Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

काभ्रेका अठार स्थानमा आगलागी, सात घाइते

खबरडबली संवाददाता

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोका विभिन्न अठार स्थानमा आगलागी हुँदा जनधनको क्षति भएको छ । पछिल्लो एक सातामा दैनिकजसोको आगलागीका कारण छ घर र सात गोठ जलेका छन् भने सात जना घाइते भएका छन् । 

आगलागीमा परी गम्भीर घाइते दुई जनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार आगलागीमा परी गम्भीर घाइतेको कीर्तिपुरस्थित अस्पतालमा उपचार भइरहेको छ । यस्तै ती आगलागीमा रु १२ लाख ५० हजार क्षति भएको छ । विभिन्न स्थानका आगलागी नियन्त्रणका लागि एक सय प्रहरीलाई झण्डै ४४ घण्टासम्म खटाइएको प्रहरीको भनाइ छ । 

आइतबार एकैदिन काभ्रेपलाञ्चोकमा आगलागीका सात घटना भए । घटनामा एक जना गम्भीर घाइते भए । महाभारत गाउँपालिका-२ मूलडाँडाका सञ्चार घिसिङको कच्ची एकतल्ले घरमा अचानक आगलागी हुँदा लत्ताकपडा, अन्नपात, फर्निचर सामान, भाँडाकुँडा र  रु एक लाख पाँच हजारसमेत गरी रु तीन लाख बराबरको क्षति भएको थियो । सामान झिक्न जाने क्रममा घिसिङ जलेर घाइते हुनुभएको थियो । उहाँ अस्पतालमा उपचाररत हुनुहुन्छ । 

यस्तै पनौती नगरपालिकालिका-३ बडारेस्थित पाखोबारीमा झाडी जलाउने क्रममा अचानक सामुदायिक जङ्गलमा आगो लगेको थियो । सो आगलागी स्थानीय तथा सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

भुम्लु–१ कात्तिके वन टोलस्थित सामुदायिक वन क्षेत्रमा आगलागी हुँदा सात रोपनी सामुदायिक वनमा क्षति पुग्यो । सोही स्थानमा रहेको गोठसमेत आगो लागेर नष्ट भयो । खानीखोला–७ मोरङबेँशीस्थित निजी पाखामा आगलागी हुँदा कुमार भ्लोनको काठ(जस्ताले बनेको टहरो जलेको छ । 

सोही दिन बेथानचोक(४ मा बेथानखोला सामुदायिक वनमा आगलागी भएको थियो । बनेपा( १४ मगरगाउँस्थित सामुदायिक वनमा आगलागी तथा पाँचखाल(३ स्थित सर्वमङ्गला माध्यमिक विद्यालयको हाताभित्रको भएको आगलगी  स्थानीय तथा सुरक्षाकर्मीको सहयोगमा नियन्त्रणमा लिइएको थियो । 

त्यसअघि जिल्लामा ११ वटा आगलागीका घटना भएको प्रहरीले जनाएको छ । डढेलोबाट विशेषगरी जङ्गलमा रहेका साना बोटबिरुवाका साथै वन्यजन्तु विस्थापित भएको अनुमान गरिएको छ । आगलागी भएका केही जङ्गलमा स्थानीयवासी तथा सुरक्षाकर्मीको सहकार्यमा नियन्त्रणमा ल्याइएको थियो भने कतिपय जङ्गलको डढेलो आफैँ नियन्त्रणमा आएका थिए । विगतका वर्षको तुलनामा यसवर्ष लामो खडेरी परेका कारण पनि अधिकांश सामुदायिक वनमा डढेलो लागेको हुनसक्ने अनुमान गरिएको छ ।

गत फागुन २६ गते पनौती नगरपालिका-५ स्थिल छलेश्वर ठूलढुङ्गे सामुदायिक वनमा आगलागी हुँदा पाँच रोपनी सामुदायिक वनमा क्षति पुग्यो । भोलिपल्ट बनेपा नगरपालिका-१० थापागाउँमा भगवान थापाको जस्ताको छानो भएको गोठमा आगलागी हुँदा गोठ र नजिकै रहेको तीन कुन्यू परालसमेत जलेको थियो । 

साथै गत फागुन २८ गते तेमाल गाउँपालिका-७ लेखपाखा सामुदायिक वनमा लागेको आगो दुई दिनमा नियन्त्रणमा आयो । त्यहाँ करिब सात रोपनी सामुयदायिक वन क्षति भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गत फागुन २९ गते चौरीदेउराली गाउँपालिका-५ देउपोखरे सामुदायिक वनमा आगलागी हुँदा छ रोपनी सामुयदायिक वन क्षति भयो भने सोही वडास्थित बरारे सामुदायिक वनमा आगलागीबाट स्थानीय भक्तबहादुर गौतमको खाली रहेको घर जली पूर्णरुपमा नष्ट हुँदा करिब रु ५० हजार क्षति भएको छ । गत फागुन ३० गते बनेपा-१३ भवानीथुम्कास्थित स्यालय गैरा सामुदायिक वनमा आगलागीबाट सात रोपनी सामुयदायिक वन जल्यो । 

यसैगरी गत बिहीबार नमोबुद्ध नगरपालिका-८ कुश्मती जङ्गलमा भएको आगलागीबाट करिब सात रोपनी सामुदायिक वन क्षति भएको छ । सोही दिन भुम्लु गाउँपालिक-८ को जङ्गलमा आगलागी हुँदा स्थानीय, प्रहरी, सशस्त्र प्रहरी तथा पाँचखाल नगरको दमकलबाट आगो नियन्त्रणमा लिइएको काभ्रेपलाञ्चोक प्रहरीले जनाएको छ । त्यहाँ अन्दाजी ६ रोपनी सामुदायिक वनमा क्षति पुगेको छ । 

साथै शुक्रबार नमोबुद्ध-५ लासकोटस्थित विद्युत् ट्रान्सफरमा अचानक भएको आगलागीबाट गोठे चिउरानी सामुदायिक वनमा लागेको आगो तीन दिनपछि नियन्त्रणमा ल्याइएको थियो । 

शनिबार महाभारत-७ आलेबासपुर गुजेपानीस्थित पाखोबारिमा फोहर जलाउने क्रममा हावाहुरी चल्दा नजिकैको काठबाट बनेको जस्ता र खरले छाएको दुई वटा गाईगोठमा आगलागीबाट पूर्णरुपमा क्षति भयो भने सँगैको अर्को कुलुङ सामुदायिक वनमासमेत आगो लाग्यो । 

सामुदायिक वनमा डढेलो लाग्न नदिन जिल्ला वन डिभिजन कार्यालयले जिल्लाका विभिन्न स्थानमा चेतनामूलक होडिङ बोर्ड राख्नुका साथै डढेलोबाट हुने बेफाइदा, हानीनोक्सानी र कानुनी व्यवस्थाबारे प्रचारप्रसारसमेत गर्दै आएको जनाएको छ । 
 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका मापदण्ड

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०ले आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचन र फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट...

प्रचण्डले सरकारलाई चेतावनी: कुनै तर्क वा बहानामा मिति सार्ने दुस्साहस नगर्नुहोला

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई कुनै पनि बहानामा निर्वाचनको मिति सार्न नहुने च...

काठमाडौँ आइपुगे रवि लामिछाने, विमानस्थलमा भव्य स्वागत

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परी हालै धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शनिबार चितवनबाट काठमाडौँ ...

खुला मञ्च खुला गर्न सरकार र महानगरलाई प्रचण्डको आग्रह

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुला मञ्च खुला गर्न सरकार र महानगरपालिकालाई आग्रह गरेका छन्। पार्टीको बागमत...

यस्तो देखियो नेकपाको शक्ति प्रदर्शन (फोटोफिचर)

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को एकता सन्देशसभा काठमाडौंमा जारी छ । शनिबार काठमाडौँको भृकुटीमण्डपमा सभा आयोजना भएको हो ।  सभालाई नेकपा ...

राम्रोलाई राम्रो भन्नुस्, नराम्रोलाई आलोचना गर्नुहोस्, हामी स्वीकार्छौं: माधव नेपाल

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले आफ्नो पार्टी इमानदारीताका साथ अघि बढेको दाबी गरेका छन् र देश विकासका लागि एकपटक आफ्न...

ओलीको अभिव्यक्तिप्रति नेतृ रिमाको आपत्ति, देश कुनै व्यक्तिको कुटि होइन, खुल्न र ठप्प पार्नलाई

चितवन। उज्यालो नेपाल पार्टीकी नेतृ रिमा विश्वकर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले “जाँचबुझ आयोगमा बोलाउँदा देश ठप्प पार्छौं” भन्ने अभिव्यक्तिप्रति आ...

देशका लागि जुनसुकै त्याग गर्न तयार छु : रवि लामिछाने

अन्तिममा मिल्नुपर्नेहरू हामी मिलेरै छाड्छौं, सबै साथीहरू संवादमै हुनुहुन्छ

नेकपाको र्‍यालीसहित काठमाडौंमा प्रदर्शन, एकता सन्देश सभा सुरु

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीले काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरीय एकता सन्देश सभा सुरु हुनुअघि र्‍यालीसहित प्रदर्शन गरेको छ। विभिन्न स्...

कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला

काठमाडौँ। नेकपा एमालेका नेता ईश्वर पोखरेल समूहको भेला काठमाडौंमा सुरु भएको छ। काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा उक्त समूहको भेला सुरु भएको ह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending