Khabar Dabali १ श्रावण २०८३ शुक्रबार | 17th July, 2026 Fri
Investment bank

दक्षिण कोरियाले उत्पादनमूलक क्षेत्रमा नेपाली कामदारको कोटा बढायो, फर्किएकाहरू किन परेनन् प्राथमिकतामा ?

तेबरभन्दा धेरै आवेदन नलिन कोरियाको ताकेता

खबरडबली संवाददाता

काठमाडौं । दक्षिण कोरियाले यो वर्ष उत्पादनमूलक क्षेत्रमा नेपालबाट लैजाने कामदारको कोटा वृद्धि गरेको अधिकारीहरूले बताएका छन्।

यसअघि उत्पादनमूलक क्षेत्रमा १५,९०० कामदार लैजाने प्रतिबद्धता जनाएको दक्षिण कोरियाले यो वर्ष थप १३.२ प्रतिशत कामदार लैजाने जानकारी दिएको वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेले बताए।

“यो वर्षबाट उत्पादनमूलक क्षेत्रमा नेपालको कोटा बढाएको जानकारी कोरियाली पक्षले दिएको छ। अब नेपालबाट यो क्षेत्रमा करिब १८,००० कामदार जान पाउने भएका छन्,” घिमिरेले भने।

दक्षिण कोरियाले सामान्य लेखपढ जानेका युवाहरूलाई पनि उत्पादनमूलक क्षेत्रमा लैजाने गरेको छ।

नेपालबाट उत्पादनमूलक क्षेत्रमा दक्षिण कोरिया जानका लागि गत डिसेम्बरमा खुलाइएको भाषा परीक्षाको आवेदनमा १ लाख ६३ हजार जनाले आवेदन दिएका थिए।

आवेदन दिएका सबैको भाषा परीक्षा लिइसक्न आगामी डिसेम्बरसम्म लाग्ने ईपीएस कोरिया शाखाले जनाएको छ।

कोरियाको ताकेता

दक्षिण कोरियाले कुनै पनि क्षेत्रमा आफूले माग गर्ने कामदारहरूका लागि माग सङ्ख्याको तेबरभन्दा धेरै आवेदन नलिन नेपाललाई ताकेता गरिरहेको ग्वार्कोस्थित ईपीएस कोरिया शाखाकी प्रमुख मैया कडेलले बताइन्।

“अरू क्षेत्रमा माग गर्दा माग सङ्ख्याको तेबरभन्दा धेरै आवेदन रोक्न सक्छौ त? भनेर उनीहरूले हामीलाई पटकपटक पत्र पठाइरहेका छन्,” कडेलले भनिन्, “तेबरजस्तो मात्रै आवेदन लिएर छिटो परीक्षा सक्ने सुनिश्चितता उनीहरूले खोजेजस्तो देखिन्छ।” 

कडेलका अनुसार यसबारे नेपालले प्रष्ट जवाफ कोरियाली पक्षलाई दिइसकेको छैन। निश्चित सङ्ख्यामा लिइसकेपछि थप आवेदन रोक्दा भर्ना नपाउनेहरूको व्यवस्थापन चुनौतीको विषय बन्न सक्ने चिन्ता अधिकारीहरूमा देखिन्छ।

गत पुसमा कोरियाली भाषा परीक्षाका लागि आवेदन दिन नपाएको भन्दै प्रदर्शनमा उत्रिएका युवाहरूको प्रहरीसँग झडप हुँदा दुई जना युवाले ज्यान गुमाएका थिए।

“कोरियाले मागको तेबर सङ्ख्यामा आवेदन रोक्न सक्ने आधार खोजिरहेका कारण नयाँ भाषा परीक्षाका लागि आवेदन लिने कार्य अघि बढ्न सकिरहेको छैन,” कडेल भन्छिन्।

भाषा परीक्षा उत्तीर्ण गरेकाहरू कृषिमा धेरै

दक्षिण कोरियाले भाषा परीक्षा उत्तीर्ण गरेका करिब ९,००० जना नेपाली युवाहरूलाई लैजान बाँकी रहेको कडेलले जानकारी दिइन्। “कृषि क्षेत्रमा परीक्षा पास गरेका युवाहरू पनि जान बाँकी छ,” उनले भनिन्।

शाखाका अनुसार मार्च १ देखि २४ भित्रमा कोरियाले भाषा परीक्षा उत्तीर्ण गरेर बसेका जम्मा ३२८ जना युवाहरूलाई आफ्नो देश लैजाने प्रक्रिया अघि बढाएको थियो। जसमा भाषा परीक्षा उत्तीर्ण गरेर पालो पर्खिरहेका र यसअघि कोरिया पुगेर फर्किएकाहरू रहेको शाखाले जनाएको छ।

वैदेशिक रोजगार विभागका महानिर्देशक घिमिरेले दक्षिण कोरियाले कृषिमा भाषा परीक्षा उत्तीर्ण गरेर बसेकाहरूलाई यो वर्ष लैजाने आश्वासन दिएको बताए।

“कृषिमा जाँच दिएका र यसअघि गएर फर्किएकाहरूलाई यो वर्ष प्राथमिकता दिएर लैजाने कोरियाली पक्षको भनाई छ,” उनले भने।

फर्किएकाहरू किन प्राथमिकतामा परेनन्?

यसअघि ईपीएस मार्फत दक्षिण कोरियामा रोजगारीका लागि पुगेर फर्किएका कामदारहरूले रोजगारदाताले माग पठाइरहे पनि पुन: कोरिया जान आफूहरूलाई प्राथमिकतामा नराखिएको गुनासो गरेका छन्।

दक्षिण कोरियाबाट फर्किएका धेरैजसो नेपाली कामदारहरूलाई फेरि कोरिया जान भाषा परीक्षा उत्तीर्ण गर्नुपर्ने नियम छ।

कम्पनीले प्रतिबद्धता पत्र दिएका निश्चित कामदारहरू मात्रै नेपाल फर्किएपछि कुनै परीक्षा नदिई पुन: दक्षिण कोरिया जान पाउँछन्।

कोरियाबाट फर्किएका करिब ३० प्रतिशत कामदारहरूले पुनः त्यही कम्पनीमा जान वा क्षेत्र परिवर्तन गरेर जान प्रतिबद्धतापत्र पाउने गरेको अधिकारीहरूको भनाइ छ।

“विभागले रिटर्नी (कोरिया बसेर फर्किएका)हरूलाई पनि छनोटमा प्राथमिकता दिनुपर्‍यो भनेर कोरियाली पक्षसँग पटक पटक कुरा राख्दै आएको छ। तर कोरियाली पक्षले कामदार छनोट गर्ने कुरामा कम्पनीहरू स्वायत्त भएका कारण सरकारले हस्तक्षेप गर्न नमिल्ने जवाफ हामीलाई दिने गरेको छ,” विभागका महानिर्देशक घिमिरे भन्छन्।

ईपीएस शाखाकी प्रमुख कडेलका अनुसार कोरिया बसेर फर्किएका कतिपय कामदारहरूलाई सातौँ पटकको प्रयासमा मात्रै रोजगारदाताहरूले छानेको पाइएको छ।

भाषा परीक्षा उत्तीर्ण भएका कामदारहरूको ‘रोष्टर’बाट रोजगारदाता आफैँले व्यक्ति छनौट गर्ने गरेका छन्। दक्षिण कोरियाले एक पटक कोरिया बसेर फर्किएकाहरूलाई प्राथमिकता नदिनुको कुनै पनि आधिकारिक कारण खुलाएको छैन।

तर दोस्रो पटक जानेहरूलाई कोरियामा धेरै अवसरहरू थाहा हुने र भाषाको समेत समस्या नहुने भएका कारण त्यहाँ गएर काम गर्ने कम्पनीहरू बदल्ने अभ्यासका कारण प्राथमिकता नदिएको हुनसक्ने आशङ्का गरिएको छ।

जान बाँकी कति छन् ?

ईपीएस कोरिया शाखाले भाषा परीक्षा उत्तीर्ण गरेर दक्षिण कोरिया जान बाँकी नेपाली कामदारहरूको यकिन सङ्ख्या बीबीसीलाई उपलब्ध गराउन सकेन।

तर शाखाकी प्रमुख मैया कडेलले उपलब्ध गराएको अनुमानित सङ्ख्या अनुसार करिब १५,००० युवा युवतीहरू भाषा परीक्षा उत्तीर्ण गरेर कोरिया जाने पर्खाइमा छन्।

उनका अनुसार सबैभन्दा धेरै कृषिमा करिब ९,००० छन् भने पानीजहाज बनाउने काममा जान बाँकी करिब ३,९०० र उत्पादन क्षेत्रमा १,८०० देखि २,००० को हाराहारीमा जान बाँकी छन्।

उनले उत्पादन र पानीजहाज निर्माणमा जाने क्रम चलिरहेको बताइन्। शाखाका अनुसार मार्च १ देखि २४ सम्म ९२५ जना कामदारका लागि रोजगारी सम्झौता प्राप्त भएको छ। यो अवधिमा उत्पादनमा ५९७ जना कोरिया गएका छन्।

पानीजहाज निर्माणमा ६३ जना र कृषिमा ३२८ जना गएका छन्। कोरियाले रुट उद्योगमा पनि ३० जना दक्ष कामदार लैजाने प्रक्रिया अघि बढाएको छ। बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending