाडौँ । शक्ति र प्रभावको द्वन्द्व र संवादमा केन्द्रित नेपाली कथानक चलचित्र ‘रङ्गेली’ अहिले प्रदर्शनमा रहेको छ । निर्देशक अर्जुन सुवेदीद्वारा निर्देशित ‘रङ्गेली’ यही फागुन २५ गते रिलिजमा आएको हो । ‘ग्याङस्टर’ श्रेणीमा पर्ने यस चलचित्रमा प्रमुख कलाकारहरू दयाहाङ राई, मिरूना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रूपेश झा, सुन्दर धिताल छन् । चलचित्र केन्द्रीय पात्रहरू विजय, भगवान् दादा र जुनकिरीको वरिपरि घुम्छ, जसको बाटो अप्रत्याशितरूपमा एकार्कासँग जोडिएको हुन्छ ।

विजय (दयाहाङ राई) आमाबाबुबिहीनताबाट दु:ख पाएको मानिस हो । ऊ बाल्यावस्थादेखि नै तोता भाई यादव (रूपेश झा) की हजुरआमाको साथमा हुर्केको हुन्छ । परिस्थितिले उसलाई अन्धकारको बाटोमा डोर्‍याउँछ । उसलाई चलचित्रभित्रको एक शक्तिशाली व्यक्तित्वमा रूपान्तरण गराइएको छ । उसले सानैदेखि समाजमा बलियो आफ्नो स्थान बनाउने दृढ सङ्कल्प राखेको हुन्छ । जसका कारण उसले साथी समेत गुमाउनु र अन्य अकल्पनीय घटना हुनुले चलचित्रको कथालाई रोचक बनाएको छ ।

रङ्गेलीमा शक्ति र प्रभावको प्रतीकको रूपमा भगवान् दादा (अर्पण थापा) रहेको छ । ऊ राजनीतिक आरोहणको ठूलो महत्वाकाङ्क्षामा छ । विजय र भगवान् दादाबीचको असमझदारी चलचित्रको केन्द्रीय द्वन्द्व र शक्ति हो । विरोधाभासयुक्त विचारधारा र व्यक्तिगत प्रतिशोधले उत्तेजित विजय र भगवान्को सम्बन्ध द्वन्द्वमा परिणत हुन्छ । उनीहरूको एक पटक–सम्बन्धित सम्बन्ध विश्वासघात र महत्वाकाङ्क्षाको भरमा टुक्रिन्छ, जसले दर्शकलाई चलचित्रको कथाको घुम्ती भेट्टाउन मद्दत गर्छ । चलचित्रमा जुनकिरी (मिरुना मगर) पात्रमा आउने असामान्य बदलावमा दर्शक मोहित हुन्छन् । सन्की प्रहरी अधिकारी मानबहादुर ढकाल ९प्रवीण खतिवडा० को प्रवेश हुने हरेक दृश्यमा दर्शकले मज्जा लिन्छन् । बीचबीचमा आउँदै जाँदै गर्ने ग्याङस्टर पात्रहरू छोटो तर प्रभावशाली भूमिकामा छन् ।

दर्शकले सबैभन्दा मनोरञ्जन लिने चलचित्रका पात्र हुन्, अभिनेता आर्यन सिग्देल । उनी अप्रत्याशित रूपमा अन्त्यमा आउँछन् । जतिञ्जेल रहन्छन्, तहल्का मच्चाउँछन् । उनको परिचय चलचित्रको सुरुदेखि अन्तिमसम्मै रहने पात्र गट्टु भैया (सुन्दर धिताल) ले गराउँछन्, जुन रोचक छ ।

रङ्गेलीका कलाकारहरू प्रभावशाली छन् । प्रत्येक कलाकारले आफ्नो भूमिकामा गहिराइ र जटिलता ल्याउँछन् । डर र शक्तिको खेलमा वफादार साथी, वफादार सहयोगी, असल र खराब नियतका प्रहरी अधिकारी, नैतिकतासहितका र नैतिक पतन भएका नेता, सोझा जनता, प्रेममा धोका सबै चरित्रहरू एकपछि अर्को गर्दै भित्रिन्छन् । वफादारी र महत्वाकाङ्क्षाको साथ प्रभुत्व खोज्ने निर्दयी प्रतिद्वन्द्वीसम्म, प्रत्येक पात्रले कथामा तहहरू थपेको छ र आफूलाई पृथक बनाउने प्रयास गरेको छ ।

‘रङ्गेली’को निर्देशन र छायाङ्कन पृथक देखिन्छ । चलचित्रले दर्शकलाई डरलाग्दा अवस्थामा डुबाउँछ र अपराधको जालो बुझिने धमिलो र उज्यालो प्रकाशयुक्त कोठा, वातावरण र तनावको स्पष्ट भावना सिर्जना गर्दछ । प्रकाश र छायाको प्रयोगले दृश्यमा सौन्दर्य थपेको छ । हरेक कुनामा लुकेको अप्रत्याशित दृश्यलाई क्यामेराको कुशलरुपमा झल्काउन खोजेको छ ।

यसको पटकथाले एकाध ठाउँमा केही बिस्तारै गति लिए पनि निर्देशकको कथा भन्ने शैलीलाई सफल रूपमा पछ्याउँछ । निर्देशक र लेखक एकै जना भएको कारण पनि चलचित्रको ग्राफको गति बिग्रन पाएको छैन । निर्देशकले प्रयोग गरेका मेटाफोरहरूले दृश्य र कथालाई अलग स्वाद प्रदान गरेको छ । कलाकारहरूका चरित्र विकासमा निर्देशकले अथक मेहनत गरेको प्रस्ट देखिन्छ । 
रङ्गेली’को अर्को पक्ष संवादमा गरिएको मेहनत र पाश्र्व सङ्गीत हो । दृश्यहरूसँगै पछाडि सुनिने सङ्गीतका ‘इफेक्ट’हरू शानदार छन् । चलचित्रका खलपात्र अर्पण थापा र प्रहरी अधिकारी प्रवीण खतिवडाको लागि तयार गरिएका संवादले दर्शकको मथिङ्गल हल्लाउँछ । सबै पात्रको संवादमा पूर्वी नेपालको मोरङ जिल्लाको रङ्गेली क्षेत्र वरपर बोलिने स्थानीय भाषालाई आत्मसात् गर्दै तयार गरिएको संवाद विशेष छ ।

नवप्रवेशी कलाकारहरू रुपेश झा, सुन्दर धिताल, सान डोमा, सुजन खतिवडालगायतले तारिफयोग्य काम गरेका छन् । चलचित्रमा समावेश गीतहरू सान्दर्भिक नलाग्न सक्छन् भने सम्पादनमा केही मेहनत गर्न सकिन्थ्यो भन्ने महसुस हुन्छ । दर्शकलाई भण्डै तीन घन्टासम्म हलमा अडाउन चुनौतीपूर्ण रहेको अवस्थामा चलचित्र अलि लामो भएको भान हुन्छ ।
 
‘रङ्गेली’ अपराध र प्रतिशोधको कथा मात्र होइन, नेपालजस्तो देशमा रहने सामाजिक अवस्थाको प्रतिबिम्ब पनि हो । भलै चलचित्रमा देखाइएको जस्तो गुण्डागर्दीमा उत्रिने पात्रहरू खुलेआम  अस्तित्वमा त छैनन् तर, भित्रीरूपमा अपराधको जालो भने अविश्वसनीय छ । यो चलचित्रले त्यही सन्देश दिन खोजेको देखिन्छ । यो पहिचान, नैतिकता र शक्तिको खोजीका विषयवस्तु रहेको यो एक आकर्षक चलचित्र यात्रा हो । जसले हाम्रो समाजको मनोभावलाई दर्शाउँछ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रमेश लेखकलाई आयोगमा बयान दिन कांग्रेस नेताहरूको सुझाव

काठमाडौं । पूर्व गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता रमेश लेखकलाई जाँचबुझ आयोगमा बयान दिन पार्टीका नेताहरूले सुझाव दिएका छन्। बुधबार पार्ट...

पुरूषोत्तम यादवले दिए मानव अधिकार आयोगमा तीन घन्टा बयान

काठमाडौं । प्रतिनिधि पुरूषोत्तम यादवले राष्ट्रिय मानव अधिकार आयोगमा बुधबार करिब तीन घन्टा लिखित र मौखिक बयान दिएका छन्। यादवले बताए अनुसार, बयान ११ बज...

सुशीला कार्की सरकार भङ्ग गरी सर्वपक्षीय सरकार गठन गर्न विप्लवको १० दिने अल्टिमेटम

काठमाडौँ। नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले वर्तमान सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार भङ्ग गरी सर्वपक्षीय सरकार गठन गर्न १० दिने ...

सर्वोच्चले प्रतिनिधिसभा पुनर्स्थापनासम्बन्धी सबै रिट एकैसाथ सुनुवाइ गर्ने

काठमाडौँ। प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै दायर भएका सबै रिट निवेदनलाई सर्वोच्च अदालतले अब एकैसाथ सुनुवाइ गर्ने भएको छ। कांग्रेसका ५७ र अन्य द...

बाँके २ बाट अध्यक्ष कमल थापाको एकल नाम सिफारिस

नेपालगन्ज। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल बाँकेले जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा...

उम्मेदवारी मनोनयनअघि मन्त्री पदबाट राजीनामा दिने/नदिने निर्णय गर्छु : कुलमान घिसिङ

काठमाडौँ । सहरी विकासमन्त्री कुलमान घिसिङले उम्मेदवारी मनोनयन दर्ता गर्ने समयसम्म मन्त्री पदबाट राजीनामा दिने वा नदिने विषयमा निर्णय गर्ने बताएका छन्।...

कुलमानले सार्वजनिक गरे सय दिनका १०१ कामको सूची, १७ अर्ब बराबरको ठेक्का रद्द

काठमाडौँ । जेनजी आन्दोलनपछि बनेको सरकारमा तीन महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री कुलमान घिसिङले आफ्नो सय दिने कार्यकालको प्रगति सार्व...

टर्कीमा विमान दुर्घटना, लिबियाका सेना प्रमुखसहित आठ जनाको मृत्यु

अङ्कारा । टर्कीको राजधानी अङ्काराबाट उडान भरेको एउटा निजी जेट मङ्गलबार दुर्घटनाग्रस्त हुँदा लिबियाका सैन्य प्रमुखसहित अन्य सात जनाको मृत्यु भएको छ । ल...

गगन थापाले संसद् पुनर्स्थापनाको पक्षमा गरेनन् हस्ताक्षर, अरु क-कसले गरेनन् ?

काठमाडौं । विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै दायर पुरक रिटमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा पक्षका सांसदहरूले हस्ताक्षर गरेका छैनन्...

नख्खु कारागारबाट फरार कैदीद्धारा ठमेलमा एक युवकको हत्या, रोल्पाबाट पक्राउ

काठमाडौं । ललितपुरस्थित नख्खु कारागारबाट फरार भई ठमेलमा एक युवकको हत्या गरेका कैदी पक्राउ परेका छन्। फरार कैदी आकाश मगरलाई प्रहरीले रोल्पाबाट पक्रा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending