Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

महाजात्रा हेरेर ओलीले भने- ‘महाजात्रालाई १० मा ९.५ नम्बर दिन्छु’

खबरडबली संवाददाता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले फिल्म ‘महाजात्रा’ हेरेपछि १० नम्बर मा ९.५ नम्बर दिएका छन् । सोमबार बेलुकी सुन्धारास्थित सिने डी सेफमा आफ्नी श्रीमती राधिका शाक्यसहित फिल्म हेर्न पुगेका ओलीले भरपुर इन्जोय गरेको बताए ।

‘फिल्मलाई १० मा १० अङ्क दिन केही राजनीतिका विषयले रोक्यो, त्यसकारण ०।५ घटाए । फिल्म राम्रो बन्न संदेश दिने कथा र त्यसलाई सम्प्रेषण गर्ने अभिनय चाहिन्छ, यी दुवै पक्ष महाजात्रामा सशक्त छन् । यसले बाटो विराएकालाई सही मार्गमा हिड्न प्रेरणा दिन्छ’, अध्यक्ष ओलीले भने,‘यसले पहिलो हाफमा मनोरञ्जन र दोस्रो हाफमा संदेश दिएको छ । फिल्म काल्पनिक कथामा बन्छ र राजनीति यथार्थमा चल्छ । त्यसकारण फिल्मबाट गलत कार्यमा लागेकालाई सही बन्न प्रेरणा मिल्छ ।’

अध्यक्ष ओलीसँगै ईश्वर पोखरेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली, रघुजी पन्त, कोमल ओली लगायतका ४० नेताले फिल्म हेरेका थिएँ । फिल्म अवधिभर मनोरञ्जनसँगै संदेश पनि प्राप्त गरेको गायिका तथा नेत्री कोमल ओलीले बताईन् ।

‘फिल्मको सुरुआत देखि नै म हाँसी रहे, फिल्म त्यतिमै सिमित छैन । यसले भ्रष्टचार विरोधी भावना उजागर गर्नुपर्छ, राजनीति गर्नेले सही रुपमा राजनीति गर्नुपर्छ भन्ने संदेश दिएको छ । मैले यो शृङ्खलाका सबै फिल्म हेरेकी छु, यसमा महिलालाई सम्मान गरेर बनाइएको छ । तपाइँ पनि नजिकको फिल्म हलमा गएर हेर्नुस्, यो निकै राम्रो र रमाइलो बनेको छ’, नेत्री ओलीले भनिन् ।

अध्यक्ष ओलीसहित फिल्म हेर्न उपस्थित सम्पूर्ण नेतालाई निर्देशक प्रदीप भट्टराई, अभिनेता हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, अरविन खड्का लगायतले भेटेर धन्यवाद दिएका थिए ।
‘हाम्रो फिल्मलाई समय निकालेर हेर्नुका साथै उठान गरिएको विषयलाई महसुश गरिदिनु भएकोमा कृतज्ञ छौँ । यसपटक हामीले फिल्मलाई मनोरञ्जनमै सिमित नराखी फिल्मकर्मीको दायित्व बहन गर्दै संदेशसमेत दिएका छौँ’, निर्देशक भट्टराईले भने,‘दर्शकसँगै राजनीतिज्ञबाट प्राप्त गरिरहेको प्रतिक्रियाले हामीलाई ऊर्जा थपेको छ । आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने मार्गनिर्देश समेत गरेको छ ।’

फिल्मलाई अध्यक्ष ओली अगाडि पूर्वरानी कोमल राज्यलक्ष्मी देवी शाह र उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले हेरिसकेका छन् ।

‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ ले तीन दिनमा चार करोड २६ लाख रुपैयाँको ग्रस कलेक्सन गरेको छ । निर्माण पक्षले पहिलो दिन एक करोड २३ लाख, दोस्रो दिन एक करोड ८३ लाख र तेस्रो दिन एक करोड २० लाख रुपैयाँको ग्रस कलेक्सन गरेको जानकारी दिएको छ ।

चैत ९ गतेदेखि नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन भइरहेको फिल्म ‘महाजात्रा’ ले दर्शकबाट शत प्रतिशत सकारात्मक ‘वर्ड अफ माउथ’ प्राप्त गरिरहेको छ । प्राप्त प्रतिक्रिया र दर्शकको चाँप हलमा निरन्तर बढेपछि प्रदर्शकले शो सङ्ख्या समेत बढाएका छन् ।

आपतकालीन रुपमा आइपर्ने पैसा व्यवस्थापन गर्ने अवसर र त्यसले निम्त्याउने समस्यालाई रोचक शैलीमा प्रस्तुत गरिने ‘महाजात्रा’मा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ । फिल्मलाई म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले संयुक्त रुपमा निर्माण गरेका हुन् ।  

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

म्याग्दी । यहाँको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको पाखा गुराँस फुलेर रङ्गिएको छ। समुद्री सतहदेखि दुई हजार ८०० मिटर उचाइमा रहेको घोडेपानी क्ष...

निर्वाचन सम्पन्न भएकोमा चीनको बधाई, द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन सहकार्यको प्रतिबद्धता

काठमाडौं। नेपालमा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएकोमा Chinaले बधाई ज्ञापन गरेको छ। नेपालस्थित चिनियाँ दूतावासले जारी गरेको विज्ञप्तिमा निर्व...

बाजुरामा भारी वर्षा, उच्च लेकाली भेगमा हिमपात

काठमाडौं । लगातारको मौसम बदलीसँगै आज बिहानदेखि बाजुरामा वर्षा हुन थालेको छ । मौसममा आएको परिवर्तनपछि बिहानैदेखि निरन्तर रूपमा वर्षा भइरहेको छ । वर्षास...

चुनाव जितेपछि ज्ञानेन्द्र शाहीलाई कार्यवाहक अध्यक्ष बन्न लिङ्देनको प्रस्ताव

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले जुम्लाबाट निर्वाचित सांसद ज्ञानेन्द्र शाहीलाई कार्यवाहक अध्यक्ष बन्न प्...

स्थानीय स्वायत्तता प्राकृतिक दोहनको लाइसेन्स होइन: आशिका तामाङ

  काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट धादिङ–१ की निर्वाचित  सांसद आशिका तामाङले स्थानीय स्वायत्तता प्राकृतिक दोहनको लाइसेन्स नभएको प्रतिक्रिया द...

प्रमाणपत्र हातमा, आँखामा शहीद छोराको तस्बिर

काठमाडौं। प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई बिहीबार निर्वाचन आयोगले प्रमाणपत्र प्रदान गरेको छ। आयोग परिसरमा उत्साह, गम्भीरता र जिम्...

बुबा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद

काठमाडौँ । जनकपुरधाम उपमहानगरपालिका–१४ धनुषाकी रुबी कुमारीलाई सानैमा बिहेका प्रस्ताव आउन थाल्यो । आफूलाई भन्दा उनका आमाबुबालाई छोरीको बिहे गरिदिन प्रस...

२८ हजार ९ सय अमेरिकी डलरसहित तीनजना पक्राउ

काठमाडौं । २८ हजार ९ सय अमेरिकी डलरसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अनिता लामा, संगिता लामा र विनोद लामा रहेका छन् । अनिताको साथबाट १०...

प्रतिनिधिसभा सदस्य निर्वाचनः प्रति मतदाता सरदर २८४ रुपैयाँ खर्च

काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता २८४ खर्च भएको निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको स...

रास्वपाका शीर्षस्थ नेताहरू छलफलमा

काठमाडौँ । रास्वपाका शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।  उपसभापति स्वर्णिम वाग्लेले सामाजिक सञ्जालमा एक तस्बिर सेयर गर्दै लेखेका छन् '..राजकाज आज स...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: