Ntc summer Offer
Khabar Dabali ८ मंसिर २०८१ शनिबार | 23rd November, 2024 Sat
Investment bank

अल्पमतमा परेपछि अदालतले मुख्यमन्त्री बनाउँदैनः राजेन्द्र राई

हस्ताक्षरसहित समर्थन फिर्ता लिन सभामुख र प्रदेश प्रमुखकोमा जानुपर्छ

खबरडबली संवाददाता

विराटनगर । नेकपा एकीकृत समाजवादी कोशी प्रदेश संसदीय दलका नेता राजेन्द्र राईले नयाँ गठबन्धनका दलहरूले मुख्यमन्त्री केदार कार्कीमाथिको समर्थन फिर्ता लिनुपर्ने बताएका छन् । उनले संसदहरूले प्रदेश प्रमुखको कार्यालयमा लाइन लागेर मुख्यमन्त्री केदार कार्कीलाई समर्थन गरेकाले पहिले त्यो समर्थन फिर्ता लिनुपर्ने बताएका हुन् ।

समर्थन फिर्तापछि यो सरकार अल्पमतमा पर्ने उनको भनाइ छ । उनले केदार कार्कीलाई समर्थन गरेका सांसदहरू हस्ताक्षरसहित समर्थन फिर्ता लिन सभामुख र प्रदेश प्रमुखकोमा जानुपर्ने बताए ।

उनले भने, ‘हामीले बहुमत सिद्ध गरेर गएपछि प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्री नियुक्त गर्नुपर्छ । प्रदेश प्रमुखले एक साताका लागि मुख्यमन्त्री केदार कार्कीलाई समय दिनुपर्ने र त्यो अवधिमा बहुमत जुटाउनु या राजीनामा गर्नुको विकल्प हुँदैन ।’

उनले नयाँ सरकार पुनः संविधानको धारा १६८ (५) अन्तरगतै बन्ने दाबी गरेका छन् । अहिले सरकार परिवर्तनका विषयमा कानूनी जटिलता देखिएको भए पनि कुनै पनि सरकार अल्पमतमा परेपछि नटिक्ने राईको भनाइ छ ।

‘मुख्यमन्त्रीज्यू अदालत जानु होला तर उहाँ अल्पमतमा परेपछि अदालतले उहाँलाई मुख्यमन्त्री बनाउँदैन यो मेरो विश्वास हो ।’ अहिले केन्द्रबाट कुनै निर्देशन नआएकाले सरकार परिवर्तनका विषयमा ठोस कदम नचालेको राईले बताए ।

‘निर्णय भएर निर्देशन नआएकाले सरकार परिवर्तनका विषयमा छलफल गर्न जाँगर चलेको छैन । सरकार परिवर्तनका विषयमा ठोस कुरा न तल भएको छ न माथि नै कुनै निर्णय भएको छ’, राईले भने ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राजधानीमा विप्लव नेतृत्वको नेकपाको जनप्रदर्शन

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राजधानीमा र्‍याली निकालेको छ । शनिवार ११ औँ पार्टी पुनर्गठन दिवसको अ...

‘धान जोन’ मै घट्यो धानकाे उत्पादन

काठमाडौं । कैलालीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सञ्चालित ‘धान जोन’ मा उत्पादन घटेको छ । अघिल्लो वर्षको तुलनामा यसवर्ष बर्खे धान उत्...

प्रधानमन्त्री ओलीका पिता अस्वस्थ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओली फोक्सोमा समस्या देखिएसँग अस्पताल भर्ना भएका छन्। फोक्सोसम्बन्धी समस्या देखिएपछि उनको ...

नेपाल मित्र राष्ट्रहरूसँग सुमधुर सम्बन्ध चाहन्छः उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले मित्र राष्ट्रहरूसँग नेपालले सुमधुर सम्बन्ध राख्ने बताएका छन्। शनिबार छत्रपाटी निस्शु...

सल्यानमा ६ वर्षीया बालिका बलात्कृत

सल्यान । २३ वर्षीया महिला र ६ वर्षीया बालिका बलात्कार आरोपमा सल्यान प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। महिला बलात्कार आरोपमा कुमाख गाउँपालिकाका २६...

गैँडाको आक्रमणबाट वृद्धको मृत्यु

काठमाडौं । पूर्वी नवलपरासीमा गैँडाको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ। शनिबार बिहान ११ः४० बजे पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–६ भडारामा गैँडा...

मधेश सरकारको ‘घुमौ मधेश, बुझौ मधेश’ को संयोजकमा ठाकुर नियुक्त

काठमाडौं  । मधेश प्रदेश सरकारको कार्यक्रम ‘घुमौ मधेश, बुझौ मधेश’ को संयोजकमा विकासकुमार ठाकुर नियुक्त भएका छन् ।  नेपाल फाउन्डेसनको संस्थापक भएर पर्यट...

तीन किलो चरेशसहित कैलालीबाट दुईजना पक्राउ

धनगढी । कैलाली प्रहरीले झन्डै तीन किलो चरेशसहित दुई युवकलाई पक्राउ गरेको छ। लम्किचुहा नगरपालिका(३ चिसापानी खैरेनीमा पूर्व(पश्चिम राजमार्गको दक्षिण ...

धरहरा चढ्नलाई एक हजार शुल्क निर्धारण

काठमाडौं । सरकारले धरहरा चढ्ने विदेशी नागरिकका लागि प्रति व्यक्ति एक हजार रुपैयाँसम्म शुल्क तोकेको छ । यसअघि परीक्षणका रूपमा निःशुल्क खुला गरिएको धरहर...

सिन्धुलीमा १८९ किलो गाँजासहित एक जना पक्राउ

काठमाडौं । सिन्धुलीमा १८९ किलोग्राम गाँजासहित पिकअप गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा गाडी चालक चितवनको गितारनगरका शेरबहादु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy