काठमाडौँ । गीतकार लिलाराज काम्बाङको म्युजीकल फिल्म ‘छुट्ने बेला’ बिमोचन गरिएको छ । शनिबार काठमाडौंको क्युज सिनेमा हलमा एक कार्यक्रमका बिच २८ मिनेट लामो उक्त म्युजीकल फिल्म प्रिमियर गरियो ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ गायक तथा संगीतकार दिप श्रेष्ठसँगै बिशिष्ट अतिथि लोकप्रिय गायिका अन्जु पन्त, गायक शिव परियारलगायतका अतिथिहरुबाट सामुहिक बिमोचन गरिएको थियो । सार्वजनिक म्युजीकल फिल्म छुट्ने बेला गीतमा साइराज खाती र मुना ठटालको स्वर रहेको छ । खाती र ठटाल गायन रियालिटी शो मेरो भ्वाइस युनिभर्सका फाइनलिस्ट हुन् ।
युके बस्दै आएका गीतकार काम्बाङको शब्दसँगै गीतमा शंकर थापा स्माइलको संगीत रहेको छ । एरेन्ज भने कुशल सिंहले गरेका हुन् । गीतकार काम्बाङले कार्यक्रममा भिडिओ सन्देश पठाउँदै सबैलाई धन्यवाद दिए । उनले परदेशमा रहेर आफूले लेखेका गीतलाई अडियो र भिडिओको माध्यमबाट दर्शक तथा स्रोता माझ ल्याउन मद्धत पुर्याउने गीतको टिमलाई बिशेष धन्यवाद दिए ।
प्रमुख अतिथि श्रेष्ठले मेरो भ्वाइस युनिभर्समा पहिलेनै सबैको मन जितिसकेका खाती र ठटालको स्वरबद्ध गीतलाई म्युजीकल फिल्मको रुपमा हेर्न पाउँदा खुसी लागेको र गीतलाई सबैले मन पराउने भन्दै शुभकामना दिए । मेरो भ्वाइस युनिभर्समको दिप, अन्जु र शिव जज् समेत थिए । कार्यक्रममा उक्त शोका निर्देशक एलेन श्रेष्ठको पनि उपस्थिती थियो ।
साथै कार्यक्रममा बिशेष अतिथिहरु एनआरएन एनसिसि इजरायलकी उपाध्यक्ष आदम्बरी दाना श्रेष्ठ, संगीतगुरु श्री श्रेष्ठ, गायिका निशा देसार, बबिना किराती, गायक बिरेन्द्र श्रेष्ठ, रबिन लिम्बु, कमल श्रेष्ठ, देवेन्द्र बराल, खेम सुब्बाको उपस्थिती थियो ।
गीतकार शंकर अधिकारी स्माईलले छोटो समयको निम्तोलाई पनि स्विकार गर्दै कार्यक्रममा उपस्थित हुने सम्पुर्ण अतिथिहरुलाई धन्यवाद दिए । साथै उनले गीतको अडियो र भिडिओमा आफूहरुले निकै मिहिनत गरेको भन्दै सबैलाई हेरिदिन र सुनिदिन आग्रह गरे ।
छुट्ने बेलाको भिडिओमा सम्राट अधिकारी, प्रतिक्षा लिम्बु, मिन बहादुर गुरुङ, कृष्ण बोहरा, शंकर थापा ईमाइल लगायतको अभिनय रहेको छ । बिशाल थापाको छायांकन रहेको भिडिओ दिन्शन शाहले सम्पादन गरेका हुन् । भिडिओमा कथा तथा निर्देशक गणेश शाहीको रहेको छ । गणेशले यसअघि पनि थुप्रै चलचित्रमा सहनिर्देशन गरिसकेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८२ - १८:४२
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...
पौष ९ गते, २०८२ - १८:३९
जनकपुरधाम । अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै जनकपुरधाम उपमहानगरपालिकाले शुक्रबार (पुस ११ गते) एक ...
पौष ९ गते, २०८२ - १८:३६
सर्लाही । एक साताअघि सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा आगलागीबाट क्षति भएको उखु अब चिनी मिलहरूले खरिद गर्ने भएका छन् । आगलागीपछि उखु बिक्री नहुन...
पौष ९ गते, २०८२ - १८:३२
काठमाडौं । सर्वोच्च अदालतले कैदीहरूको कैद कट्टा (मिनाहा) सम्बन्धी निर्णय अब राष्ट्रपतिसमक्ष लैजान नपाइने स्पष्ट व्याख्या गरेको छ । अदालतले यससम्बन्धी ...
पौष ९ गते, २०८२ - १८:२८
काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच आज औपचारिक एकता हुने भएको छ । दुई ...
पौष ९ गते, २०८२ - ११:११
काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...
पौष ९ गते, २०८२ - १०:५०
रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...




प्रतिकृया लेख्नुहोस्: