काठमाडौं । विभिन्न सामाजिक विषयवस्तुमा सन्देश र चेतनामुलक गीत गाउँदै आइरहेका गायक हरिवंश आचार्यले नयाँ गीत ल्याएका छन् । देशको बेरोजगारी र वैदेशिक रोजगारको समस्यालाई उठान गरेर उनले ‘मुटु फस्याछ’ बोलको गीत ल्याएका हुन् ।
आचार्यकै शब्द र संगीत रहेको यो गीतमा समीक्षा अधिकारीको समेत स्वर रहेको छ । गम्भिर विष्टले निर्देशन गरेको यो गीतको भिडियोमा हरिवंशसँगै प्रियंका कार्की, सरोज ओली र अन्जली अधिकारीले अभिनय गरेका छन् । गीतमार्फत आचार्यले ‘काम देउ न सरकार’ भन्दै देशका युवापुस्ताको भावना उजागर गर्न खोजेको छन् ।
‘यो गीतले देशमै केही गर्न खोजेको एउटा युवा कसरी विदेशिन बाध्य हुन्छ भन्ने कथा रमाइलो ढंगबाट उठाएको छ,’ गायक आचार्यले भने, ‘अहिले चाहेर पनि देशमै बस्न नपाउने युवा जमात बढेको छ । गाउँघर रित्तिदै गएको छ । पहिलेपहिले गाउँका मान्छे रोजगारीको सपना बोकेर काठमाडौं आउँथे । अहिले त काठमाडौं युवाहरुको ट्रान्जिटजस्तो बनेको छ । गन्तव्य त विदेश भइरहेको छ । गीतमार्फत हाम्रो देशेको यही नियति र मर्म उठाउन खोजेको छु ।’
श्यामस्वेत रसाइलीले एरेन्ज गरेको यो गीतको भिडियो सम्पादन भुपेन्द्र अधिकारी, कोरियोग्राफी दिवस गिरी र छायांकन नवराज उप्रेतीले गरेका हुन् । हरिवंशले यसअघि ‘ए केटा मादलु पड्का’ गीत ल्याएका थिए । सरोज ओली र प्रियंका कार्कीसँगकै सहकार्यमा ल्याएको यो गीतले युट्युबमा करोड बढी भ्यूज पाइसकेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १३ गते, २०८१ - १५:५१
काठमाडौं । नेपाली कांग्रेसले युवाहरुको भावना बुझेर देशमै रोजगारी सिर्जना गर्न सरकारलाई सुझाव दिएको छ । कांग्रेस नेता भूपेन्द्रजंग शाहीको नेतृत्वमा मे...
मंसिर १३ गते, २०८१ - १५:४५
काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा बम विस्फोट भएको छ। बिहीबार नयाँ दिल्लीको प्रशान्त विहारस्थित पीवीआर थिएटरनजिक विस्फोट भएको हो। अधिकारीहरूका...
मंसिर १३ गते, २०८१ - १५:१३
पाल्पा । पाल्पामा यस वर्ष धान उत्पादनमा वृद्धि भएपछि किसान उत्साहित छन् । गुणस्तरीय बीउ, उन्नत वा हाइब्रिड जातका धानको प्रयोग, अनुकूल मौसमलगायत कारणले...
मंसिर १३ गते, २०८१ - १५:११
काठमाडौं । नेकपा (एमाले) का नेता एवं लुम्बिनी प्रदेश सभा सदस्य गिरिधारीलाल न्यौपाने सरकारी गाडी लिएर चुनाव प्रचारमा पुगेका छन् । कपिलवस्तुको शुद्दोधन...
मंसिर १३ गते, २०८१ - १४:५६
लिमा । पेरुको मरुभूमिमा फेला परेको एक करोडदेखि एक करोड २० लाख वर्ष पुरानो एक युवा सामुद्रिक गोहीको अवशेषलाई पेरूका वैज्ञानिकहरूले सार्वजनिक गरेका छन् ...
मंसिर १३ गते, २०८१ - १४:२६
सुर्खेत । ०७९ को निर्वाचनको परीणामका आधारमा कर्णालीमा चौथो दलका रुपमा रहेको एकीकृत समाजवादी मंसिर १६ मा हुन लागेको स्थानीय तह उपनिर्वाचनका लागि अधिकां...
मंसिर १३ गते, २०८१ - १४:१२
विराटनगर । स्थानीय तहको उपनिर्वाचन अन्तर्गत मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि प्रमुख तीन दलले प्रचारप्रसारलाई तीव्र तुल्याएका छन् । ग्...
मंसिर १३ गते, २०८१ - १३:५६
काठमाडौं । वायुको गुणस्तरका आधारमा आज बिहीबार भरतपुर नेपालकै सबैभन्दा ‘प्रदूषित’ शहर बनेको छ । पछिल्लो २४ घण्टामा त्यहाँको एयर क्वालिटी इन्डेक्स (एक्य...
मंसिर १३ गते, २०८१ - १३:५४
काठमाडौं । पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्रं) की नेतृ ओनसरी घर्तीले महिलाहरुलाई राज्यका हरेक निकायहरुको मुख्य जिम्मेवारी दिने वातावरण बनाउनुपर्न...
मंसिर १३ गते, २०८१ - १२:४६
काठमाडौं । भारतको लखनउ(आगरा सडकखण्डमा जिप दुर्घटना हुँदा तीन डाक्टरसहित पाँच जनाको मृत्यु भएको छ । एकजना डाक्टर गम्भीर घाइते भएका छन् । सडक डिभाइड...
प्रतिकृया लेख्नुहोस्: