Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

बैद्य माओवादीले बुझायो राष्ट्रपतीलाई ज्ञापन पत्र

\"Kiran\"काठमाडौं । मोहन वैद्य‘किरण’ नेतृत्वको नेकपा–माओवादीले तराईका जिल्लाहरुमा सरकारले गरेको सेना परिचालनको निर्णयप्रति असन्तुष्टि जनाउँदै राष्ट्रपति डा। रामवरण यादवलाई ज्ञापनपत्र बुझाएको छ । अन्तरिम संविधान २०६३ को मर्मविपरीत सेना परिचालन गरिएको घटनाप्रति पार्टीको ध्यानाकर्षण भएको भन्दै उसले संविधानको संरक्षकका हैसियतले यसको संरक्षण गर्न राष्ट्रपतिलाई आग्रह गरेको छ । नेपाली सेना राष्ट्रिय सार्वभौमसत्ताको सुरक्षार्थ गठन भएको संस्था भएको भन्दै  विज्ञप्तीमा भनिएको छ ‘‘तराईका जिल्लाहरुमा संविधानको विषयलाई लिएर गत केही समयदेखि कैलाली, बर्दिया, बाँके, दाङ, रौतहट र सर्लाहीलगायत विभिन्न जिल्लाहरूमा चलिरहेको आन्दोलनको सन्दर्भमा ती जिल्लाहरूमा सरकारको केन्द्रीय सुरक्षा समितिको सिफारिसमा स्थानीय प्रशासनमार्फत दङ्गाग्रस्त क्षेत्र घोषणा गरी नेपाली सेना परिचालन गर्ने भनी गरिएको निर्णयका सम्बन्धमा हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।’ अन्तरिम संविधान २०६३ अनुसार प्राकृतिक विपद्को अवस्था बाहेक राष्ट्रमाथि गम्भीर सङ्कट आई परेको अवस्थामा मात्रै  नेपाली सेनालाई परिचालन गर्न मिल्छ । त्यस्तो स्थितिमा पनि मन्त्रिपरिषदको सिफारिसमा सेनाको परमाधिपतिको रुपमा रहेको राष्ट्रपति मार्फत् मात्र नेपाली सेना परिचालन हुने व्यवस्था अन्तरिम संविधानमा  रहेको छ । उसले शान्तिपूर्ण रुपमा जनताले गरेको प्रदर्शनमा प्रहरी दमन भएको प्रति समेत आपत्ति जनाउँदै यसलाई राज्य आतंकको संज्ञा दिँदै भनेको छ–‘२०६३ सालको अन्तरिम संविधान जारी हुनुपूर्व बनेको २०२८ सालको स्थानीय प्रशासन ऐन अनुसार स्थानीय प्रशासनमार्फत आन्तरिक शान्ति सुरक्षाको नाममा जनआन्दोलनका विरुद्ध नेपाली सेनाको परिचालन गर्नु नेपाली सेनाको घोर अवमूल्यन गरी दुरुपयोग गर्नुमात्र होइन, अन्तरिम संविधान २०६३ कै गम्भीर उल्लङ्घन हो ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending