Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

गौर घटनाको मानवअधिकार टोलीद्वारा अनुगमन

\"humanrightरौतहट । केही सातादेखि संयुक्त लोकतान्त्रिक मोर्चाको आह्वानमा गरिएको बन्द र त्यसपछि उत्पन्न परिस्थितिको बारेमा मानवअधिकार आयोगको टोलीद्वारा अनुगमन सुरु गरिएको छ । राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय जनकपुरका निमित्त प्रमुख सुवर्ण कर्माचार्य तथा बुद्धिराज सहनीले गौरमा जारी आन्दोलन, शान्ति सुरक्षाको अवस्था र गत मङ्गलबार प्रहरीको गोली लागि मृत्यु भएका मठिया गाविस–६ का राजकिशोर ठाकुरको सम्बन्धमा स्थलगत अनुसन्धान तथा जाँचबुझ गरेको थियो । टोलीले जिल्लाका प्रमुख जिल्ला अधिकारीलगायत अन्य सुरक्षा अधिकारी, संयुक्त  लोकतान्त्रिक मोर्चाका नेता तथा कार्यकर्ता र मृतक ठाकुरका परिवारसँग पनि भेटघाट गरेको थियो । साथै उक्त टोलीले नेपाल पत्रकार महासङ्घका पदाधिकारी तथा नागरिक समाजसँग पनि पछिल्ला दिनमा विकसित घटना क्रमका बारेमा छलफल गरेको मानवअधिकारकर्मी विपिन गौतमले बताए । राष्ट्रिय मानवअधिकार आयोगको अनुगमन टोलीका सदस्य बुद्धिराज सहनीले घटनास्थल, प्रहरी, अस्पताल, नागरिक समाजलाई अनुगमनको दायरामा ल्याई जाँचबुझ भइरहेको बताए । स्थानीय प्रशासनले  सदरमुकाम गौर र गौर चन्द्रनिगाहपुर सडकखण्डलाई दङ्गाग्रस्त क्षेत्र घोषणा गरेपछि आन्दोलनकारी सडकमा देखिएका छैनन् । तर आन्दोलनरत मोर्चाका संयोजक एवम् तमलोपाका जिल्ला अध्यक्ष बाबुलाल साहले मृतकलाई सहिद घोषणा गर्नुपर्ने, उचित क्षतिपूर्तिसहित पाँचबुँदे माग राखेको बताए । मोर्चाको बन्दका कारण १४औँ दिन पनि सदरमुकाम गौरसहित गरुडासम्मका सबै बजार, यातायात, शिक्षण संस्था बन्द अवस्थामा रहेका छन् । प्रदर्शनकारीको उपस्थिति कम भएको र सर्वसाधारणको आवतजावतलाई ध्यानमा राख्दै अन्य दिनभन्दा आज सुरक्षाकर्मीको सङ्ख्यामा केही कमी गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending