भक्तपुर । सन्त निरङ्कारी मण्डल नेपालको आयोजनामा भक्तपुरको सल्लाघारीमा शनिबारदेखि सुरु २३औँ निरङ्कारी सन्त समागममा भारतीयहरुको उल्लेख्य उपस्थिति रहेको छ ।
पहिले मानव बन, एकलाई जान, एकलाई मान र एक होऔँ भन्ने मूल नाराका साथ विश्व भाइचारा एवं शान्ति स्थापनाको उद्देश्यले यसवर्ष नेपालमा आयोजित समागममा भारतीयसहित विभिन्न देशबाट आएका अनुयायीको भीड लागको सन्त निरङकारी मण्डल नेपालका अध्यक्ष नरबहादुर रावतले बताउनुभयो ।
शनिबार बिहानदेखि सुरु उक्त कार्यक्रममा सतगुरु माता सुदीक्षाजी महाराजले शान्ति ज्ञान प्रवचन दिनुहुनेछ । शनिबार नेपाली, नेवारी, हिन्दीलगायत विभिन्न भाषामा विभिन्न व्यक्तित्वबाट प्रवचन दिइएको र आज पनि प्रवचन एवं प्रदर्शनी जारी रहेको उनले बताए ।
आज पनि बिहानैदेखि विभिन्न कार्यक्रम सुरु भएको र दिउँसो १ बजेदेखि साँझसम्म सुदीक्षाजी महाराजको प्रवचन हुनेछ । सन्त निरङकारी मण्डल भारत दिल्लीका विदेश विभाग इन्चार्ज विनोद बोहराले यहाँ जारी समागमले विश्वमा शान्ति कायम गर्न र सबैमा भाइचाराको सम्बन्ध गास्दै विश्व शान्तिको सन्देश प्रवाह गर्न सफल भएको उल्लेख गरे । उनले यो मिसन कुनै धर्म प्रचार नभएको बताए। कार्यक्रममा हिन्दू, मुस्लिम, ईशाईलगायत सबै धर्म, विचार, जातिको सहभागिता रहेको उनको भनाइ छ ।
कार्यक्रममा मण्डलका क्षेत्रीय इन्चार्ज एवं काठमाडौंँ प्रमुख बाबुराज महर्जनले समागममा आएका सबैलाई नि:शुल्क खाना, पानी, बस्ने, सुत्ने, शौचालय, स्वास्थ्य शिविरको व्यवस्था गरिएको बताए। उनले भारतबाट आएका करिब एक हजार एक सय सुरक्षा स्वयंसेवक र नेपालका सात सय महिला र पाँच सय पुरुष गरी एक हजार दुई सय सुरक्षा स्वयंसेवकमार्फत कार्यक्रमस्थलमा सुरक्षा व्यवस्था मिलाइएको बताए । नेपालमा रहेका ४५ हजार अनुयायीमध्ये २० हजारभन्दा बढी समागममा सहभागी भएको उनको भनाइ छ ।
मण्डलका मिडिया विभाग संयोजक प्रिमल सिंहले विश्वबन्धुत्व लागि नेपालमा दुईदिने प्रवचनसहितको विश्व अभियान सञ्चालन भएको बताए। उनले अभियान स्वेच्छिक अनुदानबाट सञ्चालित भइरहेको बताए ।
उनले नेपालमा सन् २०२० मा अछामबाट सुरु भएको सन्त निरंकारी अभियानमा काठमाडौँ जिल्ला प्रशासनमा दर्ता गरी ३९ जिल्लामा एक सय २५ वटा भवन स्थापना गर्दै सत्सङ सञ्चालन भइरहेको बताए । उनले यस अभियानबाट १२ लाख १६ हजार दुई सय १७ युनिट रगत सङ्कलन गरेको बताए ।
अन्र्तमनको सुकुन एवं शान्तिको दिव्य सन्देशलाई विश्वभर फैलाउने उद्देश्यले सन् १९२९ मा भारतको पेशावरबाट बाबा बुटा सिंहले सुरु गरेको यो अभियान सन् १९४३ मा बाबा अवतार सिंहले, सन् २०६२ मा बाबा गुरबचन सिंहले सन् १९८० बाट बाबा हरदेव सिंहले, सन् २०१६ बाट माता सविन्दर हरदेवले र सन् २०१८ बाट सत्गुरु माता सुदीक्षाजीले यो मिसन सञ्चालन गर्दै आएको छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २८ गते, २०८२ - ११:११
बैतडी। बैतडीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद भण्डारी जिल्लाभर घरदैलो कार्यक्रममार्फत जनताको भेटघाटमा व्यस्त छन्। राष्ट्रिय स्वतन्त्र पार्टी...
फाल्गुन २८ गते, २०८२ - १०:५५
दार्चुला। प्रतिनिधि सभा निर्वाचन बहिष्कार गर्दै मतदान नगरेका नौगाड–१ नागुका स्थानीयले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजेशसिंह सामन्तलाई विकास...
फाल्गुन २८ गते, २०८२ - १०:४८
हिले। धनकुटाको पाख्रीबास नगरपालिका–५ का कमलबहादुर बस्नेत निर्वाचन सफल बनाउन गत माघमा निर्वाचन प्रहरीमा भर्ना हुनुभयो । उहाँ ४० दिन निर्वाचन प्रहरीका र...
फाल्गुन २८ गते, २०८२ - १०:३७
फिदिम। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन हार्नुहुन्न, उहाँले हारे म इलाम छाड्छु भनेर बाजी राखेकै कारण इलाम नगरपालिका–१० मा बस्दै आएका...
फाल्गुन २७ गते, २०८२ - १८:०६
काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा इरानले गरेको मिसाइल तथा ड्रोन आक्रमणमा परेर हालसम्म १५ जना नेपाली घाइते भएका छन्। तीमध्ये १४ जना उपचारपछि आफ...
फाल्गुन २७ गते, २०८२ - १७:४२
काठमाडौं। भारत र श्रीलङ्कामा हालै सम्पन्न आइसिसी टी–२० विश्वकपको समूह चरणबाट बाहिरिएको नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आइसिसी० बाट दुई लाख ५...
फाल्गुन २७ गते, २०८२ - १७:३६
लेखनाथ। छ दिनअघि भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने र समानुपातिक दुवैतर्फको मतगणना सकिएको छ । यो निर्वाचनमा प्रत्यक्षतर्फका ...
फाल्गुन २७ गते, २०८२ - १७:००
काठमाडौं । कृष्णप्रसाद सिटौला ले प्रतिनिधि सभा निर्वाचनको परिणाम अपेक्षाभन्दा फरक आएको बताएका छन्। बुधबार नेपाली कांग्रेस बाट राष्ट्रिय सभामा नवनिर...
फाल्गुन २७ गते, २०८२ - १६:५०
काठमाडौँ। नेपाल वायु सेवा निगमले आज राति विशेष उडानमार्फत दुबईको विमानस्थलमा रोकिएका यात्रुको उद्धार गर्ने जनाएको छ । निगमले मङ्गलबार एक उडान सूचना...
फाल्गुन २७ गते, २०८२ - १६:४६
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न भएको बताउँदै केन्द्रीय सुरक्षा समिति, प्रदेश ...



प्रतिकृया लेख्नुहोस्: