काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले प्रधानमन्त्री प्रचण्ड र तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पक्राउ गर्ने योजना बनाएको खुलासा गरेको छ।
गत भदौ दोस्रो साता आफ्नी पत्नी चढेको गाडी ट्राफिक प्रहरीले रोकेपछि सिंहदरबार जलाउने धम्की दिएपछि प्रधानमन्त्री प्रचण्डले बालेनलाई पक्राउ गर्न बैठक राखेको बताएका छन्।
अध्यक्ष राउतले कान्तिपुर टेलिभिजनको ुफायरसाइडु कार्यक्रममा अन्तर्वार्ता दिँदै बालेनलाई पक्राउ गर्न प्रचण्ड सरकारले गोप्य बैठक डाकेको दाबी गरे।
उनले भनेका छन्, बडो गोप्य तरिकाले बैठक बसेको थियो। एजेन्डा थाहा थिएन। बैठकमा प्रधानसेनापतिदेखि प्रहरी प्रमुख र उपत्यकाका तीनैवटा जिल्ला सिडिओहरू थिए।
सिंहदरबार जलाउने धम्की र सरकारलाई चोरको संज्ञा दिइएकाले क्रूद्ध बनेका प्रचण्डले उक्त बैठकमा राउतसँग सल्लाह मागे। के गर्ने भनेर सोधे। त्यति बेला काठमाडौं मेयरलाई कुनै हालतमा पक्राउ गर्न हुँदैन भनेर आफूले सल्लाह दिएको राउतले बताएका छन्।
उनले थपे, सम्माननीय प्रधानमन्त्रीजीले मलाई के गर्ने भनेर सोध्नुभयो। नयाँले नयाँलाई समर्थन गर्छ भन्ने उहाँलाई लागेको होला। मैले भनेँ, उहाँलाई कुनै हालतमा पक्राउ गर्न हुँदैन। उहाँको स्ट्याटसमा सवा लाखजति कमेन्ट आएका छन्। तीमध्ये ९५ प्रतिशतमा सरकारलाई नै गाली गरिएको छ, उहाँको समर्थन छ। तर उहाँहरूले के हामी चोर हौं, हामीलाई यस्तो भन्ने, पक्राउ त गर्नैपर्छ भन्नुभयो।
मेयर शाहलाई पक्राउ गर्नुपर्छ भन्नेमा प्रधानमन्त्री प्रचण्ड र पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठको अडानमा कांग्रेसका सभापति शेरबहादुर देउवाले भने रोकेको उनको भनाइ छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १३ गते, २०८२ - ०९:०७
काठमाडौं । यो साता अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका र इरानबीच युद्ध अन्त्यलाई लिएर "एकदमै राम्रो र उत्पादक संवाद" भएको बताए। तर इरानको प्रति...
चैत्र १३ गते, २०८२ - ०८:५७
डोटी । खाना खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको आदर्श गाउँपालिका–७ दहकालीकाका ५० वर्षीय काले नेपालीको मास...
चैत्र १३ गते, २०८२ - ०७:५७
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह आज प्रधानमन्त्रीमा नियुक्त हुँदै छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता ...
चैत्र १३ गते, २०८२ - ०७:५३
विद्यालय र अस्पताल झनै समस्यामा
चैत्र १३ गते, २०८२ - ०७:५०
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ...
चैत्र १३ गते, २०८२ - ०७:४४
दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका–१० सौडिकुलामा मोटरसाइकल दुर्घटना भएको हो। जिल्ला प्रहरी का...
चैत्र १३ गते, २०८२ - ०७:३१
काठमाडौँ । मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र प...
चैत्र १३ गते, २०८२ - ०७:२६
काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई बुधबार र बिहीबार पक्राउ गरिएको हो ...
चैत्र १३ गते, २०८२ - ०७:२४
काठमाडौँ । यही चैत ११ गतेका दिन कालो जिन्सको ज्याकेट र पेन्टमा जिल्ला अदालत काठमाडौँ परिसरमा भेटिएका बाजुरा त्रिवेणी नगरपालिका–७ का लोकेशकुमार अयडी नि...
चैत्र १३ गते, २०८२ - ०७:२०
काठमाडौँ । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी देशभर मनाइँदै छ । त्रेता युगमा...



प्रतिकृया लेख्नुहोस्: