Khabar Dabali २० असार २०८३ शनिबार | 4th July, 2026 Sat
Investment bank

उपनिर्वाचनः इलाम–२ मा दलहरू उम्मेदवारी घोषणा गर्दै, कसको अवस्था के ?

एमालेको किल्ला तोड्दै चारतारे झण्डा फहराउने दाउमा काँग्रेस

खबरडबली संवाददाता

काठमाडौं  । आगामी वैशाख १५ गतेका लागि तोकिएको इलाम २ उपनिर्वाचनको माहोल तातिएको छ । दलरुले आ–आफ्ना उम्मेद्वार घोषणा गर्दै चुनावी मैदानमा उत्रिएपछि माहोल तातिएको हो ।

गत वर्षको मंसिरमा भएको निर्वाचनमा काँग्रेस–माओवादीसहितको गठबन्धनका विरुद्धमा एमाले एक्लै प्रतिस्पर्धी बनेको थियो । अहिले भने रवि लामिछाने अध्यक्ष रहेको नयाँ पार्टी रास्वपादेखि सिके राउतको जनमतसम्मले सो क्षेत्रमा उम्मेद्वारी दिने घोषणा गरिसकेका छन् ।

सत्ता गठबन्धनमा रहेको एमालेले आफ्नो सोहि क्षेत्रका सांसद रहेका स्व. सुवासचन्द्र नेम्वाङका छोरा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । बाबुको निधनपछि रिक्त रहेको प्रतिनिधिसभा सदस्यमा उनकै कान्छा छोरा उम्मेदवार बन्ने भएका हुन् ।

सरकारको नेतृत्व गर्ने माओवादी केन्द्रले पार्टीको केन्द्रीय सदस्य धिरेन्द्र शर्मा (रमण)सहित चार जनाको नाम सिफारिस गरिसकेको छ । माओवादीको पदाधिकारी बैठकले उम्मेद्वारी दिने निर्णय गरेपनि पात्र तय गरिसकेको छैन । 

गठबन्धनमै रहेको नेकपा (एकीकृत समाजवादी)ले पनि उम्मेद्वारको टुंगो लगाइसकेको छ । पार्टीले जितबहादुर राईलाई उम्मेद्वार बनाउने निर्णय गरिसकेको छ । सत्ता गठबन्धनमै रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केही दिनमात्रै माओवादी त्यागेका पत्रकार मिलन लिम्बूलाई उम्मेद्वार बनाउनेनिर्णय गरेको छ  ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले इलाम पार्टीका सभापति डम्बर खड्कासहित ६ जनाको नाम सिफारिस गरेको छ । कांग्रेसले अन्तिममा उनै खड्कालाई टिकट दिने कांग्रेस स्रोतको दाबी छ ।
पहिचानवादीहरुले पनि प्रदेश १ पुनः नामकरण संघर्ष समितिका संयोजक डकेन्द्रसिंह थेगिमलाई उम्मेद्वार तय गरिसकेको छ । सिके राउतको जनमत पार्टीले प्रेमदिप थाम्सुहाङलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ भने राप्रपाले पनि आफ्नो उम्मेद्वारको नामावली केन्द्रलाई पठाइसकेको जनाएको छ ।

२०७९ मंसिरमा सम्पन्न निर्वाचनमा विजयी भएका संविधानसभा अध्यक्ष तथा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि सोही निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । यो उपनिर्वाचनलाई दलहरुले आ–आफ्नो प्रतिष्ठाको विषय बनाएका छन् । एमालेले विगत लामो समयदेखिको आफ्नो बिरासत जोगाउन बल गरिरहेको छ भने एमालेको किल्ला अहिलेसम्म तोड्न नसकेको काँग्रेस अहिले विजयको चारतारे झण्डा फहराउने दाउमा छ ।

विगतका दुई निर्वाचनमा आफ्नै उम्मेद्वार र आफ्नै पार्टीको चुनाव चिन्हमा मत हाल्न नपाएका माओवादीका कार्यकर्ता आफ्नो उम्मेद्वार बनाएर विजयी हुन नसकेपनि सशक्त प्रतिस्पर्धामा उत्रन चाहन्छन् । नयाँ दलको रुपमा आएको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा आफ्नो सांसद संख्या १ थप्दै २२ पुर्याउने घोषणा गरिसकेको छ ।

पहिचानको माग र मुद्दालाई निर्वाचन मार्फत अभिव्यक्त गराउने अभिप्राय बोकेर बसेका पहिचानवादीले आफ्नो जीत सुनिश्चित गर्दै पहिचानको माग र मुद्दालाई अझ सशक्त बनाउन चाहन्छन् । परिणाम आफ्नो हातमा पार्ने र यो जितले पहिचानवादीको माग र मुद्दालाई सशक्त बनाउने पहिचानवादी उम्मेद्वार थेगिमले बताए ।

गत निर्वाचनमा कसकाे अवस्था कस्ताे ?

२०७९ को निर्वाचनमा काँग्रेस इलामका सभापति समेत रहेका खड्का नेम्वाङसँग थोरै मतले हारेका थिए । त्यसबेला नेम्वाङले ३० हजार २० मत ल्याएर विजयी भए भने खड्काले २९ हजार ९०६ मत ल्याए । खड्कालाई माओवादी र नेकपा (एकीकृत समाजवादी)को पनि समर्थन थियो ।

यसपटक सबै पार्टी आ–आफ्नो उम्मेद्वार लिएर चुनावी मैदानमा गएको खण्डमा एमाले र काँग्रेसबीचमै प्रतिस्पर्धा हुने संभावना देखिन्छ । तुलनात्मक हिसावले एमालेको संगठन बलियो भएपनि उम्मेद्वार छनौमा देखिएको असन्तुष्टि र काँग्रेसमा देखिएको आन्तरिक एकता कायम रहे एमालेमाथि दबाब हुने प्रष्ट छ ।

सो क्षेत्रमा गत निर्वाचनको समानुपातिक मत हेर्दा एमालेको २६ हजार ५६२ छ भने काँग्रेसको २२ हजार ३३३ रहेको छ । माओवादी केन्द्रको समानुपातिक मत ५ हजार १५३ र रास्वपाको ४ हजार ६८६ मत रहेको छ । रास्वपाले प्रत्यक्षतर्फ भने १ हजार ३८० मत मात्रै पाएको थियो । अन्य पार्टीहरुको मत २ हजार भन्दा कम नै रहेको छ ।

क्षेत्रमा अहिलेम्म घोषणा भएका उम्मेदवार हेर्दा एमालेका सुहाङ पपुलर र विश्वस्त देखिन्छन् । युवाहरुसामू सुहाङ लोकप्रिय रहेको स्थानीय एमाले नेताहरु बताउँछन् । तर, बंश परम्परा थालेको र क्षेत्रमा सक्रिय नेताहरुलाई बाइपास गरेको भन्दै एमालेभित्र पनि असन्तुष्टि देखिएको छ ।

काँग्रेसका सम्भावित उमेदवार खड्का भने पुरानै नेता हुन् । उनले सुवास नेम्वाङलाई पराजित गर्न नसकेको बदला छोरा सुहाङबाट लिन चाहन्छन् । तर, गत निर्वाचनमा गठबन्धनबाट पनि जित्न नसकेका उनलाई यस पटक एक्लो प्रतिस्पर्धा सहज भने छैन ।

नयाँ पार्टीको रुपमा आएको रास्वपाबाट उम्मेद्वार बनेका युवा मिलन लिम्बू चुनाब जित्नेगरि सक्रिय रहेको दावी गर्छन् । रास्वपाको पार्टीगत लोकप्रियता शहरी क्षेत्रमा भएपनि गाउँ–गाउँमा माहोल ल्याएर जित निकाल्न भने सहज छैन । गत निर्वाचनको समानुपातिक मत र प्रत्यक्षमा पाएको मत हेर्दा पनि सो क्षेत्रमा रास्वपाले चुनाब जित्ने अवस्था देखिदैन ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नगरपालिका परिसरमै हातपात : शिक्षक र उपप्रमुखबीचको झडपको भिडियो भाइरल, दुवै पक्षको फरक दाबी

बाजुरा। बुढीनन्दा नगरपालिकाका उपप्रमुख रामबहादुर बोहरा र एक शिक्षकबीच भएको हातपातको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि घटनाले चर्चा पाएको छ। यद्यपि,...

राष्ट्रिय वाणिज्य बैङ्कद्वारा अनलाइन कर्जा आवेदन सेवाको सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको सुरुवात गरेको छ । बैङ्कले शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्ययोजना अनुसार प्...

कागज बोकेर सेवाग्राही होइन, कर्मचारी कुद्नुपर्‍योः गृहमन्त्री सुधन गुरुङ

विराटनगर ।  गृहमन्त्री सुधन गुरुङले सरकारी कार्यालयमा सेवा लिन आउने नागरिकलाई सास्ती दिने परिपाटी तत्काल अन्त्य गर्न निर्देशन दिएका छन्। शनिबार मोरङको...

खुट्टा गुमे, आत्मबल होइन : डोको बुनेर सम्मानका साथ बाँचिरहेका पौडेल र श्रेष्ठ

धनकुटा । जीवनले धेरै परीक्षा लिन्छ, तर सबैले त्यसलाई एउटै तरिकाले सामना गर्दैनन्। धनकुटाको महालक्ष्मी नगरपालिका–८ नेता चोकका ७५ वर्षीय दलबहादुर पौडेल ...

तीन दिन राहदानी सेवा बन्द हुने, नयाँ प्रणाली लागू हुँदै

काठमाडौं । राहदानी विभागले नयाँ प्रणाली कार्यान्वयनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। प्रणाली स्तरोन्नतिका लागि केही दिन राहदानी सेवा अस्थायी रूपम...

५५–३० को प्रस्तावले बढायो राजीनामा, सुविधा जोगाउन कर्मचारीको हतार

काठमाडौं । संघीय निजामती सेवा विधेयकमार्फत ५५ वर्ष उमेर वा ३० वर्ष सेवा अवधि पुगेपछि अनिवार्य अवकाशको व्यवस्था लागू हुने चर्चा चल्न थालेपछि निजामती कर...

वैशाखदेखि विपदजन्य घटनामा १२७ को मृत्यु, ७७३ घाइते

काठमाडौं । यस वर्ष सुरु भएपछि (वैशाख १ देखि असार १९ गतेसम्म) विपदजन्य घटनामा १२७ नागरिकले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्...

अर्जेन्टिना संघर्षपूर्ण जितसहित अन्तिम १६ मा, मेस्सीले बनाए नयाँ कीर्तिमान

एजेन्सी । साविक विजेता अर्जेन्टिनाले डेब्यु टोली केप भर्डेलाई अतिरिक्त समयमा ३–२ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को अन्तिम १६ मा स्थान सुरक्षित गरेक...

आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

जनकपुरधाम । गर्मीयाम सुरु हुनासाथ सप्तरीको सुरुङ्गा नगरपालिका–६ स्थित श्रीपुर गाउँको हावा नै आँपको सुगन्धले भरिन थाल्छ । हरियालीले ढाकिएका बगैँचामा लट...

मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा

काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending