Khabar Dabali ४ माघ २०८२ शनिबार | 17th January, 2026 Sat
Investment bank

दक्षिण कोरियाले उत्पादनमूलक क्षेत्रमा नेपाली कामदारको कोटा बढायो, फर्किएकाहरू किन परेनन् प्राथमिकतामा ?

तेबरभन्दा धेरै आवेदन नलिन कोरियाको ताकेता

खबरडबली संवाददाता

काठमाडौं । दक्षिण कोरियाले यो वर्ष उत्पादनमूलक क्षेत्रमा नेपालबाट लैजाने कामदारको कोटा वृद्धि गरेको अधिकारीहरूले बताएका छन्।

यसअघि उत्पादनमूलक क्षेत्रमा १५,९०० कामदार लैजाने प्रतिबद्धता जनाएको दक्षिण कोरियाले यो वर्ष थप १३.२ प्रतिशत कामदार लैजाने जानकारी दिएको वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेले बताए।

“यो वर्षबाट उत्पादनमूलक क्षेत्रमा नेपालको कोटा बढाएको जानकारी कोरियाली पक्षले दिएको छ। अब नेपालबाट यो क्षेत्रमा करिब १८,००० कामदार जान पाउने भएका छन्,” घिमिरेले भने।

दक्षिण कोरियाले सामान्य लेखपढ जानेका युवाहरूलाई पनि उत्पादनमूलक क्षेत्रमा लैजाने गरेको छ।

नेपालबाट उत्पादनमूलक क्षेत्रमा दक्षिण कोरिया जानका लागि गत डिसेम्बरमा खुलाइएको भाषा परीक्षाको आवेदनमा १ लाख ६३ हजार जनाले आवेदन दिएका थिए।

आवेदन दिएका सबैको भाषा परीक्षा लिइसक्न आगामी डिसेम्बरसम्म लाग्ने ईपीएस कोरिया शाखाले जनाएको छ।

कोरियाको ताकेता

दक्षिण कोरियाले कुनै पनि क्षेत्रमा आफूले माग गर्ने कामदारहरूका लागि माग सङ्ख्याको तेबरभन्दा धेरै आवेदन नलिन नेपाललाई ताकेता गरिरहेको ग्वार्कोस्थित ईपीएस कोरिया शाखाकी प्रमुख मैया कडेलले बताइन्।

“अरू क्षेत्रमा माग गर्दा माग सङ्ख्याको तेबरभन्दा धेरै आवेदन रोक्न सक्छौ त? भनेर उनीहरूले हामीलाई पटकपटक पत्र पठाइरहेका छन्,” कडेलले भनिन्, “तेबरजस्तो मात्रै आवेदन लिएर छिटो परीक्षा सक्ने सुनिश्चितता उनीहरूले खोजेजस्तो देखिन्छ।” 

कडेलका अनुसार यसबारे नेपालले प्रष्ट जवाफ कोरियाली पक्षलाई दिइसकेको छैन। निश्चित सङ्ख्यामा लिइसकेपछि थप आवेदन रोक्दा भर्ना नपाउनेहरूको व्यवस्थापन चुनौतीको विषय बन्न सक्ने चिन्ता अधिकारीहरूमा देखिन्छ।

गत पुसमा कोरियाली भाषा परीक्षाका लागि आवेदन दिन नपाएको भन्दै प्रदर्शनमा उत्रिएका युवाहरूको प्रहरीसँग झडप हुँदा दुई जना युवाले ज्यान गुमाएका थिए।

“कोरियाले मागको तेबर सङ्ख्यामा आवेदन रोक्न सक्ने आधार खोजिरहेका कारण नयाँ भाषा परीक्षाका लागि आवेदन लिने कार्य अघि बढ्न सकिरहेको छैन,” कडेल भन्छिन्।

भाषा परीक्षा उत्तीर्ण गरेकाहरू कृषिमा धेरै

दक्षिण कोरियाले भाषा परीक्षा उत्तीर्ण गरेका करिब ९,००० जना नेपाली युवाहरूलाई लैजान बाँकी रहेको कडेलले जानकारी दिइन्। “कृषि क्षेत्रमा परीक्षा पास गरेका युवाहरू पनि जान बाँकी छ,” उनले भनिन्।

शाखाका अनुसार मार्च १ देखि २४ भित्रमा कोरियाले भाषा परीक्षा उत्तीर्ण गरेर बसेका जम्मा ३२८ जना युवाहरूलाई आफ्नो देश लैजाने प्रक्रिया अघि बढाएको थियो। जसमा भाषा परीक्षा उत्तीर्ण गरेर पालो पर्खिरहेका र यसअघि कोरिया पुगेर फर्किएकाहरू रहेको शाखाले जनाएको छ।

वैदेशिक रोजगार विभागका महानिर्देशक घिमिरेले दक्षिण कोरियाले कृषिमा भाषा परीक्षा उत्तीर्ण गरेर बसेकाहरूलाई यो वर्ष लैजाने आश्वासन दिएको बताए।

“कृषिमा जाँच दिएका र यसअघि गएर फर्किएकाहरूलाई यो वर्ष प्राथमिकता दिएर लैजाने कोरियाली पक्षको भनाई छ,” उनले भने।

फर्किएकाहरू किन प्राथमिकतामा परेनन्?

यसअघि ईपीएस मार्फत दक्षिण कोरियामा रोजगारीका लागि पुगेर फर्किएका कामदारहरूले रोजगारदाताले माग पठाइरहे पनि पुन: कोरिया जान आफूहरूलाई प्राथमिकतामा नराखिएको गुनासो गरेका छन्।

दक्षिण कोरियाबाट फर्किएका धेरैजसो नेपाली कामदारहरूलाई फेरि कोरिया जान भाषा परीक्षा उत्तीर्ण गर्नुपर्ने नियम छ।

कम्पनीले प्रतिबद्धता पत्र दिएका निश्चित कामदारहरू मात्रै नेपाल फर्किएपछि कुनै परीक्षा नदिई पुन: दक्षिण कोरिया जान पाउँछन्।

कोरियाबाट फर्किएका करिब ३० प्रतिशत कामदारहरूले पुनः त्यही कम्पनीमा जान वा क्षेत्र परिवर्तन गरेर जान प्रतिबद्धतापत्र पाउने गरेको अधिकारीहरूको भनाइ छ।

“विभागले रिटर्नी (कोरिया बसेर फर्किएका)हरूलाई पनि छनोटमा प्राथमिकता दिनुपर्‍यो भनेर कोरियाली पक्षसँग पटक पटक कुरा राख्दै आएको छ। तर कोरियाली पक्षले कामदार छनोट गर्ने कुरामा कम्पनीहरू स्वायत्त भएका कारण सरकारले हस्तक्षेप गर्न नमिल्ने जवाफ हामीलाई दिने गरेको छ,” विभागका महानिर्देशक घिमिरे भन्छन्।

ईपीएस शाखाकी प्रमुख कडेलका अनुसार कोरिया बसेर फर्किएका कतिपय कामदारहरूलाई सातौँ पटकको प्रयासमा मात्रै रोजगारदाताहरूले छानेको पाइएको छ।

भाषा परीक्षा उत्तीर्ण भएका कामदारहरूको ‘रोष्टर’बाट रोजगारदाता आफैँले व्यक्ति छनौट गर्ने गरेका छन्। दक्षिण कोरियाले एक पटक कोरिया बसेर फर्किएकाहरूलाई प्राथमिकता नदिनुको कुनै पनि आधिकारिक कारण खुलाएको छैन।

तर दोस्रो पटक जानेहरूलाई कोरियामा धेरै अवसरहरू थाहा हुने र भाषाको समेत समस्या नहुने भएका कारण त्यहाँ गएर काम गर्ने कम्पनीहरू बदल्ने अभ्यासका कारण प्राथमिकता नदिएको हुनसक्ने आशङ्का गरिएको छ।

जान बाँकी कति छन् ?

ईपीएस कोरिया शाखाले भाषा परीक्षा उत्तीर्ण गरेर दक्षिण कोरिया जान बाँकी नेपाली कामदारहरूको यकिन सङ्ख्या बीबीसीलाई उपलब्ध गराउन सकेन।

तर शाखाकी प्रमुख मैया कडेलले उपलब्ध गराएको अनुमानित सङ्ख्या अनुसार करिब १५,००० युवा युवतीहरू भाषा परीक्षा उत्तीर्ण गरेर कोरिया जाने पर्खाइमा छन्।

उनका अनुसार सबैभन्दा धेरै कृषिमा करिब ९,००० छन् भने पानीजहाज बनाउने काममा जान बाँकी करिब ३,९०० र उत्पादन क्षेत्रमा १,८०० देखि २,००० को हाराहारीमा जान बाँकी छन्।

उनले उत्पादन र पानीजहाज निर्माणमा जाने क्रम चलिरहेको बताइन्। शाखाका अनुसार मार्च १ देखि २४ सम्म ९२५ जना कामदारका लागि रोजगारी सम्झौता प्राप्त भएको छ। यो अवधिमा उत्पादनमा ५९७ जना कोरिया गएका छन्।

पानीजहाज निर्माणमा ६३ जना र कृषिमा ३२८ जना गएका छन्। कोरियाले रुट उद्योगमा पनि ३० जना दक्ष कामदार लैजाने प्रक्रिया अघि बढाएको छ। बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मध्यपहाडी लोकमार्गः ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत । पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वतखण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण सुरु भएको छ । राजमार्गको पर्वतखण्ड कालोपत्र सम...

झापा र नवलपरासीमा सवारी दुर्घटना- दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर

बनियानी ।  झापा र नवलपरासीमा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छभने एक जनाको अवस्था गम्भीर छ । झापाको बिर्तामोड नगरपालिका–५ ...

गगन-विश्वलाई पार्टीबाट निकालेका खड्काले पत्रकार सम्मेलन गर्दै

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलन गर्दैछन्।  गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशनबाट...

कांग्रेसको मान्यता नपाउने' पक्षसामु चुनाव लड्नका लागि तीन विकल्प

काठमाडौं । आमनिर्वाचन आउन ४८ दिन बाँकी रहँदा एउटा ठूलो र पुरानोमध्येको राजनीतिक दलको किचलोका कारण निर्वाचन आयोग अहिले नसोचेको गाँठो फुकाइदिनुपर्ने अवस...

‘बा’ र बालेनको पर्खाइमा झापा

काठमाडौं । ‘तपाईंहरू पनि बालेनको मान्छे हो ?’ झापाको बहुप्रचारित दमक–३ स्थित भ्युटावर अगाडि भेटिएकी ५० वर्षीया पवित्रा धिमालले सुरुमै प्रश्न गरिन् । उ...

नेता धेरै देउवातिर, प्रतिनिधि धेरै गगनतिर

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ

घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले आज १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँल...

चिसो याममा पनि ढोरपाटनमा पर्यटकको चहलपहल

बागलुङ । यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा पानी नै जम्छ भने बाक्लो तुसारोले हिँडडुल गर्न पनि समस्या हुन्छ । ढोरपाटनमा चिसो बढेपछ...

आजको मौसम- तराईमा हुस्सु, छैन पानी पर्ने सम्भावना

काठमाडौँ । हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा ह...

आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

काठमाडौँ । आज २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस  । विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । यो दिव...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending