Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

उपनिर्वाचनः इलाम–२ मा दलहरू उम्मेदवारी घोषणा गर्दै, कसको अवस्था के ?

एमालेको किल्ला तोड्दै चारतारे झण्डा फहराउने दाउमा काँग्रेस

खबरडबली संवाददाता

काठमाडौं  । आगामी वैशाख १५ गतेका लागि तोकिएको इलाम २ उपनिर्वाचनको माहोल तातिएको छ । दलरुले आ–आफ्ना उम्मेद्वार घोषणा गर्दै चुनावी मैदानमा उत्रिएपछि माहोल तातिएको हो ।

गत वर्षको मंसिरमा भएको निर्वाचनमा काँग्रेस–माओवादीसहितको गठबन्धनका विरुद्धमा एमाले एक्लै प्रतिस्पर्धी बनेको थियो । अहिले भने रवि लामिछाने अध्यक्ष रहेको नयाँ पार्टी रास्वपादेखि सिके राउतको जनमतसम्मले सो क्षेत्रमा उम्मेद्वारी दिने घोषणा गरिसकेका छन् ।

सत्ता गठबन्धनमा रहेको एमालेले आफ्नो सोहि क्षेत्रका सांसद रहेका स्व. सुवासचन्द्र नेम्वाङका छोरा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । बाबुको निधनपछि रिक्त रहेको प्रतिनिधिसभा सदस्यमा उनकै कान्छा छोरा उम्मेदवार बन्ने भएका हुन् ।

सरकारको नेतृत्व गर्ने माओवादी केन्द्रले पार्टीको केन्द्रीय सदस्य धिरेन्द्र शर्मा (रमण)सहित चार जनाको नाम सिफारिस गरिसकेको छ । माओवादीको पदाधिकारी बैठकले उम्मेद्वारी दिने निर्णय गरेपनि पात्र तय गरिसकेको छैन । 

गठबन्धनमै रहेको नेकपा (एकीकृत समाजवादी)ले पनि उम्मेद्वारको टुंगो लगाइसकेको छ । पार्टीले जितबहादुर राईलाई उम्मेद्वार बनाउने निर्णय गरिसकेको छ । सत्ता गठबन्धनमै रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केही दिनमात्रै माओवादी त्यागेका पत्रकार मिलन लिम्बूलाई उम्मेद्वार बनाउनेनिर्णय गरेको छ  ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले इलाम पार्टीका सभापति डम्बर खड्कासहित ६ जनाको नाम सिफारिस गरेको छ । कांग्रेसले अन्तिममा उनै खड्कालाई टिकट दिने कांग्रेस स्रोतको दाबी छ ।
पहिचानवादीहरुले पनि प्रदेश १ पुनः नामकरण संघर्ष समितिका संयोजक डकेन्द्रसिंह थेगिमलाई उम्मेद्वार तय गरिसकेको छ । सिके राउतको जनमत पार्टीले प्रेमदिप थाम्सुहाङलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ भने राप्रपाले पनि आफ्नो उम्मेद्वारको नामावली केन्द्रलाई पठाइसकेको जनाएको छ ।

२०७९ मंसिरमा सम्पन्न निर्वाचनमा विजयी भएका संविधानसभा अध्यक्ष तथा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि सोही निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । यो उपनिर्वाचनलाई दलहरुले आ–आफ्नो प्रतिष्ठाको विषय बनाएका छन् । एमालेले विगत लामो समयदेखिको आफ्नो बिरासत जोगाउन बल गरिरहेको छ भने एमालेको किल्ला अहिलेसम्म तोड्न नसकेको काँग्रेस अहिले विजयको चारतारे झण्डा फहराउने दाउमा छ ।

विगतका दुई निर्वाचनमा आफ्नै उम्मेद्वार र आफ्नै पार्टीको चुनाव चिन्हमा मत हाल्न नपाएका माओवादीका कार्यकर्ता आफ्नो उम्मेद्वार बनाएर विजयी हुन नसकेपनि सशक्त प्रतिस्पर्धामा उत्रन चाहन्छन् । नयाँ दलको रुपमा आएको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा आफ्नो सांसद संख्या १ थप्दै २२ पुर्याउने घोषणा गरिसकेको छ ।

पहिचानको माग र मुद्दालाई निर्वाचन मार्फत अभिव्यक्त गराउने अभिप्राय बोकेर बसेका पहिचानवादीले आफ्नो जीत सुनिश्चित गर्दै पहिचानको माग र मुद्दालाई अझ सशक्त बनाउन चाहन्छन् । परिणाम आफ्नो हातमा पार्ने र यो जितले पहिचानवादीको माग र मुद्दालाई सशक्त बनाउने पहिचानवादी उम्मेद्वार थेगिमले बताए ।

गत निर्वाचनमा कसकाे अवस्था कस्ताे ?

२०७९ को निर्वाचनमा काँग्रेस इलामका सभापति समेत रहेका खड्का नेम्वाङसँग थोरै मतले हारेका थिए । त्यसबेला नेम्वाङले ३० हजार २० मत ल्याएर विजयी भए भने खड्काले २९ हजार ९०६ मत ल्याए । खड्कालाई माओवादी र नेकपा (एकीकृत समाजवादी)को पनि समर्थन थियो ।

यसपटक सबै पार्टी आ–आफ्नो उम्मेद्वार लिएर चुनावी मैदानमा गएको खण्डमा एमाले र काँग्रेसबीचमै प्रतिस्पर्धा हुने संभावना देखिन्छ । तुलनात्मक हिसावले एमालेको संगठन बलियो भएपनि उम्मेद्वार छनौमा देखिएको असन्तुष्टि र काँग्रेसमा देखिएको आन्तरिक एकता कायम रहे एमालेमाथि दबाब हुने प्रष्ट छ ।

सो क्षेत्रमा गत निर्वाचनको समानुपातिक मत हेर्दा एमालेको २६ हजार ५६२ छ भने काँग्रेसको २२ हजार ३३३ रहेको छ । माओवादी केन्द्रको समानुपातिक मत ५ हजार १५३ र रास्वपाको ४ हजार ६८६ मत रहेको छ । रास्वपाले प्रत्यक्षतर्फ भने १ हजार ३८० मत मात्रै पाएको थियो । अन्य पार्टीहरुको मत २ हजार भन्दा कम नै रहेको छ ।

क्षेत्रमा अहिलेम्म घोषणा भएका उम्मेदवार हेर्दा एमालेका सुहाङ पपुलर र विश्वस्त देखिन्छन् । युवाहरुसामू सुहाङ लोकप्रिय रहेको स्थानीय एमाले नेताहरु बताउँछन् । तर, बंश परम्परा थालेको र क्षेत्रमा सक्रिय नेताहरुलाई बाइपास गरेको भन्दै एमालेभित्र पनि असन्तुष्टि देखिएको छ ।

काँग्रेसका सम्भावित उमेदवार खड्का भने पुरानै नेता हुन् । उनले सुवास नेम्वाङलाई पराजित गर्न नसकेको बदला छोरा सुहाङबाट लिन चाहन्छन् । तर, गत निर्वाचनमा गठबन्धनबाट पनि जित्न नसकेका उनलाई यस पटक एक्लो प्रतिस्पर्धा सहज भने छैन ।

नयाँ पार्टीको रुपमा आएको रास्वपाबाट उम्मेद्वार बनेका युवा मिलन लिम्बू चुनाब जित्नेगरि सक्रिय रहेको दावी गर्छन् । रास्वपाको पार्टीगत लोकप्रियता शहरी क्षेत्रमा भएपनि गाउँ–गाउँमा माहोल ल्याएर जित निकाल्न भने सहज छैन । गत निर्वाचनको समानुपातिक मत र प्रत्यक्षमा पाएको मत हेर्दा पनि सो क्षेत्रमा रास्वपाले चुनाब जित्ने अवस्था देखिदैन ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले पदाधिकारी पदमा मतगणना जारी – १,१३९ मत गन्दा कसले पाए कति ?

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान सम्पन्न मतदानको मतगणना जारी छ। हालसम्म २,२७० भन्दा बढी मतमध्ये १,१३९ मत गनिसकिएको प्रार...

एमाले उपमहासचिवमा लेखराज भट्टको धमाकेदार अग्रता, विष्णु रिमाल शीर्ष तीनमा अटाउन असफल

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...

एमाले महासचिवमा शंकर पोखरेलको अग्रता कायमै, २४९ मत प्राप्त

 काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...

शिक्षामन्त्री पुनको आक्रोश : ‘कछुवाको गतिलाई पनि कृपावादी पापी समूहहरूले अल्झाए’

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त...

ईश्वर पोखरेलको भविष्यलाई लिएर उठेका प्रश्नः एमालेमा दोहोरिन्छ कि भिम रावलको इतिहास ?

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...

एमाले महासचिवमा निर्णायक भिडन्त, मतगणनामा पोखरेल ९ मतले अगाडि

काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending