मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका–३ मा रहेको मार्फाखोलामा बेमौसमी बाढी आउन थालेपछि बेनी–जोमसोम सडकमा यातायात सेवा प्रभावित हुन थालेको छ । पछिल्लो एक हप्तायता साँझपख खोलामा पानी र बाढीको सतह बढेर आउन थालेको छ । मोटरेबल पुल निर्माणमा ढिलासुस्ती भएको र बाढी आउन थालेपछि जोखिम बढेको हो ।
गण्डकी प्रदेशसभा सदस्य बिकल शेरचनले मार्फाखोलाको बाढीले बेनी–जोमसोम सडकमा यात्रा गर्ने स्थानीयवासी, पर्यटक र तीर्थयात्रीलाई सास्ती भएको बताए । खोलामा बाढी आउँदा सवारीसाधन वारपार गर्न नसक्ने, खोला तार्ने क्रममा फसिने, इञ्जिन बिग्रने, बाढीले मोटरसाइकल, स्कुटरलाई बगाएर दुर्घटना हुने जोखिम बढेको उनले बताए ।
मुस्ताङ घुम्न गएका पोखराका केशव अधिकारीले मार्फा खोलामा बाढीले करिब दुई घण्टासम्म रोकिनुपरेको बताए । धवलागिरि दोस्रो र टुक्चेचुली हिमालको बीचमा पर्ने धम्पुसचुली हिमाल फेदमा पर्ने काशीघन क्षेत्रमा रहेको हिउँ दिउँसोको चर्को घामले पग्लँदा ठाडो खहरे खोलामा बाढी आएको हो ।
ठाडो खहरे खोलामा कालो लेदो माटोसहितको बाढी आएपछि सवारीसाधन वारपार गर्न सक्दैनन् । छायाँवृष्टि हुने सुक्खा बलौटे भूगोल भएको मुस्ताङमा पछिल्ला वर्ष बाढीपहिरोले दुःख दिन थालेको छ ।
बेनी–जोमसोम–कोरला सडक योजनाका सूचना अधिकारी विष्णु चापागाईँले बाढी आउँदा सवारी वारपार गर्नका लागि अस्थायी पुल बनाउने तयारी गरेको बताए । आयोजनामार्फत मार्फाखोलामा एक सय २० मिटर लामो पुल बनाउन पाँच वर्षअघि हिमदुङ एण्ड थोकर इमोटल कन्ट्रक्सनले २१ करोड ६० लामा ठेक्का सम्झौता गरेको थियो ।
पुलका तीनमध्ये दुईवटा स्पाम ढलान भएको छ । बीचको स्पाम ढलान गर्न र पहुँचमार्ग बनाउने काम बाँकी छ । निर्माण व्यवसायीलाई पुल निर्माणलाई गति दिन ताकेता गरिएको इन्जिनियर चापागाईँले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १७ गते, २०८१ - १०:२६
काठमाडौं । इलाम क्षेत्र नम्बर २ को उप निर्वाचनमा हालसम्म २४ हजार ७३८ मत गणना भएको छ । हाल माङ्सेबुङ ४,५,६ गणना भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्या...
बैशाख १७ गते, २०८१ - १०:२३
म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा आइतबार उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति पुगेको छ। उच्च गतिको विद्युत् प्रवाह हुँदा घारको ...
बैशाख १७ गते, २०८१ - १०:०९
२१ हजार ८५४ मतगणना हुँदा रास्वपाका लिम्बूले ल्याए १ हजार ३०५ मत
बैशाख १६ गते, २०८१ - २१:०२
काठमाडौं । बहुचर्चित मेलम्ची खानेपानी आयोजनाको भ्रष्टाचार मुद्दामा पूर्वसचिव भीम उपाध्याय ५० हजार रुपैयाँ तिरेर छुटेका छन् । विशेष अदालतमा उपस्थित ...
बैशाख १६ गते, २०८१ - २०:५४
बझाङ । बझाङ-१ (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को उम्मेदवारको अग्रता कायमै राखेका छन् । एमालेका उम्मेदवार द...
बैशाख १६ गते, २०८१ - २०:३१
काठमाडौं । इलाम–२ उपनिर्वाचनको जारी मतगणनामा पाँच वडाको गणना सक्दा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले अग्रता कायम राखेका छन् । फाकफोकथुम १, २...
बैशाख १६ गते, २०८१ - १६:१७
नवलपरासी सुस्तापूर्व । नवलपुरमा गत चैत पहिलो सातादेखि लागेको वन डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन । डिभिजन वन कार्यालय नवलपुरका वन अधिकृत शिशिर ...
बैशाख १६ गते, २०८१ - १६:१२
रौतहट । कांग्रेस नेताहरुले पूर्वाधार विकास कार्यालय गौरमा चारदिन अघि गरेको तालाबन्दी तालाबन्दी नेताहरुले नै आईतवार खुला गरेका छन् । सिडियो हिराल...
बैशाख १६ गते, २०८१ - १६:०२
धुलिखेल । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका—६ बुडोलडाडाँका गगनराज श्रेष्ठले ईनारको पानीलाई फिल्टर गरेर पिउन थालेको वर्षौ भयो । घरनजिकै सामूहिक धारा भए...
बैशाख १६ गते, २०८१ - १५:५७
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिले मुलुकमा देखिएको बेथिती र बिकृतिको अन्त्य गर्न आन्दोलनको बिकल्प नभएको बताएका छन् । आज पार्टीको लुम्...
प्रतिकृया लेख्नुहोस्: